Tuesday, October 16, 2012

के आशिष माग्छ्स बाबु ?

यसपालाको दसैमा के आशिष माग्छ्स बाबु भनेर बडा बाले नातिकेटो लाइ सोधेछन ! केटोले भनेछ मलाइ प्रधान मन्त्रि बनाइ दिनुस हजुरबा भनेर माग्छु भनेछ ! बडाबा जिल्ल हुँदै भनेछ किन बाबु ? केटोले भनेछ 'प्रधान मन्त्रि भए पछी त हजुरबा हेलिकोप्टरमा चढेर जुम्लाको सार्की दाईको घरमा मार्सी चामलको भात, अनि तराइको मुसहर दाइको घरमा घोंगी, गंगटा को तिहुन संग ढीकिमा कुटेको चामलको भात सित्तैमा हसुर्न पाइन्छरे' !
यसपालाको दसैमा हजुर हरु पनी यस्तै यस्तै आशिष दिनुस है भुरा केटकेटीहरुलाइ ! त्यो पहिलाको जस्तो 'लप्टन बाट सुबेदार... सुबेदार बाट जमदार अनि जमदार बाट लास्टा हवल्दार भएस भनेर आशिष नदिनु होला ! किनभने यस्तो महंगीमा त्यो हल्दारी तलबले दांत कोट्याउँपनी पुग्दैन क्या ! कस्तो लाग्यो हजुर हरुलाई मेरो सल्लाह र सुझाव ?

No comments: