Latest Post

Showing posts with label च्वास्सचुस्स. Show all posts
Showing posts with label च्वास्सचुस्स. Show all posts

आजको खाँटी झटारो

Written By खांट्टी कुरा on Saturday, September 21, 2019 | September 21, 2019

नामले के नै फरक पार्छ र हजुर ?
हामीलाई छोटेभाई भनेर हेप्ने अनि आफु ठुल्दाई बनेर हैकम जमाउने देश भारतमा पनि कुनै समयमा सियो बनेर पसेर फाली बनेर निस्केका गोराहरूले एकछत्र राज्य चलाएकै हो । त्यहि भएर गुलामोका देश भनेर हेप्ने मौका पाएका छन ।
गोरा अर्थात अंग्रेज भगाओ भन्दै जनता जगाउने भन्दै केहि ब्यक्तिहरु नेता बनेर उदाय । कोहि गरमपन्थी स्वभावका कोहि नरमपन्थी स्वभावका । जे जे पन्थी भए पनि काम एकै थियो भने जाबो नामले के नै फरक पारेको छ र ।
अंग्रेज खेदे पछी मिलेर देसको बिकास गर्नु पर्नेमा  एउटा कित्ता कांग्रेस तिर आर्को कम्युनिस्ट बने । कांग्रेसीहरुले जयहिन्द भन्ने चलन बसाए भने कम्युनिस्टहरुले लाल सलाम । एउटा सुद्ध देसी आर्को आयातित । जे जसरि अभिवादन गरे पनि नामले के नै फरक पारेको छ र ।
उता अंग्रेजको गुलाम यता नेपालमा राणा शाहीको दास जस्तै बनेका जनताहरु । उताकाले अंग्रेज भगाए । यताका ले राणालाई खेदे । अंग्रेज हुन या राणा दुवैले जनता माथि अन्याय र अत्याचार गरेर कुस्त सम्पति जोडेकै हुन । हिन्दुस्थानबाट खेदिन बाध्य भएका अंग्रेज हुन या नेपाले जनताले खेदेका राणा । आखिरमा दुवै खेदिएका हुन भने
अहिले सम्म कोहि कसैको गुलामीमा नपरेको देस भनेर चिनिने सुन्दर शान्त देस नेपाललाई असान्तीको भुमरीमा जाकेको १९९७ साल देखि हो । उतिबेलाको राणाशाहीले आफ्ना प्रजा भड्काउनेहरुलाई ‘बागी’ भन्थे । देसको भूमिमा खोलिएको पहिलो पार्टी ‘प्रजा परिषद’ का नेताहरु कोहि पक्राउ परे । कोहो भागेर हिन्दुस्थान पसे । पक्राउ खानेहरु कोहि फाँसीमा चढे भने कोहीलाई गोलि ठोके । फाँसी लाए पनि गोलि ठोके पनि आखिरमा मारिनेनै हो भने  नामले
उति बेलाका राणाशासनका बागीहरुले नेपालमा राजनीतिक पार्टी खोल्ने हुत्ति त्यहि भएर नगरेका हुन । ज्यानको माया सबैलाई हुन्छ । ‘ज्यू रहेको खान पाईन्छ घ्यू’ भन्ने खाँटी नेपाली उखान त्यसै जन्मेको हैन । राणाको डरले लुगलुग कामेकाहरु हिन्दुस्थानमै बसेका थिए भने कोहि पसेका थिए । नेपालबाट राणा शासनलाई जसरि पनि खेद्नु पर्छ भन्ने अठोट बोकेर बसेका देखि बसेकाहरुले कांग्रेस पार्टी जन्माए भने पसेकाहरुले कम्युनिस्ट पार्टी । दुबैको उद्धेश्य राणाशाही खेद्नु थियो भने पार्टीको नामले के नै फरक पारेको थियो र ।
मिलेर बस्न नसकिने जन्तुको नाम भन्नुस भन्यो भने ‘कुकुर र बिरालो’ भनेर भन्ने गरिन्छ । घरका दुई जना झगडा गरे भने कत्ति कुकुर र बिरालो जस्तरी झगडा गरेको भनेर मुलिले हपार्ने गर्छन । हाम्रा कांग्रेस र कम्युनिस्ट दाज्यूभाई हुन । उमेरमा कांग्रेस दाई हो भने कम्युनिस्ट भाई ।
सत्ता र भत्ताको कठिन चुचुरो आरहण नगरे सम्म यी दुवै दाज्यूभाई नङ र मासु जस्तै हुन्छन भन्ने उदाहरण २००७, २०३६, २०४६ देखि २०६४ सालमा दिएका छन । जब सत्तारुपी आरोहण चुम्छन त्यसपछि तँ ठुलो कि मा ठुलो भन्ने घमण्ड देखाउन थाल्छन । घर झगडा मिलाउने भन्दै बिदेसी काल पल्काउनमा यी दुबैलाई कसैले जित्न सक्दैन । देश र जनताको लागी सिन्को नभाच्ने अनि ‘तै रानी मै रानी कस्ले भर्ने त कुवाको पानि’ चरित्र बोकेका छन भने नेपाली कांग्रेस हुन या नेपाल कम्युनिस्ट पार्टी नामले के नै फरक पारेको छ र ।
हात मुट्ठी पारेर आकास तिर फर्काउदै लाल सलाम भन्नेहरु लाई ‘कम्युनिस्ट भनिन्छ । २००६ सालमा हिन्दुस्थानमा जन्मिएको नेपाले कम्युनिष्ट ७ वर्ष नपुग्दै  टुक्राटुक्रा बनि सकेको थियो । कम्युनिस्ट भनेको शोषित, पिडित, गरिब मजदुर, किसानको पार्टी हो भनेर फुई लाउछन । कम्युनिस्टले धर्म मान्दैन । धर्म भनेको अफिम हो भनेर पढ्छन अनि पढाउछन । जब क्रान्ति गरेर सत्ता र भत्ताको स्वादमा रमेसी ‘क्रान्ति देखि धर्म भाड्मे जाय’ भन्दै स्व. भैरव अर्यालको आलु निबन्धलाई पालना गरेका छन । नेपाले कम्युनिस्ट पार्टीमा जोडिने हैन तोडिने क्रम भने जारि नै छ । फुटे पछी नाम बदलिन्छ । नाम बदलेर के भो सिद्धान्त एकै भएसी नामले के नै फरक पारेको छ र ।
२०६४ सालमा राजतन्त्र फालेर गणतन्त्र जिन्दाबाद भनेको जनता देखि प्रधानपन्चहरु लाई फिटिक्क मन परेको थिएन । देसमा सनातनी हिन्दु धर्म अनि राजा सहितको प्रजातन्त्र चाहिन्छ भनेर नारा घन्काए । थापा, राणा, चन्द देखि राजाबादी जस्ता बाईसे र चौबिसे बने । काम र उद्धेश्य एकै हो तर नामले के नै फरक पारेको छ र ।


‘मुला झाफाली’

Written By खांट्टी कुरा on Monday, July 08, 2019 | July 08, 2019

फेसबुकमा मेरा एकजना अति मिलनसार मित्र हुनुहुंच्च । उहाँको मावली झापा । खै के जंग चलेर हो एक दिन उहाँले जुकेको भित्तोमा ‘मुला झाफाली’ भनेर डाम्दिनु भो । यो ज्यानले आफ्नै मामालाई ‘मुला’ भन्नु हुन्न भने । जवाफ नाई ।
नातामा मेरो एकजना काकी सासु पर्ने काकी सासु आमै आज मामाको छोरा मेरो भाईको ब्या को जन्तमा संगै जाने साईत जुर्यो । मटरमा बस्दा घरायसी दुख: सुख: को कुरा भो । सासु आमैको छोराले झापाली केटि झ्याई पारेका रच्छन । मोर्ने गरि सराप्दै हेर्नुस ज्वाई झापाली संग सम्बन्ध जोड्यो भने घर स्वाहा हुने रच्छ भनेर भन्नुभो । हो र सासु आमै भने ।
हन त्यो झापा भन्ने जिनिस कस्तो हो ?
त्याँ को हावा र पानी डेन्जर माथिको खत्रा नै हो त ?
प्रधानमन्त्री त्यतै का छन ।
राजा फालेर गणतन्त्र हुल्ने पनि त्यतैका ।
कमिसन आफुले दन्काउने अनि सोझा पुलिसका हाकिमलाई झ्यालखाना जाक्ने पनि झापाली नै ।
भनेसी त्यो ठाम्को नाम पछाडी ‘लि’ भन्ने जोडियो भने के मापाकै हुन्छ ?
यदि नहुने हो भने आफ्नै भान्जाले मामाज्यु लाई ‘मुला झाफाली’ किन भने ?

मक्केको गलबन्दी र पच्छ्यौरी ला सी च्यात्तिदैन त ?

Written By खांट्टी कुरा on Saturday, June 29, 2019 | June 29, 2019

झन्डै महिना दिन नेपाली लाज्निती गर्ने थलो देखि गाम्घर समाजमा गलबन्दी र पच्छ्यौरीको उल्का संग चर्चा भो ।
चर्चाको बिउ रोप्ने गाईने पर्कासे थिए । बडो हेन्सम छु भनेर देखाम्दै जुल्फी तह लाम्न निधारा कपडा बेरेर हाफ पईट लार रोधी बसेको घरा बाँदर उफ्रेको जस्तरी बुत्रुक्क उफ्रेर आम्दै गलबन्दी च्यात्तियो तिम्ले तानेर, बोलाको तिम्लाई आफ्नो ठानेर भन्दै बिलौना गरेको पनि अहिलेको चलेको पोईसो कमाई दिने भाँडो युट्युपाँ देखियानै हो । 
अहिलेको ट्यापे भाका हान्न पर्कासे गाईने खत्रा छन भन्ने उदाहरण पनि दिए । तीनतले घर अनि सुनको अम्ठी लाम्ने हैसियत भका मुन्छी हुम भनेर रोधीमा फुटानी लाम्नेले  गलबन्दी च्यात्तियो तिम्ले तानेर चै कसरि भन्न सकेका हुन ? तान्दैमा च्यात्तिने मक्केको गलबन्दी लाएर छ्म्माहरुको अगाडी गलबन्दी च्यात्तियो तिम्ले तानेर भन्दै आरोप जसरि लगाए त्यसरीनै मेरो गित किन चोरेर गायिस भन्दै पुर्बेली अर्ध बुढा गायक संगीतकार शम्भु राईले पनि लाए । फौजी भाकामा यस्ता जिनिस्लाई एम्बुस (धराप) थापेको भन्छन ।  
यो एम्बुस भन्ने जिनिस पनि उल्का र अच्चमको हुन्छ हाव । ताल परेको खण्डमा परान लिन देखि जान बेर लाम्दैन । लाज्निती देखि कुटनीति हुँदै झुठनीति नामको एम्बुसा परेर जीव जन्तु देखि मनुख्य सम्म पिलित्त परेका छन ।
४६ साल देखि १७ सालको बिचको शासनलाई पन्चेती शासन भानिथ्यो । दल बिनाको शासन अर्थात निर्दल अनि राजा र राजाको नजिकको ले जे चाह्यो त्यहि हुने शासन । फट्यांग्रा जस्तरी उफ्रेर बोल्न पाईएन भन्दै २०४६ सालमा बहुदलले चलाम्ने ड्यामोक्रेसी अझ त्यो भन्दा बढी चाहिय्यो भन्दै ६४ सालमा रिपब्लिक पनि ल्याएकै हुन । त्यसरी ल्याम्ने बेलामा बोल्न पाईन्छ, लेख्न पाईन्छ, सुन्न पाईन्छ, भन्न पाईन्छ तर तर्साम्न पाईदैन । तर्सायो भन्ने मानव अधिकार नामको जिनिसको हत्या र बलात्कार हुन्छ भन्ने सर्त पनि राखेकै हुन ।  
बोल्न पाईन्छ भन्दैमा आर्काको मानहानी गरेर बोल्न पाईन्न । झन जातजाति र छुवाछुतको नाम पनि लिन पाईन्न । अहिलेकाहरु बडो दार्शनिक बनेर जातजाति र छुवाछुत बारेमा कुर्लिन्छ्न तर त्यसरी कुर्लिनेहरुले २०१९ सालको पन्चेती व्यवस्थाले नै नेपालमा कुरीति, बिकृति र विसंगति देखि जातपात छुवाछुतको भेदभाव नगर्नु भन्ने कानून लागु गरेको थियो भन्ने कुरा चै कसरि बिर्सेछन ?
हरेक कुराको समय हुन्छ । समयमा कुनै चल्छ कुनै चल्दैन । हिजो राई बुढाले गाम्दा नचलेको जिनिसलाई आज अलिकति धुन सुन घुमार गाईने पर्कासेले सुनुम सुनुम बनायो भन्दैमा माखाको चित्त बनाउने हरु र हिजो पन्चेती शासनमा कडी कड़ाउ भो स्वतन्त्रता चाहियो भन्नेहरु आफै निरङ्कुश बनेर पन्चेतको बाउ बनेको देख्दा भनाई र गराई फरक हुने रच्छ भनेर भन्न कर लाग्दो रैछ त्यसैले अहिले गलबन्दी विवाद पनि चियाको तुफान जस्तै भै सकेको अबस्थामा अरु कुरा के कोट्याई भो ।



'खाँटी भजन'

Written By खांट्टी कुरा on Thursday, April 04, 2019 | April 04, 2019

मैले गाउन पाएको भए यसरि गायेर देखाई दिन्थे !
सात थान प्रदेशको
सतहत्तर जिल्ला
गणतन्त्रे नेताहरु
कतिन्जेल मिल्ला
त्यसपछि पंचेले
भकुण्डो खेल्ला
तिम्रै टाउकोमा =D
बोल्न र लेख्न पाउने अधिकार भएकोले यो लेखाईलाई झटारोको रुपमा मात्र लिनु होला =D


मुल्लाजी को झटारो

Written By खांट्टी कुरा on Friday, September 07, 2018 | September 07, 2018

एउटा राजाले उध्रेको, फाटेको सिलाउने एकजना सूचिकार राखेको रहेछ । ऊ कपडा रफ्फू गर्नमा भन्दा पनि राजाका हरेक कुरा रफ्फू गर्नमा माहिर रैछ, उसले राजाका हरेक कुरालाई यसरी व्याख्या र विश्लेषण गर्दो रैछ कि सुन्ने मान्छेहरू मख्ख पर्दा रहेछन् ।
एकदिन राजाले एउटा सभामा आफ्नो जवानीको कहानी सुनाएर जनतालाई मख्ख पार्न खोजेछ । जोशमा आएर राजाले भन्न थालेछ... "एकपल्ट म शिकार खेल्न जाँदा यस्तो भयो कि मैले आधा किलोमीटर टाढाबाट तीर चलाएँ, त्यो तीर गएर हरिणको देब्रे आँखामा लाग्यो र दाहिने कानबाट निस्किएर पछाडिको दाहिने खुरमा गएर गाडियो ।"
राजाले सोंचेको थियो उसका कुरा सुनेर जनताहरूले ताली बजाउनेछन् तर कसैले बजाएनन्, कसैले पनि उसका कुरा पत्याएनन् । राजालाई नि लागेछ कि... सायद आज उसले अलि बढी नै गफ दियो । त्यतिबेलै राजाले सूचिकारतिर हेरेछ । सूचिकार फटाफट उठेर भन्न थालेछ, "मित्रहरू ! यो कुरा सही हो, त्यतिबेला म पनि महाराजको साथमा थिएँ । वास्तवमा त्यतिबेला महाराज पहाडको टुप्पामा हुनुन्थ्यो र हरिण पहाडमुन्तिर । हावा पनि जोड चलिरहेको थियो, नत्र त्यति टाढा तीर जाँदैनथ्यो । जहाँसम्म आँखा, कान र खुरको कुरा छ, संयोग भनौँ कि के भनौँ... ठीक त्यतिबेला हरिणले पछाडिको दाहिने खुट्टा उठाएर दाहिने कान कन्याइरहेको थियो ।" यो कुरा सुनेपछि जनताहरूले ताली पिट्न थालेछन् ।


भोलिपल्ट सूचिकार आफ्नो पोकोपुन्तरो बाँधेर जान लाग्दा राजाले "कहाँ हिँडेको ?" भनेर सोधेछ । सूचिकारले भनेछ ~ "महाराज ! माफ गर्नुहोला । म सानोतिनो सूचिकार मात्र हूँ । उध्रेका, फाटेका कपडाहरू मात्र रफ्फू गर्न सक्छु... ठूल्ठूला भ्वाङ टाल्न सक्दिनँ ।"
 .......
यहाँ पनि केही सूचिकारहरू (ल****भक्त) यस्तै छन्, जो आफ्ना नेताका हरेक निर्णय र हावा गफहरूलाई रफ्फू गर्नमा माहिर छन् । विपक्षका सही कुरालाई पनि गलत साबित गर्न र आफ्ना पक्षको गलत कुरालाई पनि रफ्फू गर्न त कसैले यी ल****भक्तहरूबाट सिकून् ।
उनीहरूसँग आरोपको जवाफ पनि 'आरोप' हुन्छ । सरकारले गलत निर्णय नै गरे पनि "गलत हो" भन्दैनन् बरु उल्टै विपक्षको निर्णय हो भनिदिन्छन् । राम्रा कामहरूको क्रेडिट आफूले लिने, उध्रेका फाटेका सिलाउने र ठूल्लाठूला भ्वाङ परेपछि त्यसको दोष विपक्षलाई लगाउनेहरू नै असली चाटुकार (सूचिकार) हुन
सामाजिक संजाल फेसबुकमा मूल्ला नसरुद्दीन  नामले परिचित सरोज अनुराग हास्य मिश्रित लेखमा माहिर हुनुहुन्छ । उहाँको कतिपय लेखाईमा अस्लिलता देखिन्छ । हेर्दा वा पढ्दा अस्लिलता देखिएता पनि वर्तमान परिप्रेक्ष्यमा मुल्लाजिको लेखाईमा गहिरो व्यङ्ग्य मार्फत सरकार, पार्टीका नेता र तिनका बानर सेनाहरु माथि धावा बोल्न सफल भएको छ भनेर माथिको लेखाईले प्रस्ट पारेको छ ।

साली पुराण

Written By खांट्टी कुरा on Tuesday, August 21, 2018 | August 21, 2018

जोई कसार हो भने साली रसबरी

गोरा र कुईरेको देसा हैन हाम्रो देसमा भुटेको चामलको पिठोमा गुल्यो सुल्यो हालेर बनाएको जिनिसलाई कसार भनेर भन्ने गरिन्छ । सादी ब्या देखि छठ पर्वमा यो कसार भन्ने जिनिस अनिवार्यरुपमा बनाउने गरिन्छ ।
भुरा हुँदा बाहुन साथिहरुको ब्या मा निम्तो मान्न जाँदा टपरीमा एकमुठी च्युरा, एक थान सेलको साथ दाँतनै भाच्ने क्षमता भएको एक डल्लो कसार पाईन्थ्यो जसलाई स्वाद मानेर बजाईने गरिन्थ्यो ।
कसार सम्पन्नताको प्रतिक हो भने कसार बनाएर ख्वाम्न नसक्नेलाइ जोरीपारीले हरिकंगाल अर्थात सुदामाको कोटिमा उभ्याएर सुदामाको सन्तानभनेर हेपेर बोल्ने गर्थे ।
कसार भन्दापनि ठुलो जिनिस भनेको रसबरीहो । उतिबेला अर्थात हाम्रो पालामा रसबरी खानलाई त्यार आम्नु पर्थ्यो । सुद्ध गाई माते देखि भूईसिको दुधबाट रसबरीबनाईन्छ ।
जोई र सालीको बखान गर्ने हो भने ३२ लक्षणको जोई भन्दा छुच्ची काली साली आच्छा भन्ने चलन छ । साली भनेको आधि घरवाली रे नि भन्छन । साली भनेको रसबरी हो । जोई भनेको दांत भाच्ने ह्याउ भको कसारहो ।
एउटा पत्नी पिडित गोर्खाली मनुवाले ब्या अरेर पहिलो पटक ससुराली ग को बेलामा साली देखेछ त्यसपछि मुन थाम्न नसकेर सामाजिक संजालमा जब सालीसङ्ग आँखा जुध्यो, तब था भयो रसबरी लुकाएर कसारको डल्लो थमाएछन मलाईभनेर गुनासो पोखेछ्न। कुरो जायज भए पनि क्यार्नु । यो मंगीको जमानामा दुईटा माला पनि भिर्न सकिन्न । त्यहि माथि बौ ब्या गर्यो भने त उखाने सरकारले झ्यालखाना जाकेर तोरीको फुल देखाई दिन्छन,
त्यसैले ..........
जो जसले अहिले आएर साली सम्झिदै गुनासो अर्छन तिनीहरुले क्यार्नु हजुर करिमै खोटो परेसीभनेर पुर्पुरोमा हात लाएर बस्नु भन्दा अरु के नै बिकल्प भो र !


गणतन्त्र नेपालमा जे गर्न पनि छुट छ ।

Written By खांट्टी कुरा on Monday, August 13, 2018 | August 13, 2018

 -जनकमान डंगोल

रास्ट्र निर्माता पृथ्बी नारायण शाहले एकीकरण गरेको देस नेपालमा केहि बर्ष अगाडी सम्म ५ बिकास क्षेत्र, १४ अन्चल र ७५ जिल्ला कायम थियो । यिनै मध्येमा बर्षको १ चोटि पन्च भेलाको नाउँमा दर्बार बाट लावालस्करको साथ श्री ५ महाराजाधिराज निस्की बक्सिन्थ्यो । श्री ५ को पछी बडा महारानी अनि अरु दरबारियाको साथ साथै उपल्लो दर्जाको रास्ट्रसेवकहरु हुन्थे । लालभाकाको गीतमा लेखिए जस्तै गरि गाउँ गाउँ बाट, बस्ति बस्ति बाट उठ जाग अनि महाराजाधिराजको दर्शन गर्न हिंड भन्दै पन्चले भेडा बाख्राको जस्तै गरि हुल ल्याएर जय जय गर्न लाउथे । त्यो देखेर राजा पनि मक्ख राजा मक्ख भएसी पन्चको के बयान गर्नु । ५ बर्षमा आउने पालो अनि एक दिन जिल्लाको सदरमुकाममा गएर जिन्दाबाद भन्दा प्रजाको पनि के चैँ बिबिग्रन्थ्यो र । घोक्रो फुट्ने गरि जिन्दाबाद कि जिन्दाबादको नारा लगाई दिन्थे । त्यतिखेर मुर्दाबाद भन्नु अपराध थियो ।  अपराध गर्ने हिम्मत जनताले गर्दैन थिए । न जनताले मुर्दाबाद भन्थे न मुर्दाबाद भनेको पन्चले सुन्न सक्थे ।

बोल्न चै बोलम तर आफ्नै खाँट्टी भाकामा बोलम

Written By खांट्टी कुरा on Tuesday, September 05, 2017 | September 05, 2017

-जनकमान डंगोल 
औधोगिक नगरी अर्थात 'हाम्रो हेटौडा, राम्रो हेटौडा' भन्ने दर्जाले शुसोभित तर थामी नसक्नुको ट्राफिक र बढ्दै गएको प्रदुषण झेल्न बाध्य भएको शहर हेटौडामा हेडम्बा मिडिया प्रा.लि को ब्यानरमा रेडियो अनमोल खुल्दैछ ! खुल्नु भन्दा अगाडी पत्रकारिता, रेडियो देखि स्टेज पर्फर्मेन्स तालिम संचालन गरेको खबर पायेसी खाँट्टी भाका डाम्ने यो डाम्ना पनि रेडियो तालिम भनेको के हो र कस्तो हुने रच्छ भनेर हेर्न र बुझ्न गएको पनि आज ३ दिन पुग्दैछ !

हेटौडाको पत्रकारितामा लामो समय सम्म लागेका पत्रकार जि देखि ज्युहरुले पालैपालो दिने प्रबचन आज्ञाकारी भुराले जस्तरी ध्यान दिएर सुन्दैछु ! अस्ति मित्र बालकृष्ण दाहाल हिजो रिपेस ऋद्धि दाहाल आज बलराम भाईको पालो अनि भोलि गिरिजाज्यु आम्नु हुन्छ होला !
यो डाम्नालाई पनि सुरुकै दिनमा आफ्नो परिचय राख्नु भनेर अर्हाए ! नाम ठेगाना देखि पेशा बताए र अब रेडियो अनमोलले तिन जनालाई जागिर दिने पक्का छ तर रेडियोमा बोल्दा क्वाँटी भाका अर्थात मिस्मासे हैन खाँट्टी भाकामा आफ्नो प्रस्तुति दिनुस है भनेर अनुरोध गरे !
नौसिखिया गजलेहरुले आफ्नो गजलमा उर्दु देखि हिन्दि भाका कोचेर आफु गजलकार भएको पर्मान दिन्छन ! रेडियोमा बोल्नेहरुले पनि बिच बिचमा गोरा र कुईरेको भाका घुसाम्न लाज मान्दैनन !
मलेसियाको मलेहरुको आफ्नो भाका मलायु छ लिपि भने छैन त्यहि भएर गोरा र कुईरेको लिपि औरेजीमा डाम्ने गर्छन तर हामी बीर गोर्खालीहरुको आफ्नै ठाम अनुसारको भाका र सयौ लिपिको धनी छौ भने आर्काको बुलाकी लाएर नाक किन दुखाम्नु !
तालिममा १५ जना हुनुहुन्च्च तर कथित गणतन्त्रे लागु गराएको हाम्रो देसमा रास्ट्रपति देखि सभामुखको बाहुल्य भएको कारणले हो कि के ले हो १५ मा १२ जना #जयनारि अनि ३ जना मात्र हामि अभागी पुरुषको फौज देखे !
पुरुष जति खाडी मलेस्यामा प्रस्थान गरेसी #जयनारीको मात्र संख्या बढी देखिनु कुनचै नयाँ र नौलो कुरो भयो ! हैन त ?
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger