Friday, September 28, 2012

मैले सत्य कुरा बोल्न लेख्न किन नपाउने ?
..
फेसबुक मा मित लाको मित्रले सोध्नु भयो तपाइँ पन्चे हो ? मैले भने हैन ! अनि फेरी सोध्नु भो तपाइँ मण्डले हो ? मैले फेरी भने होइन ! त्यसो भए तपाइँ पक्कै राजाबादी होला ! मैले भने किन यस्तो प्रश्न गर्नु भो ? साथीले भन्नु भो तपाइको लेख र स्टाटसले त्यहि बयान गर्छ ! मैले भने साथि म अहिले सम्म भर्जिन अर्थात कन्ये नै छु राजनीतिको मामलामा ! अनि साथीले भन्नु भो त्यसो...भए किन तिनीहरुको समर्थनमा लेख्नु हुन्छ ?
..
हामी मकवानपुरे हौ ! स्व.रुपचन्द्र बिस्ट अर्थात "थाहा" को चेला ! बोलि रुखो भए पनि उहाको बोलीमा सत्य हुन्थ्यो ! राजनीतिक आस्थामा उहा जुधारु बामपन्थी ! तर सप्पैको प्रिय व्यक्ति र सधै भन्नु हुन्थ्यो 'कुकुर , भाते' सत्य बोल 'थाहा' लाइ अगाल ! कुकुर भनेको स्वामी भक्त र भाते भनेको श्रम नगरी खाने व्यक्ति ! रा.प्र.पा.नेपालको अध्यक्ष कमल थापाको राजनीतिक पृष्ठभूमि मैले बयान गर्नु पर्दैन ! उहा पनि मकवानपुरे तर उहालाई सप्पैले मान सम्मान गर्छन ! उहा मात्रै हैन सबै राजनीतिक पार्टीका नेताहरुलाई हाम्रो जिल्लामा अदब र मान सम्मान का साथ् सम्बोधन गरिन्छ ! मकवानपुरे चुनाउ भन्दा ३ महिना अगाडी बिभिन्न खेमामा छरिन्छ्न ! चुनाउ सकिएको पर्सिपल्ट देखि आ-आफ्नै सुरमा !
..
सत्य बोल्नु र सत्य लेख्नु पर्छ भनेर सिकेका छम हामीले भने मैले देखेको र भोगेका कुरालाई जस्ताको तस्तै लेख्दा म कसरि यो र उ हुन्छु ? हिजो पंचायती व्यवस्थामा हाम्रा अग्रजहरुले सत्य लेख्नु हुन्थ्यो  भने मैले सत्य कुरा बोल्न लेख्न किन नपाउने ?

No comments: