Latest Post

Showing posts with label चर्चा / परिचर्चा. Show all posts
Showing posts with label चर्चा / परिचर्चा. Show all posts

हिन्दुस्थानी मित्रहरु हिंशा हैन एक आपसमा गला मिलाउ

Written By खांट्टी कुरा on Wednesday, September 21, 2016 | September 21, 2016

-जनकमान डंगोल 

छिमेकी भारतलाई पहिला हिन्दुस्थान भनिन्थ्यो हिन्दुस्थान भनेको भारत, पाकिस्तान समेतको सिंगो रास्ट्र हो

खुराफातिको देस भनेर पश्चिमा अझ खास गरि बिलायतिहरुलाई भनिन्छ । बाँदरे चरित्र भका यी पश्चिमाहरू सियो बनेर पस्दै फाली बनेर निस्किने चरित्रका हुन । अहिले यिनको सिको अमेरिकीहरुले सिकेका छन

सयौ बर्ष अगाडी हिन्दुस्थानमा ब्यापारी बनेर आएका बिलायतीहरुले सिंगो हिन्दुस्थानलाई सर्लक्कै निलिदियो । सयौ बर्ष पछाडी विद्रोहको आवाज उठ्यो । ढिलो चाँडो एकदिन हिन्दुस्थान छोड्नु पर्छ भन्ने चेत पनि नभएको हैन किनभने हिन्दुस्थान बिलायतीहरुको सक्कली देस थिएन ।

यसै जाने उसै जाने भनेर हिन्दुस्थानकै पढैयाहरुलाई उचालेर धर्मको आधारमा जातीय नारा घन्काउन लगाए । हामि मुसलमानको लागि छुटै राज्य चाहियो भनेर भन्न लगाएको बापतमा जन्मईएको नयन देसको नाम हो पाकिस्तान ।

पाकिस्तान पनि पुर्बी र पश्चिमी गरि दुईटा बनाएर कलहको बिउ रोपाउने पनि बिलायतीहरुनै हुन । पुर्बी पाकिस्तान अर्थात हालको बंगलादेसलाइ पाकिस्तानबाट स्वतन्त्रता गराउने भारत थियो ।

एकै आमाका तिन सन्तान जस्तै भएर सिंगो देस हिन्दुस्तान अहिले तिन टुक्रा भएर भारत, पाकिस्तान र बंगलादेसको नामले संसारमा चिनीन  थाल्यो ।

जसरि बिलायातिले भारत माथि शासन जमायो त्यसैको नक्कल गर्दै भारतले पहिला सिक्किममा आफ्नो आधिपत्य जमायो । भुटानलाई नाम मात्रको देस बनायो भने नेपाललाई कसरि खाने भन्ने दाउमा छ । नेपाल भन्ने देस बिस्वको मानचित्रमा देखाउने कि नदेखाउने भन्ने निर्णय अब नेपालको रास्ट्रबादी विचारधाराको नेता तथा जनताहरुको हातमा छ ।

बिलायति शासनको अधिनमा परेर कहिले नमेटिने गरि निधारमा गुलामीको दागलै छिट्टै बिर्सेर हिजोको आफ्ना एकै पेटका दुई दाज्युभाईहरु एक आपसको खुनको प्यासा भएका छन । यसरि एक आपसको खुनको प्यासा बनाउने बिदेसी साम्राज्यबादी शक्तिहरु हुन भन्ने कुरालाई बुझेर पनि बुझ पचाउदैछ भारत तथा पाकिस्तानका शासक देखि रास्ट्रसेवकहरु ।

पटक पटक लडाई भयो । मर्ने त आखिर आफ्नै गोतियारी हुन भन्ने भेउ पाउदा पाउदै पनि घटिया राजनीति गर्न पल्केका दुवै देसका नेता देखि रास्ट्र सेवकहरुको नियत नबुझेर एकले आर्कालाई सब्दले भ्याय सम्मको गालि गर्ने नागरिकहरु पनि उत्तिकै दोषी छन ।

यता हाम्रो देसको राजनेताहरु पनि लामो समय सम्म भारतमा बसेर तालिम प्राप्त भएकोले होला हरेक कुराको नक्कल भारतकै गर्न रुचाउछन । जातीय देखि धार्मिक नाराले गर्दा भारत, पाकिस्तान देखि बंगलादेस सम्ममा बर्षेनी सयौ  नागरिकहरुको मृत्यु देखि घाईते भएको सत्य खबर देख्दादेख्दै पनि आफ्नो राजनीति स्वार्थ पुरा गर्नको लागि नेपालमा पनि भारत र पाकिस्तानको जस्तै खेल सुरु गर्न लागेको छनक पनि देखिएकै हो ।

छिमेकीको घटनाबाट पाठ नसिकेर हामि नेपाली जनताहरु पनि अहिले जातिय, धार्मिक देखि क्षेत्रीयताको  राग अलापेर एक आर्काको जानी दुस्मन बन्दै गई रहेका छौ । छिमेकमा लागेको आगोले आफ्नै घर पनि जलन सक्छ भन्ने चेतनाको कमिओ भए पछी देखिने नतिजा भनेकै यस्तै हुन्छ ।

भारतीयहुन या पाकिस्तानी, बंगलादेसी हुन अथवा भुटानी यी सबै देसका नागरिकहरु हाम्रो देस नेपालको नजिकका मित्र देखि आफन्त कुटुम्ब समेत हुन भने एकले आर्कोलाई सिध्याएको बेलामा हामि नेपालीहरु के कसरि खुसि हुन सक्छौ ?

रोटि देखि बेटी सम्मको साईनो त्यसै लाग्दैन । भारतीय होस या पाकिस्थानी जो मरे पनि दुखाईको अनुभव हामीहरुलाई हुन्छ त्यसैले बिदेसिको कुटिल चालबाट मुक्त भएर एक आर्काको जानी दुस्मन नबन्ने हो भने यी सबै देसहरुमा बिकासको मूलको भेल बग्न सक्छ यसमा कुनै दुईमत छैन त्यसैले यसै ब्लग मार्फत सम्पूर्ण पहिलाको हिन्दुस्थानी (भारत/पाकिस्तान) भाई बंधुहरुमा समेत हिंशाको राजनीति नगर्नु हुन भनेर अनुरोध गर्न चाहन्छु ।
   

करिमै खोटो पार्देसी कसको के लाग्छ

Written By खांट्टी कुरा on Saturday, August 20, 2016 | August 20, 2016

-जनकमान डंगोल 
पोहोरको भईचालोमा परेर घर क्षेती भयो ! पहिलो टोलि आए ! फोटो खिचेको जस्तो पनि गरे ! राहत देलान भन्ने आस पनि थिएन ! नाम पनि निकालेनन ! छुच्चो थुतुनोको कमाल भएर होला !

भत्काएर नयां घर बनाउने हुत्ति थिएन र मै जस्ता लाखौको पनि त्यहि हालत छ ! मुन्छेको पहिलो प्राथमिकता बस्ने बास हो त्यहि भएर अंसकै जग्गा बेचेर आफ्नो घर आफै मरम्मत गरे ! रंग रोगन गरेको घरलाई टाढाबाट हेर्दा अहिले मेरो घर भूकम्पमा परेको हो भनेर भन्न गारो हुन्छ,
भईचालो पछी मर्मत गर्दै गरेको घर

तर,
दोश्रो टोलि आए ! घर मर्मत भै सकेको थियो ! जति सुकै लाली पाउडर घसेर ओखती गरेनी क्यार्ने हजुर लागेको घाउको खत किन पुरिथ्यो र नियालेर हेर्नु पर्छ प्रमाण अझै पनि देखिन्छ !
दोश्रो पटक पनि प्राबिधिक,आए हेरे ! नागरिकता मागे, फुटो खिचे ! विवरण भरेको एउटा चिर्कटो दिए जुन मैले पहिलानै सामाजिक संजालमा डामेको छु !
मर्मत पश्चात देखिएको घर

बिदेसिले दान नदिए सम्म भईचालो पिडितको मुखा माड त लाग्दैन भने पुन: निर्माण गर्न झन कसरि सम्भव हुन्छ ? छिमेकीले सहयोग दिन्छ्म भनेर सारा लोकलाई सुनाए ! अहिले संयुक्त रास्ट्र संघ साछी नबसे सम्म दान दिन सक्दिन भनेर भन्दैछ भन्ने समचारले अहिले अखवारको पाना रंगिदैछ !

नेपालको सरकार देखि कर्मचारीहरु अनि नेता तथा तिनका हनुमानहरु देस र जनता प्रति बफादार थिए भने छिमेकी ले त्यसो भन्ने हिम्मत पक्कै पनि गर्दैन थियो होला !

आफैले बीर मसान जगाए ! बीर मशानले भोग धेरै खायो ! बीर मसानले औधि गरेको भएर छिमेकीले त्यसो भन्न बाध्य भएका हुन भन्ने मेरो बुझाई रह्यो !

एउटा गोर्खालीको थाप्लोमा २२/२४ हजारको बिदेसी ऋण हाल्न सफल भएको अहिलेको व्यवस्थाले बिदेसिले दिएको सबै सहयोगको हर हिसाब जोड्दा आर्को पटकको बजेट भाषणमा प्रत्येक गोर्खालीको थाप्लोमा पक्कै पनि १५/२० प्रतिसत नथपियेला भन्ने के ग्यारेन्टी छ ?

दुख र कस्ट पाउने जनता अनि तिनै जनताको नाउँमा सहयोगको याचना माग्ने पार्टीका सरकार ! आएको सहयोग आफै र आफ्नै आसेपासेलाई बाड्ने धर्म निरपेक्ष गणतन्त्र भनेर घोषणा गराएको अहिलेको शासन व्यवस्थाले उभो हैन उधोगति बनाउने चै पक्का देखे !

देखाई र भोगाई बर्णन गरेको हु ! सक्कलीलाई ठिक लेखेछ भन्ने भा न पर्ला तर पार्टीका हनुमानहरुलाई यस्तो निक्खर खांटृी कुरो पक्कै पनि पच्दैन होला तर वाक स्वतन्त्रता भन्ने जिनिस देका छन ! अर्थोक केहि नपाए पनि बोल्न र धारे हात लाएर सराप्न पाएको हुँदा त्यसैमा खुसि छम भनेर भन्न कर लाग्छ हजुर ! क्यार्ने नेपालीहरुको करिमै खोटो पार्देसी कसको के लाग्छ र !
जानाजानी आफ्नै खुटृामा आफैले बन्चरो हानेसी अब पछुताएर के फाईदा ! गल्ति लेखेको माफा अर्नुहोला !

वली मात्र कसरि दोषी भए ?

Written By खांट्टी कुरा on Saturday, July 16, 2016 | July 16, 2016

..  
कम्युनिस्टहरुले धर्म मान्दैन । कम्युनिस्टहरु नास्तिक हुन । साम्यवादमा बिस्वास राख्छन । कम्युनिस्टहरुले राजतन्त्र मान्दैन भने शोषक र सामन्तीको दुश्मन अनि गरिब किसान तथा मजदुरका साथि हुन । २००६ सालमा भारतमा जन्मेर नेपालमा राजनीति गर्न आएका दर्जनौ कम्युनिस्टहरुले हिजो पंचायतीकालमा यस्तै भन्दै फलाक्दै हिड्थे ।

कांग्रेस भनेको समाजबादमा विस्वास राख्दछ । समाजबादमा सबैको स्थान छ । सबैको स्थान भए पछी राजा नमान्ने भन्ने कुरा आउदैन । राजालाई संकट परेको बेलामा राजाको गर्धन मुनि राखेर हामि कांग्रेसी नेताहरुको गर्धन माथि राख्न पछी हट्दैनौ । त्यसरी फलाक्दै हिड्ने कांग्रेस तथा कम्युनिस्टहरुले दोश्रो प्रजातन्त्रको स्थापना पश्चात सत्ताको स्वाद चाखेको पनि आज २७ बर्ष लाग्दैछ ।

राजतन्त्रको घोर बिरोधि कम्युनिस्टहरुले राजा मान्दैनन भने राजतन्त्रको अधिनमा किन बस्थे तर राजाको गर्धन मुनि हाम्रो माथि भन्ने कांग्रेसीहरु आफ्नो बचनमा कत्तिको अडिग रहे त्यो अहिलेको समयमा बयान गर्नु नपर्ला किनभने २०६४ सालमा नेपालमा राजतन्त्र हटाउन मुखु भूमिका खेल्ने पनि राजाको गर्धन मुनि हाम्रो माथी भन्नेहरु थिए भने कम्युनिस्टहरु देखि जान्ने साक्षीमा मात्र बसेका हुन ।

धर्म नमान्ने देखि नास्तिकबादमा बिस्वास छ भन्नेहरुले २०६४ सालमा धर्म निरपेक्ष गणतन्त्र रास्ट्र भनेर घोषित गराएर पनि देखाएका हुन तर अचम्मको कुरा २०६४ साल पछी नेपालको कम्युनिस्टहरु धर्मभिरुमा छिमेकी भारतका कट्टरपन्थी हिन्दुवादी पार्टी भारतीय जनता पार्टीका नेताहरुलाई समेत मात गराउन सफल भएका छन ।

यदि धर्ममा आस्था र विस्वा नराख्ने भए विभिन्न नामधारी साधु बाबाको संगत गर्न किन जान्थे । ग्रह दशा कटाउन भनेर भैसीपुजन पक्कै पनि गर्दैनथे । आफ्ना बाबा महातारिलाई तीर्थयात्रा गराएको दृश्य चित्र पनि देखिएकै हो भने कोहि कोहि त परम प्रभु परमेस्वर येसु ख्रिस्टको जय हो भन्दै बप्तिस्मा समेत लिन भ्याएका थिए भने कम्युनिस्टहरु नास्तिक रैछन कि आस्तिक ?

नेपाल मात्र नभएर संसारमा समय समयमा बिज्ञानलाई चुनौती दिंदै अद्भुत चमत्कारको घटना घटेको देख्न र सुन्न पाईन्छ । बोल्न नजान्ने तर लेख्न जान्ने त्यो पनि सानो बालखै अबस्थामा । यो बिज्ञान को युग त्यहि माथि ईन्टरनेटको जमाना । आदित्य नामले चिनिएको बालक रातारात ‘गुगल ब्वाई’ भनेर संसार भर चिनिए ।
सर्च ईन्जिन गुगलको नामबाट राखिएको गुगल ब्वाई भनेर पुकारिने आदित्य, तस्बिर साभार गुगल सर्च 

रोग हो वा के हो भनेर कसैले खुट्याउन सकेन । बालकको अद्भुत चमत्कारबाट प्रभित भएर तत्कालिन कोईराला सरकारले त सरकारी खर्चमा उपचार गर्न अमेरिका समेत पठाए । अमेरिकाको डाक्टरले समेत के रोग हो भनेर चिन्न सकेनन । बालक आदित्य नेपाल आएर बसेका छन । ति बालक भविष्यबक्ता थिए भने उपचार गराउन आदेस दिने देसको सरकार प्रमुखको मृत्युको सहि भविष्यबाणी किन गरेनन ?

२०४६ साल पछी नेपालमा नाम चलेको व्यक्तिको नाउँमा अन्धभक्त तथा समर्थकहरुले प्रतिस्ठान खोल्ने होडबाजी देखाएका छन । ति प्रतिस्ठानहरुको नाउँमा धेरैको रोजीरोटी पनि राम्रै संग चलेको छ । त्यसैमा आएर अहिले ‘आदित्य प्रतिस्ठान’ थपिनु कुन ठुलो कुरो भयो र ।

वली सरकारलाई हाम्रो समर्थन छैन भनेर सरकारबाट बाहिरिनु भन्दा २/३ अगाडी प्रधानमन्त्री निवास बालुवाटारमा नेपालका ३ ठुला पार्टीका नेताहरु देउवा, दाहाल र वली बसेर राजनीतिक बिषयमा छलफल गर्ने बेलामा बालक आदित्यको चर्चा अकस्मात निक्लियो । चर्चा निकाल्नेमा अरु कोहि नभएर माओबादी केन्द्रका दोश्रो बरियता प्राप्त नेता नारायण काजि श्रेष्ठ थिए । जातिले नेवार भए पनि श्रेष्ठ पनि कट्टर नास्तिक हुन ।  
कान्तिपुर समाचारले बिना तथ्य पक्कै पनि समाचार प्रकाशित गरेन होला । तिनै पार्टीका ठुला नेता बसेर आदित्य प्रतिस्ठानलाई सक्दो सहयोग गर्ने बचन समेत दिन भ्याए र त्यहि बचनको नतिजा हालको मन्त्रि परिषदबाट १ करोड दिने निर्णय ।
तस्बिर साभार: फेसबुकबाट
देसमा भूकम्प तथा बाढी पिडितहरुको दैनिक जिबनी कत्तिको कस्टकर छ त्यो सरकार देखि नेपाली जनताहरुले आफ्नै आँखाले देखि सकेको छन । सहयोगी हातहरु भूकम्प पिडितको घाउमा मल्हम लगाउन खटेका छन भने लोकतन्त्रको नाउँ भजाउनेहरुले के कुन हिसाबले आदित्य प्रतिस्ठानको नाउँमा करोडौ दान दिए दिनेहरु नै जानुन ।

नेपालमा हिजोआज नेपाली जनताहरु बस्दैनन । पार्टीका आस्थावान तथा समर्थकहरु बस्छन । सरकारमा अहिले अल्पमतको एमाले पार्टीको अध्यक्ष तथा प्रधानमन्त्री वलीको सरकार छ । आदित्य पर्तिस्ठानलाई करोडौ किन दियो भनेर कांग्रेस तथा माओबादी केन्द्रका आस्थावानहरुले सामजिक संजालको भित्तामा धारे हात लाएर सराप्दै बसेको देखियो तर आदित्य प्रतिस्ठानलाई सहयोग दिनेमा हाम्रै पार्टीका नेताहरुको पनि सहमत छ भन्ने हेक्का चैँ किन राखेनन ?

बिरोध गर्न पाउनु पर्छ । आर्थिक केहि नदिए पनि वाक्स्वतन्त्रता दिएका छन तर त्यसो भन्दैमा आफ्नो आंगको भैसी नदेखेर आर्काको आंगको भैसी देख्ने प्रबृत्तिबाट पढे लेखेका नेपालीहरु कहिले मुक्त होलान ?
सत्य तथ्य बुझेर मात्र टिका टिप्पणी गर्ने गर्नुस मित्रहरु । यो पंक्तिकार पनि आदित्य प्रतिस्ठानलाई करोडौ दिएको बिषयमा सहि छ भनेर समर्थन गर्दैन तर आदित्य अद्भुत बालक थिए भने यो मितिमा वली सरकारबाट माओबादी केन्द्र बाहिरिन्छ भनेर भविष्यबाणी किन गर्न सकेनन ?

हाम्रा पिडितहरुले राहत हैन आएको चै पाएको छ युवराज नारुहितो

Written By खांट्टी कुरा on Thursday, March 10, 2016 | March 10, 2016

२०७२ फागुन २६ गते ई-कान्तिपुरको अनलाईन पत्रिकामा२०७२ साल बैशाखमा आएको भूकम्पले मच्चाएको ताण्डवनृत्य र त्यस पछीको राहत कार्यको बिषयमा जापानी युवराज नारुहितोको चासोको बिषयलाई लिएर कान्तिपुरले समाचार छापेको रैछ ! हेर्नुहोस समाचार
 
तस्बिर साभार: ई-कान्तिपुर
नेपालको ईतिहासमा २००७ साल पछी सबै भन्दा धेरै सहयोग दिने रास्ट्रमा  जापान पनि अग्रपंक्तिमा पर्दछ ! सहयोग दिए पछी त्यसको सोधीखोजी हुनु स्वाभिबिकै हो ! त्यसै सिलसिलामा जापानी युवराज नारुहितोले हाम्रा जापान स्थित राजदुतलाई नेपालमा भूकम्प पछी सुरु गरिएको पुन:निर्माणकाहां पुग्यो भनेर सोधीबक्स्या रैछ ! हाम्रा राजदुतले के जवाफ दिए त्यो चै कान्तिपुरले खुलाको रैनछ !
 
पुन:निर्माण भएर भूकम्प पिडितले राहत पाएको भए हाम्रो सर्खारले गरेको कामको फेहरिस्त दिन सकिन्थ्यो तर अहिले सम्म पिडितहरुको नाउँमा सिन्को भाँचेको छैन भने के जवाफ दिन्थे र !
 
बिदेसी रास्ट्र देखि ब्यक्ति तथा संघ संस्थाहरुले दिएको राहत सहयोगबाट चाउचाउ र च्युरा अनि केहि थान पाल,भन्दा अरु केहि दिएका छैनन ! पिडितहरु अहिले पनि दुख: र कस्टको जिबन जिउन बाध्य छन ! बरु भूकम्प पिडितको नाउं बेचेर युरोपा बस्ने केहि थान नारानेहरुले ज्यान बनाए भन्ने सम्चार देखि मन्त्रीको नाम नै जस्तापाता मन्त्रि भनेर राख्देको समचार समेत पढ्न पाईएको थियो !
 
नेपालको लागि चुनदाम सहयोग नदेउ मित्र रास्ट्रहरु ! ति सहयोग वास्तविक पिडितको हातमा कहिले पनि पुग्दैन ! मित्र रास्ट्रहरुले दिएको सहयोगले हाम्रा नेता तथा तिनका आसेपासे विकासे बंगुर जस्ता भाका छन ! जब पिडितहरुको हातमा पुग्दैन भने त्यो सहयोगको के नै औचित्य भो?
 
जापानी युवराजले धन्न हाम्ले देको निलो सुजुकी बस अहिले पनि गुड्दै छ हैन भनेर सोधी बक्सेको रैनछ ! त्यो प्रश्न सोधेको भए हाम्रा राजदुतको मुहार हेर्न लायकको हुन्थ्यो होला !

कुरो नागरिकताको

Written By खांट्टी कुरा on Sunday, January 03, 2016 | January 03, 2016

-जनक मान डङ्गोल/janakdangol@gmail.com
कुनै समयमा पाकिस्थान तथा बंगलादेस हिन्दुस्थान भन्ने भारत देसकै यौटा अंग थियो ! अंग्रेजले हिन्दुस्थान छोडेर जाने बेलामा भारत र पाकिस्थान बनाई दियो ! पाकिस्थानको मातहतमा बंगलादेस थियो ! बंगलादेस पनि पछी भारतको सहयोगमा छुट्टै देस बन्यो ! हिजोको बिसाल हिन्दुस्थान आज भारत, पाकिस्थान र बंगलादेश गरेर तिन टुक्रामा विभाजन भएको छ !

बिहाबारी भनेको सकेसम्मको आपसी नातेदारिमा हुने गरिन्छ भने बाँकी अन्यबाट ! हिजो एकै थातथलोमा हुर्की बढेकाहरु पछी गएर अन्यत्र देसको नागरिक भएता पनि बैबाहिक सम्बन्धमा बाधिनु नयाँ र नौलो कुरा भएन !

पाकिस्थानबाट बिहाबारी भएर भारत भित्रेको एउटी चेलीले नागरिकता लिनु कति समय लाग्छ भनेर प्रश्न गर्ने हो भने बढीमा २ देक्ल्ही तिन महिना भन्ने जवाफ पाईएला तर छिमेकी भारतमा पाकिस्तानबाट बिहाबारी भएर भारत भित्रेकी चेलीले कर्म्घर्को नागरिकता लिन बीसौं बर्ष लाग्छ भन्दा अचम्म लाग्न सक्छ !

पाकिस्तानकि चेली अफ्सिन १९९४ सालमा बिहा गरेर भारत आईन ! बिहा गरेको बिस बर्ष पछी बल्ल भारत सरकारले तिनलाई नागरिकता दियो भनेर भन्दा त्यो आश्चर्यको समचार हुन सक्छ तर १९७९ साल देखि बिहा गरेर आएकी धेरै सीमापारिका चेलीहरुले भारतियता नागरिकता नपाएको घटना पनि देख्न र सुन्नमा आएको छ !यसको ठिक उल्टो हाम्रो देस नेपालमा देख्न पाईन्छ ! हाम्रो देस नेपालमा छिमेकी देशबाट बिहा गरेर आएको बर्ष दिन नपुग्दै नागरिकता दिने चलन छ ! रोटि र बेटीको सम्बन्ध देखाएर तुरुन्तै नागरिकता दिने देस भनेको नेपालनै होला !
तस्विर साभार: बि.बि.सी.हिन्दि डटकम
नागरिकता मात्र हैन नागरिकता प्राप्त गर्ना साथ निर्वाचन तथा समानुपातिकमा भाग लिएर मन्त्रि देखि उच्च पदमा पुग्ने पारिका छोरी वारिका बुहारीहरू पनि औलामै गन्न नसक्ने गरि पुगी सकेको छ  ! सद्भावना पार्टीका नेत्री सरिता गीरी देखि उधोगपति साहुनी राज्यलक्ष्मी गोल्छाहरु यिनै उदाहरणहरुमा पर्छिन ! त्यति मात्र नभएर बिदेसी संग बिहा गरेर माईतिमै हैकम जमाएर बस्ने छोरी चेली पनि प्रसस्त छन ! कांग्रेसी नेता स्व.गिरिजा पुत्री तथा पुर्ब मन्त्रि सुजाता कोईराला देखि डाक्टर दुर्गा पोख्रेल यिनै उदाहरणमा पर्ने चेलीहरुमा पर्छिन !

नागरिकताकै कुरा गर्ने हो भने आफ्नो राजनीतिक फाईदाको लागि बिदेसीलाई नागरिकता दिंदा त्यसले पछी पर्ने असरको नमुना हेर्न हाम्रै देस नेपाल देखि मलेसिया हुँदै पश्चिमा देसहरुलाई हेरे पुग्छ ! जुन देसको सरकारले आफ्नो पार्टीको फाईदाको लागी बिदेसिहरुलाई वितरण गरेको नागरिकताले गर्दा आजको मितिमा आएर विभिन्न समस्या र कठिनाई भोग्नु परिरहेको छ !

अहिलेका पार्टीका नेताहरुले देस र जनतालाई के दिए ?

Written By खांट्टी कुरा on Thursday, December 24, 2015 | December 24, 2015

-जनक मान डगोल
२०३६/३७ साल तिर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माले हालको एमालेको बिधार्थी संगठन अखिल नेपाल रास्ट्रिय स्वतन्त्र बिधार्थी युनियनका बिधार्थीहरुले गाउँ गाउँमा सभा सम्मेलन गर्दै हिड्दा सभा सम्मेलनको बिचमा गीत संगीत बाट जनतालाई मनोरंजन प्रदान गर्ने गर्दथे । त्यसो गर्नुको मुख्य कारण जनतालाई आफ्नो पार्टी प्रति आकर्षित गराउनु हो र त्यहि चलन अहिले सबै राजनीतिक पार्टीहरुले सिकेका छन ।

त्यो बेला अर्थात मेरो उमेर १४/१५ बर्षको हुँदा बिधार्थी फाँटका कलाकारहरुले गाउँदै नाच्दै गरेको गीतहरु मध्येको दुई गीतको शिर्षक मैले आज सम्म अनि भुलेको छैन । गाउँका शोषित, पिडित नारीहरुलाई गीत संगीतको माध्यमबाट चेतना दिने उद्धेश्यले गाईएको गीत मध्ये लौ उठ नारि अब एकजुट भई देउ, कति संधै दासी हुने भन्ने गीतले आजको ४० बर्षमा आईपुग्दा के कति नारीहरुमा चेतना जाग्यो र त्यो चेतनाले घर, टोल समाज हुँदै देसमा के कति आमुल परिवर्तन भयो त्यो पनि बताउनु पर्ला र ?

साउको ऋण तिर्न भनि गाको मेरो छोरो, मेरो बाबा हर्कजित फेरी फर्केन भन्दै गाउँको शोषक र सामन्तले गरेको अत्याचारको पृष्ठभूमिलाई आधार मानेर गाईएको हिजोको त्यो गीतले गाउँ समाजमा के कस्तो सकारात्मक सन्देस दियो त्यो पनि प्रस्ट देखिएकै छ । हिजो अर्थात मेरो बाबु, बाजेको पालामा साउको ऋण तिर्न भारत अर्थात मुग्लान भासिने चलन थियो । आज मेरो पालामा पनि साउको ऋण तिर्न खाडी मलेसिया भासिन बाध्य छौ भने नेपालमा २०२८ साल देखि कम्युनिस्टहरुले जगाएको राजनीति शिक्षा दीक्षाले को कसलाई कति फाईदा पुग्यो त्यो गाउँ समाजको तस्बिरले प्रस्ट पार्ने हुँदा यो पंक्तिकारले बयान गर्नु जरुरि छैन ।

आफ्नो राजनीतिक फाईदाको लागि हाम्रा कांग्रेस देखि कम्युनिस्ट हुँदै २०४७ साल पछी जन्मिएका मदेसी दलका नेताहरुले खासगरी भाषण, प्रशिक्षण देखि गीत संगीतको मद्धतले जनताहरुमा जोस भर्ने काम गरे, खास गरि युवा ताहा युवतीहरुमा । धर्म, जातपात मान्नु हुन्न भन्दै हरेक कुरामा जनबादीभन्ने सब्द राखेर दिइएको प्रशिक्षणले गर्दा यो ४० बर्षमा देस यो समयमा जातीय आन्दोलनले सखाप हुने भय दिन प्रतिदिन बढ्दै गएको छ ।

धर्म मान्नु हुन्न भनेर जनतालाई उचाल्ने हाम्रा कम्युनिस्ट पार्टी खास गरि अहिलेको एमाले देखि माले हुँदै बिभिन्ना नामधारी कम्युनिस्ट पार्टीहरूले धर्म मान्छन कि मान्दैनन भन्ने कुरा दोश्रो पटक प्रजातन्त्र स्थापनाको २ बर्ष पछी जनताले महसुस गर्न थालि सकेका थिए । भनाई र गराईमा आकास जमिनको फरक देखाउने नेपालको कम्युनिस्ट पार्टीहरुको चरित्र कोहि कसैले बिस्वास गर्न सक्दैन ४० बर्षमा देखिएको सत्य घटना यहि नै हो ।

हिजो माले पछी एमालेहरुले जे जे गरे जुन जुन बाटोमा हिडे आज त्यसैको सतप्रतिसत नक्कल गर्दै माओबादी नामका अतिबादी पार्टीहरु हिडेका छन । माले एमाले देखि माओबादी हुँदै तिन दर्जनको हाराहारीमा रहेको नेपालको सबै कम्युनिस्ट पार्टीहरुको झण्डा, रंग देखि पहिचान एकै हो कि हैन ?
जनताको बीचमा जाँदा बडो आत्मियताको साथ मधुर बचनले बोलिने सब्दहरुमा केहि भिन्नता छ ? अभिवादन सबैले लाल सलामदेखि नामको अगाडी कमरेडजोड़ेर सबैले प्रयोग गर्छन भने नेपालमा कम्युनिस्ट पार्टीहरु ३ दर्जन किन ?

कुनै पनि देसले सरकार चलाउन सुरुमा फौजको दरकार पर्छ र त्यस्ता फौजलाई पाल्नको निमित्त जनताले तिरेको कुत, तिरो देखि करको सदुपयोग गर्छन । नेपालका सबै राजनीतिक पार्टीहरुको पनि आ-आफ्नै फौज जस्तै संगठन छ भने त्यसलाई संचालन गर्न रकमको जरुरत पर्छ कि पर्दैन ? यदि पर्छ भने ति रकमहरुको श्रोत के हो ?

गरिब जनताले सरकारलाई अनिवार्य कर तिर्नु पर्छ र कर तिर्नु नागरिकको दायित्व भित्र पनि पर्छ तर जनताले कर सरकार देखि राजनैतिक पार्टीहरुलाई समेत तिर्दा तिर्दा लखतरान हुन्छन भने ति गरिब जनताको सन्तान मुग्लानभासिन बाध्य हुन्छन कि हुन्नन ?

मुग्लान भासिन बाध्य बनाउने अनि साउको ऋण तिर्न भनि गाको मेरो छोरो, मेरो बाबा हर्कजित फेरी फर्केन भनेर गीत गाउदै हिड्नु त्यो जस्तो हास्यापद अरु के हुन्छ ? ‘साउको ऋण तिर्न जाने हाम्रा हर्कजितेहरुमध्येको केहिलाई भए पनि हिजो कांग्रेस देखि कम्युनिस्टहरुले भन्ने गरेको निरंकुस एक दलीय पंचायती सासनमा रोजगार दिन लाई उधोग धन्दा खोलेको थियो कि थिएनन ?
त्यहि उधोग धन्दाहरुलाई पनि बन्द गराउन दिनहु बन्द हड्ताल देखि तोडफोड गर्न हर्कजितेहरुलाई उक्साको कारणले गर्दा आज ति उधोग कलकारखानाहरु सहि सलामत छन ? निजीकरणको नारा दिंदै सबै कल कारखाना स्वाहा बनाईए र पछी बिदेसीले खोलेका कल कारखानामा २०४६ साल पछी सबैमा ठेकेदारी प्रथा हुलेर नेता देखि तिनका आसेपासे मात्र मोटाउने तर गरिब नेपालीहरुको छोरा हर्कजितेहरुलाई साउको ऋण तिर्न मुग्लान जान बाध्य बनाउने कांग्रेस कम्युनिस्ट देखि अन्य विभिन्न नामका नेताहरुले साउको ऋण तिर्न भनि गाको मेरो छोरो, मेरो बाबा हर्कजित फेरी फर्केनभनेर गीत गाउन किन लगाए ?

हिजो साउको ऋण तिर्न नजिकको छिमेकी मुलुक भारतमा सयमा एक्कादुक्का जान्थे भने अहिले गाउँ टोलनै खालि हुने गरेर लाखौ लाख गरिब हर्कजितेहरु र तिनै हर्कजितेका दिदि बैनी हरु समेत युवतीहरु काम र मामको सिलसिलामा ऋण काढेर बिदेस जान बाध्य पारेका छन भने कांग्रेस तथा कम्युनिस्टहरुले जनता जगाएर गरेको परिवर्तनले आखिरमा देस र जनताले के पायो ?
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger