प्रत्येक महिनाको अन्तिम दिन अर्थात हिजो दलित बस्तीमा गएर बास बस्ने तथा दलितको हातबाट खाना खाने प्रधानमन्त्रि बाबुराम भटराईज्युको कार्यक्रम अनुसार यो पाली जनताको प्रधान मन्त्रि महोत्तरी जिल्लाको फुलकाहा कट्टी मनहरबास्थित मुसहर बस्तीमा जानु भयो ! "प्रधान मन्त्रीले कोदोको रोटि संग माछाको तिहुन, घोंगी खानु भो" भनेर अन लाइन पत्रिकाले छापेको रैछ ! फोटोमा हेर्नुस उहाले कोदोको रोटि खानु भाको रैछ कि सेतो चामलको भात ? मदेसको पानीमा धेरै आर्सेनिक हुन्छ ! पहेलो ठ्वास्स गनाउने पानीमा बाचेका छन धेरै मदेस बासीहरु ! त्यहि भएर होला हाम्रा प्रधानमन्त्री को अगाडी मिनरल वाटरको बोतल ले स्वागत गरेको छ ! राजधानीमा बसेर सधै बासमती हसुर्दा मुखै बिग्रेकोले मुख पनि फेरिने, गरिब जनताको नजरमा महान पनि भइने साथै मिडिया मा पानी राम्रै संग चर्चा हुने यस्तो आइडिया अहिले सम्म हामीले किन गर्न सकेनौ भनेर पुर्व प्रधान मन्त्रीहरु टाउकोमा हात राखेर चुक्चुकाइ रहेका होलान ! देशको बिकास भनेको त्यस्तै हो ! सहमति गर्ने बेला सबै यसरि लाखापाखा लागे पछी त्यो "स+ह+म+ती" चैँ कहिले हुन्छ प्रधानमन्त्रि ज्यु ? अनि बि.बि.सी.नेपाल ले फुके अनुसार मुसहर दाइले १० हजार ऋण काटेर हजुरहरुको जन्तीलाई खुवाएको भोजको पैसा तिनले के गरि तिर्लान ?
(फोटो :- अनलाइन खबरबाट साभार)

1 comment:
मधेस मा त् कोदो पनि सेतो हुँदो रहेछ नि है ... कथामा भनेको थिए तेरो बुहारीको सिङ्ग पनि छ भने झैँ गरिब ले सेतो कोदो पो खाएछन नि .. गाठे
Post a Comment