Latest Post

Showing posts with label च्वास्सचुस्स. Show all posts
Showing posts with label च्वास्सचुस्स. Show all posts

मुकुन्दे पुराण ।

Written By खांट्टी कुरा on Wednesday, December 10, 2014 | December 10, 2014

मुकुन्दल्याण्ड कता पर्छ त्यो त थाहा भएन तर मुकुन्देल्याण्डको मनचिन्ते रास्ट्रपति ईन्जिनियर श्री मुकुन्द घिमिरेज्यु मेरो फेसबुकको च्याट बक्सा पाउ कस्ट गर्न आउनु भाको रैछ । नेपालको मदेसको चारकोसे झाडीको के महत्व छ भन्ने कुरा उहाँले मज्जाले बुझ्नु भएर कार्य पत्र बनाउनु भएर मेरो च्याट बक्समा समेत डाम्नु भको रैछ ।
मुकुन्दल्यान्डको रास्ट्रपति मुकुन्द घिमिरे 

हेर्नुहोस उहाँको कार्यपत्र:
करोडौं जनता पाल्नुपर्ने उर्वर अन्नभण्डार तराइको ठुलो भाग ओगटेर बसेको अनुत्पादक ४ कोशे झाडी हाम्रो निर्धन राष्ट्रमा चाहिदैन, रुखपातले Oxygen दिन्छ भन्ने महेन्द्रमालाको बयान शतप्रतिशत झुठो हो, Hydrogen लाइ Oxygen बनाउने मेशिन, फोक्शो, नै नहुने रुखपातले कसरी Oxygen दिन्छ ? Diploma Engineer मुकुन्द घिमिरे "प्रजा मोटा भया भने दरबार भत्काउन्या छन्" भन्ने कपटी सिध्दान्तमा आधारित अन्धविश्वाश तोड्दछ ! बंगालको खाडी बाट चर्को घामले समुन्द्र सुकेर आएको बादलले अग्लो हिमालय पर्वत नाघ्न नसकेर यो MukundaLand क्षेत्रमा पानीझरी पर्ने हो, यो जंगलामुलुकका मान्छेहरु शीतल सास फेर्न अनि २ गाँस खान मरुभूमिको अरब र समुद्रको युरोप पुग्नु परेको छ, प्राणवायु अक्सिजन चाहिँ प्रकृतिले सर्वसुलव मात्रामा सर्वत्र रचेकी हुन्छिन् . जहाँसम्म तन्नेरी छोरा अनि तरुणी छोरीहरु रोजगारीको नाउमा विदेश लखेट्ने चलन छ, हिजो देखि नै हिन्दु राज्यमा हानीकारक हुनसक्ने Mongolian जनसंख्यालाई घटाएर Balance गर्न आदिबासी मंगलेहरुलाई फ़काइफ़ुल्याइ / जोरजबर्जस्ती मलायाको लाहुरे पठाइएको हो भने अहिले त झन् प्रचण्ड र ज्ञानेन्द्रको अधिराज्य (Kingdom ) विरोधी रास्ट्रपति हुनसक्ने बाठा बाहुनहरु समेतलाई रोजगारीको नाउमा देश निकाला गराउन अरब, कोरिया, युरोप, अमेरिका सम्मका DV चिट्ठा आदिको सहारा लिइएको बुझ्ने बुद्दि खोइ ?
म नाथे प्रजाको फेसबुकको दैला आएर नेपालको राजनीतिको बारेमा महान प्रबचन दिनु भयो । महेन्द्रमाला संस्कृति र एनेकपा माओबादीको महान नेता श्रद्धेय अध्यक्ष कामरेड प्रचण्ड देखि निलम्बित माहाराज समेत लाई निचोरिएको कागती जस्तरी अन्वार बनाम्दै तथानाम गालि सम्म गर्न भ्याउनु भो । म परे अबला प्रजा महान रास्ट्रपति संग मुख लाग्ने हिम्मत कसरि गर्नु ।
पक्कै पनि केहि त होलानी भनेर मुकुन्दल्याण्डको सम्माननीय रास्ट्रपति संग भएको भलाकुसारी तल जस्ताको तस्तै प्रस्तुत गरेको छु !
तपाई ईन्जिनियर पढेको मान्छेले विज्ञानलाई के कुन हिसाबले चुनौती दिदै हुनुहुन्छ ? तपाईले भनेको कुराको पत्याउने आधार के छ ? तपाईको जात के हो ? तपाईको जातले नेपालमा सासन गरेको अहिले कति बर्ष भयो ? जंगली जीव जन्तुलाई किन संरक्ष्ण गरिन्छ ?
taapiko taauko khaayo kyare
चारकोसे झाडी मास्यो भने पर्याबरनमा के कस्तो असर पर्छ ?
arabma pani jangal6 ra ?
बिज्ञानलाई चुनौती दिने के आधार छ तपाई सित ?
mahendramaala po ho tyo universal science ta maile vandiya ni hajur
नेपालमा पनि उँट छ र ?
तपाई केटाकेटी जस्तो कुरा गर्नु हुँदो रैछ मुकुन्द जी त्यत्रो पढेलेखेको बिद्द्वन भएर बडो अचम्मको कुरा गर्नु हुँदो रैछ तपाई !
kataksha nagaru haami
एमजोन को जंगल सित भारतको चेरापुँजीको के सम्बन्ध छ ?
ho satya arko 6 ainale anuhar ulto dekhayo mero camera view ho hajur
तपाईले प्राबिधिक बिषय पढ्नु भयो तर भूगोल पढ्नु भएन प्रकृतिको बिषयमा तपाई जिरो हुनुहुँदो रहेछ !
90 anka aayo geography ma mero
गोमन सर्पले मान्छे डस्छ त्यो बिखालु प्राणि हो तर त्यसलाई किन संरक्षण गरिन्छ ?
बाघ भालु किन पालिन्छ ?
tesko taauko yo gaaile tek6
ति त मानव को दुस्मन हो कि हैन ?
ph d nai garnu hola kyare mero baarema hajurle
महेन्द्र माला भनेको चै के हो नि ?
तपाईको बाहुन जातले नेपाल हाँकेको आज २५ बर्ष भो नि
के गर्यो ?
panchayati siksha tapailai ulto padhaeka
प्रचाण्ड बाबुराम कोईराला पौडेल सबै पार्टीमा तपाईको बाहुन जति को हालीमुहाली छ नि
तपाई पनि बाहुन हैन ?
ti kaatte bahun hun
ma political jaisi hu
देख्नु भयो त सवाल जवाफ ?
बाँदरको काम भनेको रुख चढ्ने हो त्यो बेला बेलामा उहाँले राजधानीको मुटु रत्नपार्कको रुखमा प्रदर्शन गरेर देखाउनु हुन्छ । बाँदरको आर्को काम भनेको नास गर्ने अर्थात बिगार्ने र भत्काउने ।
चारकोसे झाडी फाँडेर त्याहा हेलिकोप्टरबाट बिउ बिजन झारेर खेति गर्यो भने १० करोड जनतालाई न्न खान पुग्छ भन्ने महान 'मुकुन्द बाणी' उहाँ लाई भौवान मुकुन्देस्वरले सपनामा दिनु भएको रैछ क्यारे त्यहि भएर चारकोसे झाडी फाँडेर खेति गर्नु पर्छ भन्दै बाँदरले रुखा जम्प हाने जस्तरी फेसबुकको भित्ता भित्ता जम्प हान्दै हिड्नु भाको रैछ ।
मुकुन्द पुराण प्रस्तुत गरे अब भन्नुस यस्ता पुराण बाचन गर्ने मुकुन्द घिमिरेको कुरामा तालि पिट्ने तिनका समर्थक अनि कांग्रेस कम्युनिस्ट देखि पुर्ब माहा पन्च सम्मका नेताहरु र तिनका समर्थकहरुमा केहि फरक छ ?
त्यसैले म जस्तो सामान्य जनताको नजरमा मुकुन्द घिमिरे र अहिलेका सबै नेताहरु एकै हुन किनभने न ति अर्ध पागल मुकुन्दलाइ जिबन र जगतको बारेमा ज्ञान छ न नेपालको नेताहरुलाई देस र जनताको बारेमा चिन्ता छ भने यी दुवैको भनाईमा तालि पिटने नेपालीहरु र यिनीहरुको भनाई छाप्ने पत्रकारहरु देसको सबै भन्दा ठुला मुर्ख र बेवकुफ अरु हुने सक्दैन
..
जनकमान डंगोलjanakdangol@gmail.com

थ्यांक्स गिभिंग (व्यङ्ग्य)

Written By खांट्टी कुरा on Thursday, December 04, 2014 | December 04, 2014

तस्विरसाभार: गुगल सर्च
-जनक मान डंगोल
हाम्रो गोर्खालीको भाकामा कुनै काम गरेसी काम गराउने व्यक्तिले काम गरिदिने ब्यक्ति माथी कृतज्ञताको साथ आभार प्रकट गर्दै 'धन्यवाद' दिने चलन छ र त्यस्तो चलनलाई पश्चिमा गोरा तथा कुईरेहरले 'थ्यांक्स' र दिने कामलाई 'गिभिंग' भन्ने गरिएता पनि गिभिंगचैँ नभनेर छोटकरीयां 'थ्यांक्स' मात्र भन्ने गर्दा रैछन ।
 
अस्ति नोभेम्बर २७ तारिखको दिन अम्रिका देखि युरोप मात्र नभएर संसारभरका जय मसि भन्ने ईसाई धर्म मान्ने 'ईसाई' हरुले 'थ्यांक्स गिभिंग' भन्ने पर्व मनाए । पर्व भनेको नेपालीहरुले मनाउने चाडबाड जस्तै भाका अनि चाडबाड भनेकै मिठो मसिनो खाने हो र त्यसैको लागी विभिन्न पर्व उत्सव जस्तरी ईसाईहरुले पनि 'थ्यांक्स गिभिंग' चाड मनाउछ्न । 

जय मसिहरुका सन्तानहरुले थ्यांक्स भन्दै परम प्रभुलाई थ्यांक्स गिभिंगत गरे तर त्यो थ्यांक्स गिभिंगमा करोडौ टर्की भन्ने चरोहरु सहिद नभएको काहाँ हो र । परम प्रभुका नाममा सहिद बनाईएका बरा टर्की चरी देखि चरोहरुलाई कोहिले रोस्ट भन्दै बिजुली चुल्हा रातो पारेर डामे, कोहिले कराहियाँ भुटुन हालेर तारे, चपाउन नसक्ने बुढा बुढीहरुको लागी पानीमा उमालेर झोल बनाम्दै अंगुरको रातो देखि सेतो रंगको गुल्यो अमिलो जांड संग स्वाद मानि मानि परम प्रभुलाई धन्यवाद चढाउदै हसुरेकै हुन । 

अस्ति २ महिना अगाडी संसारभरिकै ईस्लाम धर्मालम्बीहरुको ठुलो चाड बकरईदमा 'अल्लाह' लाई खुसि पार्ने भन्दै लाखौ हैन करोडौ उँट, गोरु, भेडा, खसीलाई सहिद बनाईयो र त्यसरी सहिद बनेका जिनिस बाट थरि थरिका पकवान बनार 'अल्लाह' लाई सुक्रिया भन्दै ईस्लाम धर्मावलम्बीहरुले पनि ग्रहण गरेकै हुन ।

ईसाई हरुकै निस्तार भन्ने आर्को ठुलो प्रमुख चाड पनि छ । त्यो चाडमा पनि परम प्रभु ईसु मसिहको आदेस भन्दै गच्छे अनुसारको गोरु, भेडा, खसी जस्ता करोडौ करोड जनावरहरुको रगति बगाईन्छ र तिनै जनावरको सरिरलाई भोज बनाएर जिब्रो फट्कारी फट्कारी खाईन्छ ।

ईसाई हुन या ईस्लामहरुले गरिने पशु पंक्षी बलि भनेको संसारभर मान्य छ किनभने परम प्रभु देखि अल्लाहको आदेस तथा हुकुमलाई ईसाईका गुरु पास्टरले हुन या ईस्लामको गुरु मौलबीले ईन्कार गर्न सक्छन किनभने त्याहा ईस्वरको डर देखि थ्यांक्स गिभिंगको कुरा जो छ ।

बलि त हिन्दुहरुले पनि दिन्छन । जसरि ईसाई तथा ईस्लामहरुले पशु तथा पंक्षीहरुको रगत बगाएर बलि दिन्छन त्यस्तै गरि हिन्दुहरुले पनि बलि दिंदा त बगाउने रगतिनै हो भने हिन्दुहरुले बलि दिंदा जय मसिका सन्तानहरुले पृथ्बीनै किन बुरुक बुरुक उचाल्छन त्यो चैँ बुझी नसक्नुको कुरा छ ।
उनीहरुले अल्लाहलाई सुक्रिया भनुन या परम प्रभुलाई थ्यांक्स गिभिंग त्यस्तै गरि हिन्दुहरुले पनि आफ्नो मनोकामना पूर्ण भए पछी देबी देउताहरुलाई धन्यवाद दिने हो भने कतै उनीहरुको भाकामा जस्तै गरि नदेको भनेर आरिस गरेका त हैनन ?

उहिले हिन्दुस्थान सिंगो थियो । अल्लाहू अकबर भन्दै बिभिन्न बिदेसी बादसाहहरुले तरबारको बलमा हिन्दुस्थान भन्ने देस लुटेर राज गरे । पछी तिनै बादसाहहरुको पालामा ब्यापार गर्ने भन्दै अंग्रेजहरु सियो बनेर पसे र तरवारलाई परास्त गर्दै गोला बारुद देखि बन्दुकको भरमा अब कम्पनि सर्खारले हिन्दुस्थान हाक्छ भन्दै फाली बनेर निस्किए तर हिन्दुस्थाना बस्ने हिन्दुहरुले न ईस्लामलाई घृणा गरे न ईसाईहरुलाई । हिन्दुहरुको धर्म सास्त्रमा जे भनेर सिकाको थियो त्यहि त्यहि गरे र अझै पनि गर्दैछन त्यो भनेको "सबैलाई माया गर" तर माया कत्तिको महँगो रैछ त्यो त भोगेका र भोगिनेहरुलाई नै थाहा होला ।

हिजो अंग्रेजले जे जे सिकाए अंग्रेज गए पछी त्यसको सक्कल बमोजिम नक्कल हिन्दुस्थानीहरुले सिकेका छन । सिनेमा बनायो भने त्यो सिनेमाको कथामा चार भागमा दूइ भाग गोराको भाका एक भाग रास्ट्रिय भाका अनि एक भाग देसी भाका मिसार बनाम्च्च्न र त्यहि स्थिति साहित्यको पुस्तक देखि सरकारी काम काजको भाका समेत छ भने गोराको संगतले बिग्रेका हिन्दुस्थानीहरुले हिजो आज 'धन्यवाद देखि सुक्रिया' भन्न छोडेर अधिकांसले 'थ्यांक्स' भन्न थालेका छन ।

अंग्रेजको संगतले बिग्रेका हिन्दुस्थानीहरु आफुलाई मन परेको समय पारेर छिमेका जान्छन, आफुलाई मन परेको जिनिस छानेर लिन्छन र बदलामा उही 'थ्यांक्स गिभिंग' दिंदै सिना तानेर भन्छन हामि त बडे भाई हो हक लाग्छ भन्छन । हक जताउदा जताउदै गोर्खालीको मुटुको टुक्रो कोशी बाट गण्डकी हुँदै महाकाली बाट अहिले कर्णालीमा फनक्क घुम्दै पूर्वको अरुणमा पुगेका छन र कर्णाली र अरुण तयार भएसी बढे भाईको हक जताउदै कोशी, गण्डकी र महाकालीकै हिसाबले बिजुली, पानि लान्छन र बदलामा छोटे भाईले पाउने भनेको उही 'थ्यांक्स गिभिंग' मात्र हो । 

बढे भाईको थ्यांक्स गिभिंगको लोभले रोटि देखि बेटी सम्मको साईनो जोडेका दक्खिने नेपाली जो आफुलाई 'मदेसी' भन्न रुचाउछन हरु अहिले 'एक मदेस एक प्रदेस' भन्दै कुर्लेका छन । नेपालले सुदुर पूर्वको चार जिल्ला देखि सुदुर पश्चिमकै चार जिल्ला र अन्य बाकि रहेको सबै दक्खिनका जिल्लाहरुले मनकारी बडे भाईको देशलाई छुने गरेको छ । छोएर मात्र चित्त नबुझेर होला जिम्मा जमानी लिन तम्सेको आभास दिन प्रतिदिन हुँदैछ तर पनि हाम्रा मदेसीहरु 'थ्यांक गिभिंग' को लोभमा आँखा चिम्लेर 'जय नेपाल' को सट्टा 'जय हिन्द' भन्न रुचाको देख्दा मनै अमिलो भएर आउछ तर के गर्ने घरको मुलीहरु मर्द नभयेसी हुने नै यस्तै हो, यो पढ्ने पाठकहरुको लागी कस्तो लाग्यो तर च्वास्सचुस्स लेख्ने यो पंक्तिकारको लागी अहिले डामेको लेखा 'थ्यांक्स गिभिंग' जस्तो अत्यन्त महँगो सब्द अरु कुनै देखिएन ।

'नेपाले हुदहुदहरु' (व्यङ्ग्य) (

Written By खांट्टी कुरा on Tuesday, October 14, 2014 | October 14, 2014

२ दिन अगाडी मात्रै छिमेकी भारतमा भयंकर आंधी तुफान आयो ! उक्त आंधी तुफानको न्वारान आज भन्दा पहिलानै खाडी देस ओमानमा 'हुदहुद' भनेर गरिएको थियो ! अरबी भाषामा हुदहुदको अर्थ हुन्छ 'चरा' ! 

यो आंधी तुफान भन्ने पनि उल्का खतरा हुन्छ ! गर्जेर बर्सेर आउने यो जिनिसले कतिखेर कस्लाई सिनित्त पार्ने हो थाहा नाइँ ! यी 'हुदहुद' ले भेटेसी मै हुँ भन्ने धनपतिलाई पनि कङ्गालपति बनाम्न बेर लाम्दैन !

दक्खिनी मितेरी देसा 'हुदहुद' आम्च्च ! त्यो 'हुदहुद' भन्ने जिनिसलाइ कहिले प्रकृतिले पठाम्च्च कहिले उसको छिमेकीले ! प्रकृतिले पठाको 'हुदहुद' ले पनि जन देखि धन सम्मलाई चिरिप्प पार्न बेर नलाम्ने अनि छिमेकीले पठाको 'हुदहुद' ले पनि ज्यान देखि भौतिक सम्पतिलाई चिरिप्प पार्न बेरै नलाम्ने ! 

प्रकृतिले पठाको 'हुदहुद' कहिले आंधीको नाउँमा, कहिले तुफानको नाउँमा अनि आंधी र तुफानको सम्मिश्रणले मेघ गर्जनको साथ बाढी र त्यो बाढीको कृपाले पहिरो ! बाढी र पहिरोले दिने उपहार के बर्णन गर्नु पर्ला र ?

त्यस्तै उसको एकै भुडी एकै ज्यानको छिमेक पनि प्रकृति जस्तै गरि रिसार दुईखुट्टे मनुष्यलाई 'हुदहुद' बनाएर पठाई दिन्छ ! दुई खुट्टे 'हुदहुद'ले पनि प्रकृतिले जस्तै गरि तिब्र गर्जनको साथ बिस्फोट गराई दिन्छ ! नतिजा उही ज्यान देखि सम्पति सम्म च्यान ! 

आफ्नो छिमेकको रिस उसले पनि फेर्छ र घाटामा भाको आफ्नो सम्पति असुल कम्जोर छिमेकांट असुल गर्छ ! सोजो अम्लोले घ्यु आम्दैन क्यार घ्यु निकाल्न अम्लो बंग्याउनेनै हो र त्यो अम्लो बंग्याउने सबै भन्दा सोझो तरिका भनेको भरमार सित 'हुदहुद' जन्मार छिमेका पठाई दिने !

धेरै 'हुदहुद' जन्माएर छिमेक तिर अन्माई दिन्छ ! बडो सान देर अरिमुठे जुंगामा ताउ लाम्दै भन्छ 'हम तुम लोगका बडे भाई हे, बडे होनेका हकतो बनता हेन भाई ! हक भन्दै पूर्वको कोशी देखि पश्चिमको माहाकाली सम्म चिरिप्प बनाई सक्यो ! अझै कर्णाली देखि सेती ताक्दै बसेको छ !

सहनुको पनि सिमा हुन्छ भनेर एकताका छोटे भाईले आफै देस चलाउन के खोजेका थिए 'हुदहुद' जन्माउदै अन्माउना सुरु गरि हाले ! राणा फाल्न कांग्रेस नामको, पन्चेत हल्लाम्म्न कम्निस्ट राजातन्त्र फाल्न माउबादी यी सबै 'हुदहुद' हरु छिमेकी बडेभाई भन्नेको कृपाले पाएका हौ !

अहिले सम्म नेपाला जति पनि 'हुदहुद' हरु जन्माएर अन्माएर पठाए ति कुनैले पनि देस र जनताको भलो गरेको छैन ! जाजमा भाको देखि लिएर बैंकमा भाको सम्म नगद नारान बाकि राखेनन भने अरु साधारणलाई पशु रेट्या जस्तरी रेटने, चुट्ने, कुट्ने, पिट्ने, लुट्ने खेद्ने देखि भत्काउने र मास्ने सम्मको काम गर्न बाकि राखेनन र अझै जारि नै छ !

चारतारे कांग्रेस हुन या एक तारे कम्निस्ट यी सबैको रंग देखि मार्का सम्म एकै हो ! तारा एकै अनि रंग एकै देखि काम सम्म एकै तर नाम मात्र फरक भाको यी चार साले र छ साले 'हुदहुद' हरुले देस र जनताहरुलाई सुख र शान्ति देको आज सम्म देख्नु भाको छ र ?

मासु पुरान !

Written By खांट्टी कुरा on Wednesday, September 24, 2014 | September 24, 2014


जनक मान डंगोल
खसी मार हान्दै ! तस्बिर साभार गुगल सर्च
खसी, बोका, बाख्री राँगा भैसी, हुर्रा, विकासे सुँगुर, बुंगुर देखि पुर्पुरो बल्या बेला तराई देखि भित्रि मदेसा पासो थापेर पारिने बँदेल, चित्तल, घोरल, मृग आदि जीवजन्तुलाई माथि जेम्राजका हाजिर लाम्न पठायेसी प्राप्त हुने त्यस्ता जीवजन्तुको सरिरलाई ठेट गोर्खाली देखि कोर्काली, काँठे देखि देहाती सम्मले सबै प्रकारको जीव जन्तुको मासुलाई सिकार भन्ने चलन छ तर सहर बजारा चैँ हिजाज गोरा र कुईरेको भाका मिट भनेर भन्दा रैच्चन !
नेपाला काटमार निषेध भाको माता लक्ष्मीको सन्तान गाई गोरुलाई बिफ, जेम्राज्को सवारीलाई बफ, बाख्रा बाख्रीको सन्तानलाइ मटन, हुर्रा देखि विकासे सुँगुर बुंगुरको सन्तानलाई पोर्क हुँदै घडी चरोको सन्तानलाई चिकेन भनेर भन्दा रैछन ! खसीको मासु भनेर लामो लेघ्रो तान्नु भन्दा ‘मटन’ सुँगुर बुंगुरको मासु भन्नु भन्दा ‘पोर्क’ राँगा भैसीको मासु भन्नु भन्दा ‘बफ’ अनि कुखुराको मासु भन्नु भन्दा ‘चिकेन’ भन्ने सजिलो भाका रे !
तस्बिर साभार गुगल सर्च !
पोलेर बनाको जिनिसलाइ छोईला, काँचै नुन खुर्सानी मर मसला मोलेकोलाई कचिला, परपर तेला भुट्या भुटुवा, झोल्वाला, मिसमास, नेवारी भोजा जमाएर बनाईने तख्ला, ह्याकुला फ्राई, भेजा भन्ने गिदी फ्राई, अहिलेका भुरा भुरीको प्रिय जिनिस मम्चा, देखि बरिस्ट नागरिकले मन पराम्ने सुरुवा, ट्वाँकेहरुलाई मन पर्ने गोडी भन्ने खुट्टी फ्राई आदि आदि ईत्यादी बन्नलाई रेटेर, सेरेर, कुटेर, पिटेर, चुटेर, छ्प्क्यायेर, भालाले घोपेर, पासोमा पारेर तड्पाएर, ईस्लामिक धर्मालम्बी भाकाको हलाल गरेर वा काना हेडफुन ला जस्तरी इलेक्ट्रिक सट भन्ने करेंटो लार अथवा जे जस्तो गरेर भए पनि परान नलिए सम्म मासुको थरि थरिको जिनिस बन्ने हैन !
जन्मजात नेपाली तर बानि ब्योराचैँ अनेपाली भाको नेपाली भन्दा गोरा र कुईरेको भाका मन पराम्ने अल्छिका भकारीहरु जो आफुलाई ‘एनिमल ह्युमन राईट’ भन्न मन पराम्नेहरुले ब्यानको बिरेकफास्ट देखि मध्यान्हको लन्च, साँझको स्न्याक्स देखि रातिको डिनर सम्ममा बर्षौ बर्ष सम्म बरफा जमाएर राख्या बिफ, बफ, चिकेन, मटनको परिकार चट मगनी पट ब्याको स्टाईला पाट्टपुट्ट पारेर दिनहुँ हसुर्छ्न ! जब हिन्दुहरुको चाडपर्वको बेला आउछ अनि बिक्रम ट्याम्पुको भाका ‘पशु, पंक्षीको अधिकार बहाली गर, पशु पन्छी मार्न पाईदैन, भनेर घाटीमा अनेक थरिको गोरा र कुईरे भाका लेखेको जिनिस झुन्ड्याउदै पशु पंक्षीको जीवन रक्षाको ग्यारेण्टी गर’ भनेर स्वयम्भु देखि पस्पति हुँदै बनकालीको बाँदर जस्तरी बुर्लुक्क बुर्लुक्क कुर्लिन्छन,
ईस्लाम धर्मालम्बीहरुको कुर्बानी ! तस्बिर साभार गुगल सर्च !
तर,
ईसाई देखी ईस्लामहरुको चाडमा पनि पशु बलि दिने चलन छ भन्ने व्यहोरा थाहा हुँदाहुँदै पनि हिन्दुहरुको चाडबाडमा मात्र त्यसरी कुर्लिने एनिमले ह्युमनेहरु भनेका समाजबादी देखि बामपन्थी सम्मको बिल्ला भिर्ने तर हाम्पन्थी चरित्रका तुलाधर देखि संग्रौला, भट्टचन देखि राई,शेर्पा हुँदै लेखि महतो, राउत, ठाकुरे चरित्रका पिपलपातेहरु हुन ! डलर देखि युरो पाउण्ड हुँदै घटीमा कम्पनि पैसा सम्ममा आफुले आफैलाई निलाम गरि सकेकाहरुलाइ धर्म, संस्कृति, चाडपर्व भनेको के थाहा नभएको हो र ? यदि थाहा छ र थियो भने ईसाई देखि ईस्लामको चाडपर्वमा दीईने पशुबलिको बिरोध यी कथित जनावरे ह्युमनेहरुले किन गर्दैनन र लाज सरम नमानिकन भन्न सक्छन यिनीहरुले गोरा र कुईरेको भाका ‘ऊई आर भेजीटेरिन’ ?

भदौरे बुढाले २ जिल्ला क्याप्चर गरेरे !

Written By खांट्टी कुरा on Wednesday, September 17, 2014 | September 17, 2014

पदम सुन्दर लावती
रा.प्र.पा बरिस्ट नेता पदम सुन्दर लावती
माथि थाप्ला लेख्या शिर्षक बुझ्नु भएन ? 
हाम्रो गाम्घर तिर ऋतु, ठाम, जिनिस, आदि बाट बोलाईने नाम अनुसार 'भदौरे बुढा' भनेको पुर्ब मन्त्रि श्री पदम सुन्दर लावती ज्यु को गाम्घर तिरको बोलाम्ने नाम रैच्च ! संबिधान सभाको भाग २ को चुनौको बेला एकताका उतैको मुन्च्चिले यो नाम एकपल्ट फेसबुकको भित्ता डामेका थिए त्यै भर मैलेनि भदौरे बुढा भनेर आफ्नो 'चुस्स' मा डामे ! असुविधा पर्न गएछ भने अग्रिम माफी चहान्छु !
संगति भनेको उमेर अनुसारको सित गर्नु पर्च्च भन्थे बुढापाकाले ! गोरु बुढो भसी भिर खोज्च्च मुन्च्ची बुढो भसी निम खोच्च पनि भन्थे हो कि जस्तो लाग्दैच्च हैन हो रैच्चके !
गाई पार्टी भन्ने पूव पंच्याहरको बाहुल्यभा पार्टी हो ! आच्कलको ठुला पार्टीहम भन्ने कौरेस देखि एमाले, माउबादीहरले गाई पार्टीलाई उहिलेको ठुला जातिले साना जातिलाई गर्ने अछुत झैँ को बेबार गर्च्चन ! ३० बर्षेको पालाको पैँचो लेकाहम भनेर कौरेस देखि कम्निस्टहर्ले हाक्काहाकी भंच्चन ! नभनुन पनि कसरि उ बेला कौरेस देखि कम्निस्टहरलाई 'अ.त' भन्ने अरास्ट्रेतत्वको तक्मा भिराकै हुन ! बोलि देखि लिएर गोलि सम्मले मकै जसरि भुटेकै हुन ! भुट्ने बहादुरहरु माहापन्च बाट खाँटी गणतन्त्रबादी बने तर धान खाने मुसो चोट पाउने भ्यागुता चैँ गाई पार्टी भाको छ ! देख्या कुरा भन्देको हुम क्यार ! कोहि रिसाम्च्च्न भनेनी के को ट्यास ट्यास !
गाई पार्टीको अध्यक्ष कमल थापा हुन ! अस्ति संबिधान सभा भाग २ को मान्नेको चुनौमा बाठा मकानपुरे थापा काजीले चुनौ लडेनन ! पार्टी अध्यक्षको पोज देखार जोईलाई उठाए ! मान्ने कमल थापा भनेसी हुरुक्क हुने तिनका क्षेत्रका मुन्च्चिहरु रिसार गाईको भोट जति स्वात्तै रुखा डामे ठेक्दार बानियालाई चिट्ठा पर्यो ! उता भदौरे जेठाले पनि चुनाउ त लडे तर जनताले भदौरे जेठालाई लडेको ठामबाट ठामको ठाममै लडाई दिए ! समय अन्सारको खेल हो यो !
रा.प्र.पा अध्यक्ष मा.कमल थापा !


हिजाज पार्टी अध्यक्ष भन्ने त्यो पद भनेको दुवै हातको लड्डु जस्तै हो ! 'जसको हाता हत्यार उही सुब्दार' भन्ने बराज्युको पालाको दमदार उखान छ ! समानुपातिक भन्ने लाई आधार मानेर पार्टीको अध्यक्ष आफै मान्ने देखि ताल परेको खण्डमा प्रधानमन्त्री समेत बन्ने फेसन कुनै नयाँ र नौलो भन ! मकान्पुरे थापा काजिनि के को कम, चुनौमा जोईलाई उठाए जोई हारिनता के भो तर समानुपातिक बाट चैँ आफु मान्ने बने ! उता भदौरे बुढानि के को कम चुनौमा आफुले हारे ता पनि आफुले मान्ने हुन नमिल्ने भर ब्वारीलाई मान्ने बनाए !
कुरो यतिकैमा किन सकिन्थ्यो र ! पार्टीको अध्यक्ष को बन्ने भनेर चुनाउ भो त्यो चुनौमा पनि मकान्पुरे थापा काजीले बाजी मारे बरा भदौरे बुढा पार्टीको अध्यक्ष मानि सेंटीफ्ल्याट ! भौवान दाहिने नभसी कसको के लाउच्च र !
गोरा र कुईरेको भाका हिजाज सप्पैले आफ्नो देसको भाका मिसार बोल्च्चन ! आफुले भनेको नभसी के जाति त्यो 'ईगो' पलाम्च्चरे ! हाम्रो गोर्खालीमा ईगो भन्ने भाकालाई 'अहं' भंच्च ! उमेरले लावती बुढा जेठा हुन भने थापा कान्छा ! बरिस्टको अगाडी कनिस्ट मान्ने देखि अध्यक्ष सम्म हुँदा मुटुमा भक्कानो त छुट्ने नै भो क्यार ! अहँ क्या अहं भन्ने जिनिसले गर्दा महाभारतको १८ दिने लडाई भा भनेर मिथक कथा उल्लेख छ ! यस्तै अहं भन्ने ईगोले गर्दा 'रामायण' पनि जन्मेको हो क्यार !
'के निम पाम कनिका बुकाम' भन्ने उखान सम्झेच्चन क्यार ! भदौरे बुढाले सुपरहिट आरोप लाई दिदै भने "यो गाई पार्टी कमल थापाको निजि क्लब हैन" भन्दै खोप्लांगे काम्रेट डा.बाउराम भट्राईको सक्कल बमोजिम नक्कल गर्दै सम्पर्क अपिस खोल्दै हिनेच्चन र त्यसैको नतिजा हो आफ्नो गृह अंचल देखि जिल्ला ताप्लेजुंग र पांचथरा भाको गाई पार्टीको अपिस क्याप्चर गरेका तर बुढाले यो चैँ बिर्सेछन हिन्दीको सुपर हिट उखान "अपने गल्लिमे कुत्ता भी शेर होता हे" भन्ने !
स्पस्टिकरण:
लेख्दै जाँदा कहिलेकाही देसी बिदेसी उखान टुक्का निस्किन्छ भने जोडिएको उखान टुक्कालाई गलत अर्थ नलगाईयोस ! कुनै पनि राजनैतीक पार्टी भनेको कुनै ब्यक्ति विशेषको पेवा हुन्न त्यसैले 'भाई फुटे गवाँर लुटे' नहुन भन्ने मनसायले यो व्यंग्यात्मक भाका आलेख लेखिएको हो र यस्तो आलेखलाई यो पंक्तिकारले 'चुस्स' भनेर न्वारन गरेको छ !
मन पर्छ भने www.facebook.com/khattikuro लाई LIKE गर्नुहोस !
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger