Friday, October 05, 2012
नेपाली जनताहरुको होस कहिले फिर्ला ?
असोक राइ, बीर बहादुर लामा जस्ता धेरै ठुला जनजाती हौ भन्ने नेताहरुले एमाले पार्टी छाडे ! छोड्नुको हरेक कारण होलान ! केही मित्रहरुले फेसबुकमा अस्वाभिक तथा नकारात्मक टिप्पणी प्रस्तुत गर्नु भो ! उहाहरुले के हिसाबले त्यस्तो भन्दै हुनुहुन्छ ? हालात र परिस्थिति लाई हेर्नुस पार्टीलाई हैन ! देश भयो भने मात्र हामी देशबासी हौ भनेर सिर ठाडो पार्न पाउछौ ! अहिले भएका सबै ठुला पार्टीका नेताहरु कस्ता हुनुहुन्छ भनेर बयान गर्नु जरुरि छैन ! हाम्रा नेताहरु देश र जनता प्रति कत्तिको उत्तरदायी हुनुहुन्छ भन्ने कुरा २३ बर्षमा घाम जस्तै छर्लंग भै सकेको छ ! स्कुल, कलेज पढ्ने बिधार्थी, सरकारी कर्मचारी, मजदुर तथा जनता हरु लाइ मिठा मिठा कुरा गरेर जोसिला भाषण बाहेक अरु के दिए हाम्रा नेताहरुले जनताहरुलाई ? रुझेका मुसो अनि सुकेनासले भेट्टाको यी नेताहु भन्नेहरु हिजो पन्चेत्कालमा कस्ता थिए र आज राजधानीमा कसरि राजसी ठाटबाठका साथ बसेका छन त्यो थाहा पाउँदा पाउँदै पनि अझै पनि तिनैका मोहजालमा फसेका नेपाली जनताहरुको होस कहिले फिर्ला ?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment