Monday, October 15, 2012
बिरोधी कुरा गर्ने हरु अर्ध पागल हुन !
रगति, सेकुवा, पकुवा, भुटुवा, छोइला, कचिला, तारेको ह्याकुला, झोल्वाला, खोलवाला (मोमो), तखला (नेवारी भोजमा बनाइन्छ), सुकुटी, साँधेको, पोलेको, कुटेर भुटेको, भुटेर कुटेको .. आदि आदि इत्यादि मज्जाले तिन बिर्के, खोया बिर्के, भाते जाँड, माते जाँड संग डकार्ने अनि त्यै डकारेको पशु पंक्षीको मासुलाई मेड इन खासाको टुथपिक (बाँसको सिन्को) ले कोट्याउदै गर्जिदा रैछन "पशु बली दीन पाइन्न" ..छप्काए पनि, टपकाए पनि, रेटे पनि, सेरे पनि जसरि जुन उपाए लगाएर भए पनी त्यो पशु पन्छी नमरे अथवा नमारे सम्म हसुर्न लुछ्न पाइन्न भने किन गर्छन पसुबलिको बिरोध ? सुद्ध साकाहरिले पनी गर्न पाउदैन किन भने आत्मा सबैमा हुन्छ ! आत्मा सबै हुन्छ भने साग चिमोटिदा, आलु ताछिदा, काउली काटिदा ती आत्मालाई दुख्छ कि दुख्दैन ? हो पहिला यी सबै कुरालाई मात्र बुझेर बिरोध गर्नुस है ! नत्र भने त्यस्ता बिरोधि लाइ गोर्खे माइलोले अर्ध पागल चैँ पक्कै भन्छ !
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment