नेपालका पुर्ब राणा प्रधानमन्त्री श्री ३ जुद्ध समसेर हरु देखी रास्ट्रपिता श्री ५ त्रिभुवन, श्री ५ महेन्द्र, श्री ५ बीरेन्द्र हुदै निर्वतमान श्री ५ ज्ञानेन्द शाह सरकार सम्मको दर्शन भेट गर्न पाएका बागमती अंचल नुवाकोट जिल्ला फिकुरे गा.बि.स. कर्कलेका ९० बर्षिय श्री खडग बहादुर तामांग नामका यी बुढाबाले यहि २०६९ सालको सुभ बिजया दशमीको टिका थाप्न पुर्व राजा ज्ञानेन्द शाहज्युको निर्मल निवासमा जाँदा पुर्व राजा ज्ञानेन्द्र शाहज्यु लाई गुनासो गरेछन ! "सरकार मेरो छोरा बुहारी नाति नातिना सप्पै इसाई धर्ममा लागेर 'क्रिस्चियन' भए ! सदियौ देखी मान्दै आएको हाम्रो धर्ममा अतिक्रमण भो ! म इसाई धर्ममा लागेर क्रिस्चियन बन्न चाहन्न ! मेरो मृत्यु मेरै जात परम्परा अनुसार गरियोस ! इसाई परम्परा अनुसार हैन ... भनेर बिन्ति बिसायेछन !
********
लोकलाई देखाउन हाम्रा प्रधानमन्त्री दसैको टिका थापेको जस्तो पनि गर्छन ! भित्रभित्रै बिदेशीको धर्म प्रचारमा कम्मर कसेर लागेका छन ! पहिला अर्थ मन्त्रि हुँदा काठमान्डौ उपत्यकामा परमपरा अनुसार चल्दै आएको पुजा खर्च रोक्ने पनि यिनै बहादुए प्रधानमन्त्री हुन ! यो भन्दा बढी लेख्न मैले सकिन ! के लेख्नु ? जनताले नै कुरा नबुझे पछी कसको के लाग्दो रैछ र ! के गर्नु बुढाबा जमानाले पल्टा खायेसी बहुला नेताहरुले बनाएको नयाँ नेपालमा यस्तै हुँदो रैछ !
(तस्बिर सौजन्य :लाल नेपालीज्यु को फेसबुक प्रोफाइल बाट)
(तस्बिर सौजन्य :लाल नेपालीज्यु को फेसबुक प्रोफाइल बाट)
0 Comments:
Post a Comment