छोरी बे गर्ने बेला भो त बुढा भनि ! ए हो त हगी हेर्दा हेर्दै कत्री ठुली भै छिन भने ! अनि काहाका ले माग्न आका रछन बुढी भनेको त कान्तिपुरे राजधानीको रे ! अनि हर्षले गद्गद हुँदै भनी चार तल्लाको घर गाडी साडी सप्पै छ रे भनेर घिरौलो जत्रो नाक फुलाउदै भनी ! ए राम्रा ठाउकाले माग्न आएछन ! अनि मैले भने हाम्री छोरीले सधै मिनरल वाटर ले नुहाउछिन भनेर भनेनौ त प्रिय ? नभाको कुरा नगर्नुस गफ दिने हो भनि ! तेरा बाजे राज्पानी धाराको पानि जाडोमा बाफ आउने मनतातो अनि गर्मीमा ठण्डा बरफ हुने संग्लो स्वच्छ निर्मल जल लाइ के भंछेस ? बरु बुढी कन्ये बसलिन तर कान्तिपुरे लाइ ज्यान गयेनी छोरी दिन्न बुझिस भने ! बुढीले पनी झर्केर भनि किरा पर्या बुद्धि मेलम्ची आउन लागेको थाहा छैन ? चाइनाले सुरुंग खन्दैछ रे ! हेटौडा कपडा पनी चाइनाले समयमै बनाको नि ! रिसले आँखा देखिन र भने नेपालको समचार सुन्ने बेला तलाई स्टार प्लसको त्यो नाना थरिको सिरियल हेर्दैमा फुर्सद छैन के थाहा पाउथिस देशको बारेमा ! मेलम्ची त गयो भालु खोला ! अझै कति बर्षा बन्ने हो थाहा नाइँ ! मेलम्ची मेलम्ची भन्दा भन्दै तेरी छोरी बुढी हुन्छे ! नाति नातिनाले चैँ देख्न पाउलान त्यै पनी कान्तिपुरे लाइ बे गरे भनि ! बरु तैले अब त संग बस्दिन भनेर राजिनामा मागिस भने स्वीकृत गर्छु ! मै बुढो कन्ने बसुला तर कान्तिपुरे लाइ चैँ छोरी दिइन्न ! त्यस्तो काकाकुली भा ठाउँमा पनी छोरी दिन्छ ? कि कसो हो ? मैले गल्ति बोलेकी कसो सर,म्याडम मिस तथा ब्रो एण्ड सीसज्यु हरु ?


