Home » » कति सुत्छौ कान्तिपुरे अब त जागन !

कति सुत्छौ कान्तिपुरे अब त जागन !

Written By खांट्टी कुरा on Wednesday, October 31, 2012 | October 31, 2012

१०४ बर्षे जहानिया राणाशासनले जनताको सबै हक अधिकार खोस्यो भनेर आन्दोलनको बिउ पनि कान्तिपुरेहरुले नै रोपेका थिए ! क्रान्ति गरे राणा शासन ढाले ! जनताको सरकार गठन गर्न लाइ ८ बर्ष लाग्यो ! जनताको सरकार २ बर्ष पनि टिकेन २०१७ सालले पंचायती ब्यबस्था जन्मायो ! तर  २००७ सालमा सुतेको कान्तिपुरेको निन्द्रा आधा २०३६ सालमा र पुराचैँ २०४५ सालमा खुल्यो ! फेरी आन्दोलन गरेर पंचायत ढाले र सुते मस्त निन्द्रामा ! फेरी जागे २०६२ मा प्रजातन्त्र फाले गणतन्त्र ल्याए र सुते मस्त निन्द्रामा ! कान्तिपुरे आजको मिती सम्ममा पनि मस्त निन्द्रामा छ !
कान्तिपुरे भनेको नेपालको राजधानीका मुन्छिरे ! जान्ने, बुझ्ने र सुझने जति सप्पै कान्तिपुरका खाल्डोमा बस्छन ! इनीहरुको काम भनेको कान नछामिकन कागको पछी दौडिनु हो ! देश भड्खालोमा जाओस नजाओस त्यो संग कुनै लेनादेना छैन ! एउटा आउछ कागले कान लग्यो भनेर कराउछ अनि सप्पै कान्तिपुरे हाहा र हुहु गर्दै पछी दौडिन्छन ! अब काग लाइ समातेर कान ल्याउने भन्दै एउटा चटकेले उचाल्छ ! नक्कली कान ल्याएर देखाई दिन्छ कान्तिपुरेहरु मक्ख पर्दै भन्छ हो रैछ ! २००७ साल देखि आज सम्म धेरैले चटक देखाए ! हत्या, हिशा, महंगी, कालोबजारी, तस्करी, गुण्डागर्दी, चेलीबेटी बेचबिखन के के हो के के अपराध सबै भाको छ र तिनका नाइकेहरु जति सप्पै त्यहि कान्तिपुरेका बस्छन तर कुनै वास्ता ब्यस्ता छैन ! आज कान्तिपुरे मात्रै नभएर सम्पूर्ण नेपाली जनताको पसिनाको कमाइलाइ २ लाखका दरले कान्तिपुरेका ज्वाईनारानको निजि सेनालाई बाड्न लागेको छ ! आज कान्तिपुरे भनेर मक्ख नपर भोलि ज्वाई नारानले दिल्लीपुरे बनाउदा त्यतिखेर के गर्छौ ? त्यसको जवाफ देउ त ! त्यसैले अब पनि मस्त निन्द्रामा सुत्नु भएन ! यतिखेर देशलाई कान्तिपुरेहरुको ठुलो खाँचो छ त्यसैले अब त जागन कान्तिपुरे प्लिज !
..
(२०६९कार्तिक१५गते बुधबार)   
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger