Latest Post

बिदेसीका हनुहरुले चाहेर पनि नेपालको धर्म र संस्कृति मास्न सक्दैनन ।

Written By खांट्टी कुरा on Friday, November 09, 2018 | November 09, 2018


..
हाम्रो वडामा केहि बर्ष अगाडी भाई बैनीहरु मिलेर मनकामना युवा क्लब खोलेका थिए । समयले भ्याए सम्म खेलकुद गतिबिधि देखि सरसफाई अनि तिहारमा देउसी भैलो खेलेर वडाबासीहरु लाई मनोरंजन प्रदान गर्ने गर्दथ्यो ।
जनयुद्ध नामको कथित आन्दोलनले गर्दा होला धेरै युवायुवतीहरु देस छाडी बिदेस पलायन भए । त्यो पलायनले मनकामना क्लब पनि अछुतो रहन सकेन ।
झन्डै १२/१३ बर्ष पछी बिदेसियकाहरु फर्किएर आए । पुरानो क्लबलाई फेरी ब्युताउनु पर्छ भन्ने अठोट बोके । यो साल बाट मनकामना युवा क्लब पुरानो बाटोमा हिंडेको आभाष भयो ।
मिश्रित जातिहरु बसेको वडा । केहि समय कम्युनिटहरुको कालो ग्रहणले ढाकेता पनि अहिले ग्रहण हटेको महसुस हिजोको देउसी कार्यक्रमले पुस्टि गरेको छ ।
राजनीतिक विचारधारामा हेटौडाको वार्ड नम्बर ८ कमाने पुरानो एमालेको गढ हो । यो वडाको भोट छिन्नभिन्न भयो भने कम्युनिस्ट पार्टीका नेताहरु राजनीतिक भबिस्य स्वाहा नहोला भन्न सकिन्न तर कम्युनिस्ट पारीमा लागेकाहरु नै अहिले नेपालको धर्म संस्कृति जोगाउनु पर्छ भन्दै बुर्कुसी मार्न थालेका छन ।
एक समय नेपाले कम्युनिस्टहरु धर्मलाई अफिम संग दाँजेर नेपालको हिन्दु धर्म भनेको परिवर्तनको बिरोधि हो भनेर भन्थे ।  हिजो त्यसो भन्नेहरु अहिले मन्दिर बनाउने देखि गुम्बाको संरक्षण गर्नमा ज्यान फालेर लागेका छन । सप्ताहमा दान दक्षिणा हाल्न पनि यिनीहरुलाई कसैले पनि जित्न सक्दैन । अफिमको नशा छुटेको कारणले होला ।

मिति २०७५/०७/२२ गते मेरो घर अगाडिको चोकमा देउसी भैलो खेल्न आए । प्राय सबै कम्युनिस्ट बुर्जुवा नेताहरु आफ्ना भुराभुरिको गोठाला बनेर आए । पंक्तिकारको थुतुनो तीनपाने जस्तो कडा छ । के हो कमरेडहरु देउसी त हिन्दुको चाड हो नि भन्देको हो नि कसले हैन भनेको छ र भनेर खिस्स हाँसेर टारे ।
मकवानपुर तामांग बहुल क्षेत्र हो । धर्म र जातिको बिष घोल्ने एकताका आंगकाजि शेर्पाहरुको मोहनिजालमा परेर  धेरैले दशैँ तिहार बहिष्कार गरे । केहिले अझै पनि दशैको टिका लाउदैनन । लाजले पनि हुन सक्छ । तर देउसी भैलो खेल्नमा तिनका सन्तानहरुलाई तिनले अझ सम्म पनि रोक्न सकेका छैनन र चाहेर पनि रोक्न सक्दैनन ।
मनकामना युवा क्लब सबै जातको फुलबारी हो । हिजोको देउसीमा मेरो घर अगाडिको चोकमा खेलिएको देउसीमा एकजना सानी नानीले उत्कृस्ट नृत्य प्रस्तुत गरिन । ति नानि तामांगको छोरी रैछिन । यस्तो नृत्य अब मैले सामाजिक संजालमा पोस्ट गर्दा आंगकाजि शेर्पाहरु लाजले पक्कै पनि पनि पानि होलान भने नेपालको कम्युनिस्टहरु भनेको आफ्नो राजनीति गर्न कम्युनिस्टको खोल ओढेको हो भनेर भन्न कर लाग्छ ।

 

आफ्नो धर्म र संस्कृति प्रति गम्भीर बन्न सिकौं

Written By खांट्टी कुरा on Wednesday, October 31, 2018 | October 31, 2018


बिगत साल राति १० बजे पछी देउसी भैलो नखेल्नु र नखेलाउनु भन्दै प्रशानले दिएको आदेशलाई प्रहरी प्रशासनले कठोरताको साथ पालना गर्यो । प्रहरी चल्ने भनेकै प्रशासनको आदेसले हो ।

नेपाल बाहेक संसारमा कहीं कतै देउसी भैलो खेल्ने चलन छैन । पछी नेपालीहरु सात समुन्द्र पारि समेत गएर बस्न थाले पश्चात आफ्नो संस्कृति र परम्परालाई माया मार्न नसकेर नेपालीहरुले बिदेसमा समेत देउसी भैलो खेल्न थालेका छन । देउसी भैलो मात्र नभएर अमेरिकामा त ईन्द्रजात्रा समेत धुमधामले मनाएका छन ।
जुन दिन बाट नेपालमा धर्म निरपेक्ष भन्दै गणतन्त्रको स्थापना गरियो  सोहि दिन देखि बिदेसी शक्तिको ईसारामा नेपालको धर्म र संस्कृति माथि निरन्तररुपमा निर्मम तरिकाले प्रहार हुँदै आएको छ  जुन देख्दै र भोग्दै समेत आएका छम

राती अबेरसम्म देउसी खेल्न पाउनु पर्ने माग गर्दै मकवानपुर जागरण अभियानले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई २०७५/०७/१३ गते ज्ञापन पत्र बुझाएको छ । स्थानीय प्रशासनले राति १० बजेसम्म मात्रै देउसी खेल्न पाउने जनाएकोमा मकवानपुर जागरण अभियानले भने राति मनाउने पर्व भएकोले अबेरसम्म देउसी खेल्न दिनु पर्ने माग गरेको छ । राति देउसी खेल्न बन्द गराउनु स्थानीय प्रशासनको सुरक्षा असक्षमता भएको टिप्पणी गर्दै अभियानका अध्यक्ष कृष्णराज कोइरालाले यसो भएमा हिन्दु धर्म माथी नै प्रहार हुने बताएका थिए  

पंक्तिकार मकवानपुर जागरण अभियानको अभियन्ता भएको नाताले ज्ञापन पत्र बुझाउने समयमा उपस्थित भएको थियो । प्रशासन प्रमुखले जिल्ला सुरक्षा समितिको बैठकमा यो बिषय प्रबेस गराउने आस्वासन समेत दिएका छन ।

जुन जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाईयो त्यहि जिल्ला अर्थात मकवानपुर जिल्लाको सदरमुकाम हेटौडामा सबै तहको सुरक्षा सम्बन्धित कर्मचारीको  गणना गर्ने हो पांच हजार नाघ्न खोज्छ । हेटौडा ३ नम्बर प्रदेशको अस्थाही राजधानी समेत हो र प्रादेशिक राजधानी ५ हजार प्रहरीको संख्या तैनाथ हुनु नयाँ र नौलो कुरो पनि भएन ।

प्रहरी देखि प्रशासनले शान्ति सुरक्षाको बिषय उठाएर १० बजे पछी देउसी भैलो खेल्न रोक लगाईयो त्यो नियम र तर्क संगत पनि छैन । प्रहरी प्रशासनको काम भनेको जनताको ज्युधनको शान्ति सुरक्षा गर्नु हो र जनताको ज्यु धनको शान्ति सुरक्षा गर्न सकिदैन भने गरिब जनताको करले प्रहरी प्रसासनको स्थापना किन गर्ने भन्ने प्रश्न पनि उठन सक्छ ।

शान्ति सुरक्षाको प्रश्नलाई उठाएर राति १० बजे पछी देउसी भैलो खेल्न रोक लगाउनु भनेको हिन्दु धर्म र संस्कृति माथिको  ठाडो प्रहार हो । जबसम्म नेपाली जनताहरुले आफ्नो धर्म र संस्कृतिलाई गम्भीररुले लिंदैनन तबसम्म देखिने नतिजा यस्तै हुन्छ । मकवानपुर जागरण अभियानका अधिकारकर्मीहरु एक्लैले मात्र धर्म, संस्कृतिको रक्षा गर्न सक्दैन त्यसैले सबै नेपालीहरु यस्ता गम्भीर बिषयमा जागरुक हुन जरुरि छ भन्ने यो पंक्तिकारको आग्रह पनि हो ।
‘जय जागरण’
प्रकाशित मिति: २०७५ कार्तिक १४

नाति संग चचहुई .... सररर

Written By खांट्टी कुरा on Saturday, October 27, 2018 | October 27, 2018


 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger