Latest Post

Showing posts with label च्वास्सचुस्स. Show all posts
Showing posts with label च्वास्सचुस्स. Show all posts

'खाँटी भजन'

Written By खांट्टी कुरा on Thursday, April 04, 2019 | April 04, 2019

मैले गाउन पाएको भए यसरि गायेर देखाई दिन्थे !
सात थान प्रदेशको
सतहत्तर जिल्ला
गणतन्त्रे नेताहरु
कतिन्जेल मिल्ला
त्यसपछि पंचेले
भकुण्डो खेल्ला
तिम्रै टाउकोमा =D
बोल्न र लेख्न पाउने अधिकार भएकोले यो लेखाईलाई झटारोको रुपमा मात्र लिनु होला =D


मुल्लाजी को झटारो

Written By खांट्टी कुरा on Friday, September 07, 2018 | September 07, 2018

एउटा राजाले उध्रेको, फाटेको सिलाउने एकजना सूचिकार राखेको रहेछ । ऊ कपडा रफ्फू गर्नमा भन्दा पनि राजाका हरेक कुरा रफ्फू गर्नमा माहिर रैछ, उसले राजाका हरेक कुरालाई यसरी व्याख्या र विश्लेषण गर्दो रैछ कि सुन्ने मान्छेहरू मख्ख पर्दा रहेछन् ।
एकदिन राजाले एउटा सभामा आफ्नो जवानीको कहानी सुनाएर जनतालाई मख्ख पार्न खोजेछ । जोशमा आएर राजाले भन्न थालेछ... "एकपल्ट म शिकार खेल्न जाँदा यस्तो भयो कि मैले आधा किलोमीटर टाढाबाट तीर चलाएँ, त्यो तीर गएर हरिणको देब्रे आँखामा लाग्यो र दाहिने कानबाट निस्किएर पछाडिको दाहिने खुरमा गएर गाडियो ।"
राजाले सोंचेको थियो उसका कुरा सुनेर जनताहरूले ताली बजाउनेछन् तर कसैले बजाएनन्, कसैले पनि उसका कुरा पत्याएनन् । राजालाई नि लागेछ कि... सायद आज उसले अलि बढी नै गफ दियो । त्यतिबेलै राजाले सूचिकारतिर हेरेछ । सूचिकार फटाफट उठेर भन्न थालेछ, "मित्रहरू ! यो कुरा सही हो, त्यतिबेला म पनि महाराजको साथमा थिएँ । वास्तवमा त्यतिबेला महाराज पहाडको टुप्पामा हुनुन्थ्यो र हरिण पहाडमुन्तिर । हावा पनि जोड चलिरहेको थियो, नत्र त्यति टाढा तीर जाँदैनथ्यो । जहाँसम्म आँखा, कान र खुरको कुरा छ, संयोग भनौँ कि के भनौँ... ठीक त्यतिबेला हरिणले पछाडिको दाहिने खुट्टा उठाएर दाहिने कान कन्याइरहेको थियो ।" यो कुरा सुनेपछि जनताहरूले ताली पिट्न थालेछन् ।


भोलिपल्ट सूचिकार आफ्नो पोकोपुन्तरो बाँधेर जान लाग्दा राजाले "कहाँ हिँडेको ?" भनेर सोधेछ । सूचिकारले भनेछ ~ "महाराज ! माफ गर्नुहोला । म सानोतिनो सूचिकार मात्र हूँ । उध्रेका, फाटेका कपडाहरू मात्र रफ्फू गर्न सक्छु... ठूल्ठूला भ्वाङ टाल्न सक्दिनँ ।"
 .......
यहाँ पनि केही सूचिकारहरू (ल****भक्त) यस्तै छन्, जो आफ्ना नेताका हरेक निर्णय र हावा गफहरूलाई रफ्फू गर्नमा माहिर छन् । विपक्षका सही कुरालाई पनि गलत साबित गर्न र आफ्ना पक्षको गलत कुरालाई पनि रफ्फू गर्न त कसैले यी ल****भक्तहरूबाट सिकून् ।
उनीहरूसँग आरोपको जवाफ पनि 'आरोप' हुन्छ । सरकारले गलत निर्णय नै गरे पनि "गलत हो" भन्दैनन् बरु उल्टै विपक्षको निर्णय हो भनिदिन्छन् । राम्रा कामहरूको क्रेडिट आफूले लिने, उध्रेका फाटेका सिलाउने र ठूल्लाठूला भ्वाङ परेपछि त्यसको दोष विपक्षलाई लगाउनेहरू नै असली चाटुकार (सूचिकार) हुन
सामाजिक संजाल फेसबुकमा मूल्ला नसरुद्दीन  नामले परिचित सरोज अनुराग हास्य मिश्रित लेखमा माहिर हुनुहुन्छ । उहाँको कतिपय लेखाईमा अस्लिलता देखिन्छ । हेर्दा वा पढ्दा अस्लिलता देखिएता पनि वर्तमान परिप्रेक्ष्यमा मुल्लाजिको लेखाईमा गहिरो व्यङ्ग्य मार्फत सरकार, पार्टीका नेता र तिनका बानर सेनाहरु माथि धावा बोल्न सफल भएको छ भनेर माथिको लेखाईले प्रस्ट पारेको छ ।

साली पुराण

Written By खांट्टी कुरा on Tuesday, August 21, 2018 | August 21, 2018

जोई कसार हो भने साली रसबरी

गोरा र कुईरेको देसा हैन हाम्रो देसमा भुटेको चामलको पिठोमा गुल्यो सुल्यो हालेर बनाएको जिनिसलाई कसार भनेर भन्ने गरिन्छ । सादी ब्या देखि छठ पर्वमा यो कसार भन्ने जिनिस अनिवार्यरुपमा बनाउने गरिन्छ ।
भुरा हुँदा बाहुन साथिहरुको ब्या मा निम्तो मान्न जाँदा टपरीमा एकमुठी च्युरा, एक थान सेलको साथ दाँतनै भाच्ने क्षमता भएको एक डल्लो कसार पाईन्थ्यो जसलाई स्वाद मानेर बजाईने गरिन्थ्यो ।
कसार सम्पन्नताको प्रतिक हो भने कसार बनाएर ख्वाम्न नसक्नेलाइ जोरीपारीले हरिकंगाल अर्थात सुदामाको कोटिमा उभ्याएर सुदामाको सन्तानभनेर हेपेर बोल्ने गर्थे ।
कसार भन्दापनि ठुलो जिनिस भनेको रसबरीहो । उतिबेला अर्थात हाम्रो पालामा रसबरी खानलाई त्यार आम्नु पर्थ्यो । सुद्ध गाई माते देखि भूईसिको दुधबाट रसबरीबनाईन्छ ।
जोई र सालीको बखान गर्ने हो भने ३२ लक्षणको जोई भन्दा छुच्ची काली साली आच्छा भन्ने चलन छ । साली भनेको आधि घरवाली रे नि भन्छन । साली भनेको रसबरी हो । जोई भनेको दांत भाच्ने ह्याउ भको कसारहो ।
एउटा पत्नी पिडित गोर्खाली मनुवाले ब्या अरेर पहिलो पटक ससुराली ग को बेलामा साली देखेछ त्यसपछि मुन थाम्न नसकेर सामाजिक संजालमा जब सालीसङ्ग आँखा जुध्यो, तब था भयो रसबरी लुकाएर कसारको डल्लो थमाएछन मलाईभनेर गुनासो पोखेछ्न। कुरो जायज भए पनि क्यार्नु । यो मंगीको जमानामा दुईटा माला पनि भिर्न सकिन्न । त्यहि माथि बौ ब्या गर्यो भने त उखाने सरकारले झ्यालखाना जाकेर तोरीको फुल देखाई दिन्छन,
त्यसैले ..........
जो जसले अहिले आएर साली सम्झिदै गुनासो अर्छन तिनीहरुले क्यार्नु हजुर करिमै खोटो परेसीभनेर पुर्पुरोमा हात लाएर बस्नु भन्दा अरु के नै बिकल्प भो र !


गणतन्त्र नेपालमा जे गर्न पनि छुट छ ।

Written By खांट्टी कुरा on Monday, August 13, 2018 | August 13, 2018

 -जनकमान डंगोल

रास्ट्र निर्माता पृथ्बी नारायण शाहले एकीकरण गरेको देस नेपालमा केहि बर्ष अगाडी सम्म ५ बिकास क्षेत्र, १४ अन्चल र ७५ जिल्ला कायम थियो । यिनै मध्येमा बर्षको १ चोटि पन्च भेलाको नाउँमा दर्बार बाट लावालस्करको साथ श्री ५ महाराजाधिराज निस्की बक्सिन्थ्यो । श्री ५ को पछी बडा महारानी अनि अरु दरबारियाको साथ साथै उपल्लो दर्जाको रास्ट्रसेवकहरु हुन्थे । लालभाकाको गीतमा लेखिए जस्तै गरि गाउँ गाउँ बाट, बस्ति बस्ति बाट उठ जाग अनि महाराजाधिराजको दर्शन गर्न हिंड भन्दै पन्चले भेडा बाख्राको जस्तै गरि हुल ल्याएर जय जय गर्न लाउथे । त्यो देखेर राजा पनि मक्ख राजा मक्ख भएसी पन्चको के बयान गर्नु । ५ बर्षमा आउने पालो अनि एक दिन जिल्लाको सदरमुकाममा गएर जिन्दाबाद भन्दा प्रजाको पनि के चैँ बिबिग्रन्थ्यो र । घोक्रो फुट्ने गरि जिन्दाबाद कि जिन्दाबादको नारा लगाई दिन्थे । त्यतिखेर मुर्दाबाद भन्नु अपराध थियो ।  अपराध गर्ने हिम्मत जनताले गर्दैन थिए । न जनताले मुर्दाबाद भन्थे न मुर्दाबाद भनेको पन्चले सुन्न सक्थे ।

बोल्न चै बोलम तर आफ्नै खाँट्टी भाकामा बोलम

Written By खांट्टी कुरा on Tuesday, September 05, 2017 | September 05, 2017

-जनकमान डंगोल 
औधोगिक नगरी अर्थात 'हाम्रो हेटौडा, राम्रो हेटौडा' भन्ने दर्जाले शुसोभित तर थामी नसक्नुको ट्राफिक र बढ्दै गएको प्रदुषण झेल्न बाध्य भएको शहर हेटौडामा हेडम्बा मिडिया प्रा.लि को ब्यानरमा रेडियो अनमोल खुल्दैछ ! खुल्नु भन्दा अगाडी पत्रकारिता, रेडियो देखि स्टेज पर्फर्मेन्स तालिम संचालन गरेको खबर पायेसी खाँट्टी भाका डाम्ने यो डाम्ना पनि रेडियो तालिम भनेको के हो र कस्तो हुने रच्छ भनेर हेर्न र बुझ्न गएको पनि आज ३ दिन पुग्दैछ !

हेटौडाको पत्रकारितामा लामो समय सम्म लागेका पत्रकार जि देखि ज्युहरुले पालैपालो दिने प्रबचन आज्ञाकारी भुराले जस्तरी ध्यान दिएर सुन्दैछु ! अस्ति मित्र बालकृष्ण दाहाल हिजो रिपेस ऋद्धि दाहाल आज बलराम भाईको पालो अनि भोलि गिरिजाज्यु आम्नु हुन्छ होला !
यो डाम्नालाई पनि सुरुकै दिनमा आफ्नो परिचय राख्नु भनेर अर्हाए ! नाम ठेगाना देखि पेशा बताए र अब रेडियो अनमोलले तिन जनालाई जागिर दिने पक्का छ तर रेडियोमा बोल्दा क्वाँटी भाका अर्थात मिस्मासे हैन खाँट्टी भाकामा आफ्नो प्रस्तुति दिनुस है भनेर अनुरोध गरे !
नौसिखिया गजलेहरुले आफ्नो गजलमा उर्दु देखि हिन्दि भाका कोचेर आफु गजलकार भएको पर्मान दिन्छन ! रेडियोमा बोल्नेहरुले पनि बिच बिचमा गोरा र कुईरेको भाका घुसाम्न लाज मान्दैनन !
मलेसियाको मलेहरुको आफ्नो भाका मलायु छ लिपि भने छैन त्यहि भएर गोरा र कुईरेको लिपि औरेजीमा डाम्ने गर्छन तर हामी बीर गोर्खालीहरुको आफ्नै ठाम अनुसारको भाका र सयौ लिपिको धनी छौ भने आर्काको बुलाकी लाएर नाक किन दुखाम्नु !
तालिममा १५ जना हुनुहुन्च्च तर कथित गणतन्त्रे लागु गराएको हाम्रो देसमा रास्ट्रपति देखि सभामुखको बाहुल्य भएको कारणले हो कि के ले हो १५ मा १२ जना #जयनारि अनि ३ जना मात्र हामि अभागी पुरुषको फौज देखे !
पुरुष जति खाडी मलेस्यामा प्रस्थान गरेसी #जयनारीको मात्र संख्या बढी देखिनु कुनचै नयाँ र नौलो कुरो भयो ! हैन त ?

गजल पुराण

Written By खांट्टी कुरा on Saturday, September 02, 2017 | September 02, 2017

-जनकमान डंगोल
न तर्कुल्ले न बर्धन्ने, न एक्लक्के न दुई लक्के, बाइमात्रा र दाहिनेको त झन के कुरा गराई भो नेपाली बर्णमालामा कति थान अक्षेर हुन्छ भनेर सोध्ने हो भन्ने हिजाज सयमा नब्बे स्वघोषित गजलेले प्रस्ट भन्न सक्दैनन
'तपाईंले लेख्नु भाको गजलमा गल्ती भाको र छ नि' भनेर जान्नेले भन्यो भने बुर्लुक्क बार्ह हात उफ्रिने देखि परि आको खण्डमा 'वीर भीमसेन' बन्न बेर नलाम्ने पनि उल्कै छन आफ्नो रचनाको कमि कमजोरी भएको छ देख्न र सुन्न नै चाहदैनन भने यस्ता गजलेहरु ठ्याक्कै नयाँ नेपालको गणतन्त्रे पार्टीका मन्दबुद्धि नेताहरू जस्तै हुन ।  
पियारा, पियारी, ओ जानेमान बाँच्न गारो भो, दिल घायल भो रे, मदिरा देखि मधुशाला हुँदै बिष पिउने अनि नयन वर्षा वर्षे झरी जस्तै भो आदि आदि इत्यादि यस्तैमा गजल लेखेर 'बाईरोडको बारीमा १४ टनको भारी बोकेर उकालो लाग्या हिन्दुस्थानी माल गाडीझैँ ठसठस कनेर' गजल पोस्टिन्च्च्न अनि आर्कोले छूस्स 'ओइ तेरो नोटको गजल त ढिस्कानाको वालमा देखियो' अथवा फलानाको अनलाईनमा पोस्टियोनी' भनेर त्यति भन्दिनु पर्छ अनि सुरु हुन्छ फेस्बुक देखि ट्वीटरमा गजल युद्ध नामबाट जात हुँदै सुरु भाको त्यो गजल युद्धले भूगोलसम्म छुन्छ
खाडीमा लाउरे बनेका एक जना ठुला गजलकारलाई एकपल्ट यो डाम्नाकारले हाव गजलकारज्यू तपाईं कि खाँट्टी नेपाली, कि उर्दु, वा सुद्ध हिन्दीमा लेख्नुस तपाईंको लेखन सैली राम्रो छ भनेर भने आफूलाई आफ्नो नेपाली राष्ट्र भाषामा हिन्दी देखि उर्दु घोलेर लेखेको मन नपर्ने त्यसैले उल्कासँग भाषा बिगारेको देखेर के भनि दिएको थिए  बस जनयुद्दमा माउवादीले जनतालाई तर्साउन पड्काउने सुतली बम झैँ पड्केर उल्का भो गाँठे
आफ्नो गाम्घरा भाको साउबालाई गैरी खेत बन्दकी राखेर हुन्छ कि सयकडा पाँच लेर हुन्छ त्यसरी दाम लेर खाडी मलेस्या छिरे तर्तरी कमाको पैसाले सकिन्छ भने पुर्खाभन्दा के कम भन्दै माटो जोड्नु त कता हो कता ल्यापे देखि ट्याबे किनेर गजल पोस्टिन सुरु अर्च्च्चन २ वर्ष पछी छुट्टी गो अनि घरमा भएको जोई देखि भुराभुरी भेटन छाडेर किताप निकाल्न हतार गर्छन । तिनले गजलको किताप ननिकाल्ने हो भने हाम्रा रोटि देखि बेटी साइनो पर्ने बिहारी भैयालाई चटपटे बेच्न धरी हम्मेहम्मे हुन्छ
धेरै महिना पैला सामाजिक संजालको भितोमा १ जना गीत/गजल लेख्ने चेलीले एल्बम निकाल्न लाको रैछिन फेसबुकमा फुटो हेर्दा सोझी र सिधा देखेर 'हाउ चेली बिदेशा पसिना चुहार कमाको धन यस्तरी भब्यसँग खर्च गर्दा लगानी उठ्ला र ? यति के भंदेको थिए सरापेर जात्रा गरिन कलाको दाम हुन्च्च ? कलालाई पैसासँग दाज्ने त को होस ? मेरो धन जे सुकै गरु पराईलाई के को खसखस ? भनेर उल्कासँग थर्काइन गाँठे चेली त दुब्ली पातली सोझी भनेकी त हिन्दी सिनेमा कि झगडालु चरित्र अभिनेत्रीको रोल गर्ने 'मुखाले बिन्दु' पो निस्किन हौ  
गजल भनेसी चिल्लो कागज अनि मोटो सिर्लिक्क परेको गाता अनि त्यस्तै चिटिक्क पर्या डिजाइन गर्नु पर्च्च नत्र पाठकले मन पराम्दैन भनेर हाइड्रोलिक जग लाम्ने डिजाइनरहरुको कुनै कमि छैन । सप्पैलाई चाहिएको दाम नै हो न भोक न प्यास भनी भनी बिदेसी पराई भूमिमा बर्षौ वर्ष खटेर कमाको धनको आधा आधा पुजिचैँ चैँ गजल निकालेको पनि देखिएकै हो ।
त्यसरी गजल निकाल्नेहरुलाई हजुरको लेखाइ त आहा आहा क्या राम्रो भाव, वाह वाह क्या दाम्मी शेर, मतला हो कि उलामा सुलामा त झन क्या बेजोडको गाँठे भनेर भन्दिनु पर्छ नाक घिरम्लो जत्रो बनार गजल गाइने देखि झिटी झ्याम्टा बजामने खोज्न थाली हाल्छन चक्का देखि सी.डीसम्म निकाल्नलाई हतार जोस क्या जोस
पैसो मात्र हुनु पर्च्च गोजीमा त्यस्ता नाथेले लेख्या पांग्दुरे गजललाई तुका तु बजाम्ने देखि भर्ने सम्मकाहरु  मिनेटमै निस्किन्छ सुर होस कि बेसुरले होस झ्याम कि झ्याम मिनेटमै गाएर बजाएर देखाई दिन्छन कुनै कुनै जान्ने बुझ्ने गायक संगीतकारले विदेशको दुख र खटाइ देखेर सम्झउलान बुझाउलान तर तिनका मगजा घुसे पो जसरी हुन्छ पुस्तक निकालेर अनि अडियो मात्रै हैन यु टुबनै सुनाएर शान देखाउनुको त मज्जै नै बेग्लै भन्ठान्छन कमाको धन जाए भाड्मे । बिदेसमा गधा जस्तरी जोतेर निकालेको त्यस्ता नैसिखिया गजलेको को एल्बम देखि पुस्तक बजारमा कसैले पढ़ेछछन अथवा सुनेछन भने त्यतिखेर यो पंक्तिकारलाई थुक्क भनिदिनु होला
लेखाइ 'कल्बिर' छ हजुर मेरो कल्वीर भनेको बुझ्नुहुन्छ ? तितो क्या निमको हजुरबालाई कल्वीर भन्छ जस्तो देखाई त्यस्तै लेखाई लेख्दा कसैलाई चित्त दुखेछ भने क्यार्नु नभाको कुरा अर्यात हैन क्यार त्यसैले तपाईं राम्रो लेखक देखि गजलकार हुँदै कलाकारसम्म बन्न चाहनुहुन्छ भने पहिला बेजोडको साधना गर्न सिक्नुस जान्नेकारहरु  सँग पैला राय परामर्स लिनुस धुन भर्ने संगीतकारलाई पनि तपाईंको रचना देख्ना साथ भित्रै हृदय देखिनै संगीत भरम भरम होस अनि तपाईंको पुस्तकको गाता हेरेर हैन तपाईले लेखेको सब्द देख्ना साथ पढने पाठकले वाह क्या गज्जब भन्न पाइयोस तब न तपाईंको लेखाइले सार्थकता पाउछ तपाईंको तपस्या सफल हुन्छ,
तर,
फेस्बुकमा पोस्टेको गजलले डेढ दुई से लाइक पाम्दैमा तपाईंको कृतिलाई 'कपुरी क' देखि राम्रो ‘म’ भनेर भन्न मिल्दैन जान्ने गम्किन्छ नजान्ने चम्किन्छ गर्नु भो भने भिरबाट लडन लागेको गोरुलाई जस्तै गरि रामराम भनेर भन्नु भन्दा अरु के नै गर्न सकिन्छ त्यसैले यो गजल महात्म्य पढेर केही सिक्नु भो भने तपाईंको पनि जय र मेरो पनि जय हुन्छ मेरो जय चैँ यो मानेमाकी मैले पनि घुमाएर भए पनि   धन भा बुद्धि नभा बेकुपलाई नेत्रदान गर्न सफल भएछु आग्ये तपाईंको जो मर्जी


 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger