Wednesday, October 31, 2018

आफ्नो धर्म र संस्कृति प्रति गम्भीर बन्न सिकौं

खांट्टी कुरा     October 31, 2018    


बिगत साल राति १० बजे पछी देउसी भैलो नखेल्नु र नखेलाउनु भन्दै प्रशानले दिएको आदेशलाई प्रहरी प्रशासनले कठोरताको साथ पालना गर्यो । प्रहरी चल्ने भनेकै प्रशासनको आदेसले हो ।

नेपाल बाहेक संसारमा कहीं कतै देउसी भैलो खेल्ने चलन छैन । पछी नेपालीहरु सात समुन्द्र पारि समेत गएर बस्न थाले पश्चात आफ्नो संस्कृति र परम्परालाई माया मार्न नसकेर नेपालीहरुले बिदेसमा समेत देउसी भैलो खेल्न थालेका छन । देउसी भैलो मात्र नभएर अमेरिकामा त ईन्द्रजात्रा समेत धुमधामले मनाएका छन ।
जुन दिन बाट नेपालमा धर्म निरपेक्ष भन्दै गणतन्त्रको स्थापना गरियो  सोहि दिन देखि बिदेसी शक्तिको ईसारामा नेपालको धर्म र संस्कृति माथि निरन्तररुपमा निर्मम तरिकाले प्रहार हुँदै आएको छ  जुन देख्दै र भोग्दै समेत आएका छम

राती अबेरसम्म देउसी खेल्न पाउनु पर्ने माग गर्दै मकवानपुर जागरण अभियानले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई २०७५/०७/१३ गते ज्ञापन पत्र बुझाएको छ । स्थानीय प्रशासनले राति १० बजेसम्म मात्रै देउसी खेल्न पाउने जनाएकोमा मकवानपुर जागरण अभियानले भने राति मनाउने पर्व भएकोले अबेरसम्म देउसी खेल्न दिनु पर्ने माग गरेको छ । राति देउसी खेल्न बन्द गराउनु स्थानीय प्रशासनको सुरक्षा असक्षमता भएको टिप्पणी गर्दै अभियानका अध्यक्ष कृष्णराज कोइरालाले यसो भएमा हिन्दु धर्म माथी नै प्रहार हुने बताएका थिए  

पंक्तिकार मकवानपुर जागरण अभियानको अभियन्ता भएको नाताले ज्ञापन पत्र बुझाउने समयमा उपस्थित भएको थियो । प्रशासन प्रमुखले जिल्ला सुरक्षा समितिको बैठकमा यो बिषय प्रबेस गराउने आस्वासन समेत दिएका छन ।

जुन जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाईयो त्यहि जिल्ला अर्थात मकवानपुर जिल्लाको सदरमुकाम हेटौडामा सबै तहको सुरक्षा सम्बन्धित कर्मचारीको  गणना गर्ने हो पांच हजार नाघ्न खोज्छ । हेटौडा ३ नम्बर प्रदेशको अस्थाही राजधानी समेत हो र प्रादेशिक राजधानी ५ हजार प्रहरीको संख्या तैनाथ हुनु नयाँ र नौलो कुरो पनि भएन ।

प्रहरी देखि प्रशासनले शान्ति सुरक्षाको बिषय उठाएर १० बजे पछी देउसी भैलो खेल्न रोक लगाईयो त्यो नियम र तर्क संगत पनि छैन । प्रहरी प्रशासनको काम भनेको जनताको ज्युधनको शान्ति सुरक्षा गर्नु हो र जनताको ज्यु धनको शान्ति सुरक्षा गर्न सकिदैन भने गरिब जनताको करले प्रहरी प्रसासनको स्थापना किन गर्ने भन्ने प्रश्न पनि उठन सक्छ ।

शान्ति सुरक्षाको प्रश्नलाई उठाएर राति १० बजे पछी देउसी भैलो खेल्न रोक लगाउनु भनेको हिन्दु धर्म र संस्कृति माथिको  ठाडो प्रहार हो । जबसम्म नेपाली जनताहरुले आफ्नो धर्म र संस्कृतिलाई गम्भीररुले लिंदैनन तबसम्म देखिने नतिजा यस्तै हुन्छ । मकवानपुर जागरण अभियानका अधिकारकर्मीहरु एक्लैले मात्र धर्म, संस्कृतिको रक्षा गर्न सक्दैन त्यसैले सबै नेपालीहरु यस्ता गम्भीर बिषयमा जागरुक हुन जरुरि छ भन्ने यो पंक्तिकारको आग्रह पनि हो ।
‘जय जागरण’
प्रकाशित मिति: २०७५ कार्तिक १४

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .