Latest Post

Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts

लघुकथा-मुस्कान !

Written By खांट्टी कुरा on Saturday, August 09, 2014 | August 09, 2014

कथाकार-रवीन्द्र समीर

बूढाबूढी, केटाकेटी तथा गृहणीमात्र रहेकाले राजुलाई गाउँमा बस्न लाज लाग्यो । बेरोजगार भए पनि खेतीपाती गरेर परिवार पालेकै थियो ।
- ‘कस्तो लाछी लाठे रहेछ ! यसो अरबतिर जानु, पैसा कमाउनु !
...
राजुलाई यो वाक्यले बारम्बर ठुँगिरह्यो । त्यसैले ऋण गरेर भए पनि स्थानीय एजेन्टमार्फत् ऊ खाडीतिर लाग्यो ।

मरुभूमिको प्रचण्ड धूप, खाना तथा पानीको कमी, कामको चाप एवं साहुको पेलानबाट राजु निरुत्साहित भयो । उदास भयो । डिप्रेसनको शिकार भयो । उसको मुखमण्डलबाट मुस्कानको लाली सर्लक्क पुछियो ।
श्रीमतीले उसको छायाछवि खोज्दै फोनमा भनी – ‘तपाईं त कस्तो निष्ठुरी ! विदेश गएको दुई वर्ष भयो, एउटा फोटो पनि नपठाउने ?’
पर्वको दिन उसले कामबाट छुट्टी पायो । साथीहरुसँग मिलेर ऊ एउटा ठूलो सपिङ मलमा गयो । यता हेर्‍यो, उता हेर्‍यो । धेरै ठाउँमा सोध्यो । अन्त्यमा फुटपाथमा गएर एक जोर राम्रा कपडा किन्यो ।
पार्श्वमा गगनचुम्बी महलहरु आउनेगरी साथीलाई एउटा फोटो खिच्न लगायो । कपडा चम्किला भए पनि उसको अनुहार औंशीको रातजस्तै थियो ।
- ‘कमसेकम फोटो खिच्ने बेलामा त एकपटक हाँस् !’
यन्त्रमानवले झैँ यन्त्रवत् चिज-हाँसो हाँस्यो, खिसिक्क ।
उसकी श्रीमती फोटो हेरेर दङ्ग परी – ‘आहा ! मेरा श्रीमानले त खुब सुख पाउनुभएको रहेछ विदेशमा । ठूलो सहर, राम्राराम्रा कपडा अनि मीठो मुस्कान… !’
..
https://www.facebook.com/sameer.rabindraबाट साभार !

लोग्ने-स्वास्नीको झगडा परालको आगो !

Written By खांट्टी कुरा on Saturday, July 27, 2013 | July 27, 2013

  • मुसाफिर काका

    झोडादेखी यत्रो साल सँगै बसियो खाइयो तर छेउघरे साइला साँइली झगडा गरेको कहिल्यै सुनेको थिएन । खै कुन्नी किन हो आज बिहानै साइला साइली ठुल्ठुलो स्वरले कराउदै बाझ्दैथियो । त्यो सुनेर छिमेकी बेलबोटे कान्छाले यसो झ्यालको एकछेउबाट चिहाएर हेर्यो । साँइली बलेसिमा खरेटोले बढार्दै फत्फताउदै थीइन । साइलोलाई निक्कै रिस उठेछ क्यार जुरुक्क उठेर साँइलीलाइ घोक्र्याउदै घरभित्र हुलेर भित्रबाट ढोका लायो । यता बेलबोटे कान्छाले सोच्यो ल्या .. अब मार्नेभो साइलाले ।

क्रान्तिबीर !

Written By खांट्टी कुरा on Sunday, July 07, 2013 | July 07, 2013

देशमा आमुल परिवर्तन को लागी अब हामीले संघर्ष गर्नु पर्छ साथि हो ! गाउँ समाजमा रहेको शोषक तथा सामन्तीहरु लाइ ठिक पार्नु पर्छ भन्दै लडाकुको कमाण्डरको भनाइ सुनेर साइला तामांग पनि घरमा भर्खर भित्र्याएको जाहान लाइ छोडेर क्रान्तिमा भाग लिनु गो ! दिन, हप्ता ,तथा महिनौ बिते पश्चात एक रात साँझ आफ्नो प्यारीलाई भेट्न टुप्लुक्क आइपुग्यो ! घर गाउँ तिरको सबै हालखबर सन्चो बिसन्चो सोध्यो ! भरे भोलि भै सकेकी जाहानले सकी नसकी ढिडो ओडालीदिइन ! चुल्हो माथिको ताक बाट ढिक्को नुन र बारीको ढीडे खुर्सानी टिपेर  गुन्द्रुक साधी ! कुपू कुपू ढिडोको तालमा सुस्त सुस्त जोइ पोइको गफ गाफ भो ! बिहान भालेको डाक संगै साइलोले 'बस है माया .. नमरी  बाचे कालले साचे भेट होलानी’ भन्दै दुइ जिउको जहाँन को मुखा पुलुक्क एक पल्ट हेर्यो अनि निस्केर गो ! माया बिचरा बोल्न सकिन ! मुटु बटारियो अनि मनमनै भनि 'कस्तो पापी रैछ निर्दयी आफु याहा भरे भोलि भाको छु' ! मनमनै आफ्नै भाग्य लाइ दोष दिंदै आँखा बाट तुरुक्क दुइ थोपा चुहाई ! अनि मनमनै भनि मेरो भाग्य नै खोटो रहेछ !
..
पर्सि पल्ट को कुरो हो पारि जंगलमा बिद्रोही र सेनाको दोहोरो भिडन्त चलेको छ रे भन्ने खबर गाउँ भरि फैलियो ! मायाले पनि सुनी मनमनै देउता पुकारी र भनी हे भगवान उसलाई केहि पनि नहोस ! लडाईको अग्र भागमा बसेर लडेको साइलालाइ दुस्मनको गोलीले कति खेर मुटु छेड्यो पत्तै भएन ! एकपल्ट ऐय्या र पानि भन्यो  ! तुरुन्त मोर्चा बाट  निकालेर मरहम पट्टि गर्न नपाउदै सकी नसकी कनेर 'ला..ल स...ला..म का......रे....' भन्ना साथ यो पापी संसारबाट बिदा भो ! लडाई थामिना साथ् पार्टीको नियम अनुसार पार्टीको झण्डा ओडाएर धेरै बहादुर साइलाहरु लाइ जंगलको खाल्टोमा बिदा गरे ! त्यहि बेला यता मायालाई व्यथाले चाप्यो ! केहि समयमा स्वस्थ राम्रो छोरालाई जन्म दिई ! भोलिपल्ट लडाकुको कमान्डर दलबल सहित माया लाइ भेट्न गो र भने तपाइको श्रीमानले बहादुरीको साथ लडेर सहिद हुनु भयो ! आज बाट तपाइँ सहिदको पत्नी हुनु भयो ! एउटाले खुसुक्क भन्यो हिजो उहाले छोरा पाउनु भएको रहेछ ! लडाकुको कमाण्डरले बहादुर साइलाको छोरा लाइ काखमा लिएर भने यसको नाउ राख्नु भो ? मायाले मुन्टो हल्लाउदै भनि छैन ! कमाण्डरले सबै गाउलेको अगाडी घोषणा गरे आजबाट यो बच्चो को नाउ हामीले 'क्रान्तिबीर' भनेर राख्यौ ! माया बोलिन टोलाई मात्र रही र उसले त्यो भिडमा उसको लोग्ने लाइ खोज्दैथि ! तर मायालाई यो ‘सहिद’ भनेको के हो थाहा पत्तै छैन ! पछी एक जनाले तेरो लोग्ने ता हिजोको भिडन्तमा मारियेछ भने पछी पो थाहा पाइन त्यो ‘सहिद’ भन्ने सब्दको अर्थ ! बल्ल थाहा पाई अनि भक्कानो छोडेर रोईन बरा ! न ज्यान देख्न पाइन न च्यान देख्न पाइन !
..
हिजो लडाइमा धेरै साइला तामांगहरु सहिद भए ! धेरैको सिउदो उजाडियो र कति गर्भे टुहुरा भए ! आज तिनिहरुले न्वारान गरिदिएका क्रान्तिबीर हरु कोहि गिट्टी कुट्दै छन ! कोहि उमेर ढाटेर खाडीमा जोतिन गएका का छन भने बाबु आमा दुवै गुमाएकाहरु महानगरमा फोहोरको थुप्रोमा प्लास्टिक केलाउदै बसेका छन ! आज तिनीहरु लाइ यों पापी संसारले क्रान्तिबीर हैन 'खाते' भनेर पुन: न्वारान गरि दिएका छन ! 'लाल सलाम' भन्ने हरुको क्रान्ति भनेको यस्तो हुदो रैछ ! के पायो त यो क्रान्तिले साइला तामांग हरुको सन्तानले ? माया यहि सोच्दै बसेकी छिन आज !
(यो कथा पूर्णरुपमा काल्पनिक हो ! कसैको घटना संग मेल खाएमा संयोग मात्र हुनेछ)

कटुवाल बाको सपना !

कटुवाल बा जवानीमा छदा कटुवाली काम गर्थे ! काम कुनै गारो थिएन ! सरकारी हुकुम तथा आदेस लाइ गामको चौतारी अथवा अग्लो ढिस्कोमा उभीयेर सबै गाउलेलाई सुनाउनु ! कटुवालीको अर्थ भनेको पनि यहि नै हो रे भन्थे बुढाले ! बुढाको काम बाट बडाहाकिम निकै खुसि भएर जग्गा जमिन प्रसस्त दिएका रैछन ! बुढाको परिवारमा श्रीमती र आफु सहित तीन छोरा १ छोरी ! गोठा चार हल गोरु, दुहुना गाइ भैसी, खसी, बोका र बाख्रा प्रसस्तै थियो ! पहाडमा जसको जग्गा जमिन तथा बस्तु भाउ धेरै छ उसैलाई सम्पन्न भनिन्छ त्यहि मध्येमा बुढा पनि पर्दा रैछन !
..
तामाको मुना जस्ता छोरा छोरीहरु हुर्कदै गए ! घरमा बुढीले धन्दा गर्न नभ्याउने, हम्मे हम्मे भएसी १४ बर्ष नपुग्दै जेठा छोराको बिहे गरि दिए ! स्वास्नीको पोइ भन्दै भाइ साथीले गिज्याउछ भनेर बिहे गरे पछी जेठो छोराले पढ्न मानेन ! केहि अन्तरालमा दुवै माइला तथा कान्छ छोराले गाउकै स्कुल बाट प्रबेसिका उत्तीर्ण गर्यो ! गाउँमा त के कुरा त्यो बेला सदरमुकाम मा समेत कलेज थिएन ! बुढाको चाहना छोराहरुलाई धेरै पढाएर ठुलो मान्छे बनाउने धोको ! पठाई दिए पढ्नलाई सहरा ! बिस्तारै बिस्तारै जेठो छोरोले घर ब्यबहार धान्न थाल्यो ! एक दिन बुढीले भनी छोराहरु बिस र बाइस पुग्यो त बुढा अब बिहे गर्दिने हैन ? बुढाले एक छिन गम खाएर भने ठिकै भनिस बुढी म भोलि नै कुरा चलाउछु ! पुरेत बाजेलाई डाक्न पठाए, चर्चा चल्यो ! एक जना लमीले भन्यो पल्लो गाउँको जिम्माल बुढाको दुइटा छोरी छे हजुरको पनि दुइटा छोरा अनि जोडा पनि मिल्छ हुन्छ भने कुरा चलाउछु ! बुढाले पुरेत बाजे लाइ सोधे पुरेत बाजेले भने म पनि हेर्छु कुराचैँ चलाइ राखम ! कुरा चलाउदैमा केहि बिग्रने हैन क्यार ! समय हेरेर लमिले कुरा चलाए पुरेत बाजेले पनि हेरे अनि दुवै जनाले एकै स्वरमा कटुवाल बुढालाई भने स्वर्गकी अप्सरा जस्ती रैछिन दुइटी नै ! बुढाले छोरा झिकाए, छोराहरुले नाइँ नास्ती पनि गर्न सकेनन ! साइत हेरेर दुवै छोराको धुमधाम संग बिहे गरिदिए !..
छोरोहरु पुन सहर पढ्न गो ! बिस्तारै बिस्तारै गाउ टोलमा बहाल रहेको ब्यबस्था बिरुद्ध फरक गतिबिधि देखा पर्न थाल्यो ! जेठो छोरोलाई राजनीति संग कुनै लगाव थिएन ! उता सहरमा दुवै छोरा राजनीति गर्न थालेछन तर फरक धारमा ! माइलोले समाजबादी र कान्छोले कम्युनिज्म ब्यबस्था मन पराएर त्यसैमा खटन थालेछन ! जनताको बिद्रोहलाई सरकारले थेग्न सकेन ! ब्यबस्था परिवर्तन भयो ! केहि बर्षमा दुवै छोराहरु घर आए र भने बा हजुरकी बुहारी हरुलाई सहर घुमाउन लानु पर्यो ! बुढाले पनि नाइँ भन्न सकेनन हुन्छ भने ! तर छोराहरुले बुहारी घर फर्कायेनन ! घर छेउको छिमेकी काम बिषेसले  सहर गाको थियो भेटेछ ! फर्केर आयेसी बुढालाई भन्यो कटुवाल बा हजुरको छोराहरुले त निक्कै प्रगति गरेका रैछन ! घर पनि दर्बार जस्तो बनाका रैछन ! मोटर गाडी, नोकर चाकर सब रैछ ! बुढाले कुरो ध्यान दिएर सुन्यो र भन्यो ए ! बल्ल किन बुहारीहरु लिन आका रैछन भनेर बल्ल बुढाले थाहा पाए !
..
दिनहरु बित्दै गो ! बुढा धेरै बर्ष भाको थियो सहर नपसेको ! जेठो छोरोलाई भन्यो हेर जेठा हामि हरु बुढा पनि भएयौ ! पितृ भोकाका होलान येसपाली पितृको नाउँमा सद्बिज छर्न जानु पर्यो ! छोराले किन नाइनास्ती गर्न सक्थ्यो र भन्यो हुन्छ ! दुवै भाइ लाइ खबर पठाकोमा माइला चैँ आयो र भन्यो किन बोलाउनु भाको बा ? दाजु चाहिले सबै कुरा बताए पछी भन्यो हुन्छ म बा आमाको चाहना पुरा गरि दिन्छु भनेर बुढा बुढी लाइ लिएर गये !
..
सहर गए पछी छोरा सधै व्यस्त आधा रातमा घर आउने ! पहिला आँखामा राख्दा पनि नबिझाउने माइली बुहारी झर्कि फर्की गर्न थालि ! सद्बिउ छर्ने दिन पनि आयो तर माइलो छोराले नाक मुख देखाएन ! बुढा बुढी खिन्न भए, जे कामको लागि आका थिए त्यो काम पुरा गर्न पाएनन ! भोलि पल्ट बुढाले भने माइली बुहारी छोरो आयेसी मलाइ भेटाइ देउ ! छोरो आयो बुढाले भन्यो माइला ? कान्छा लाई भेट्न मन लाग्यो पुर्याई दिन्छस छोराले हुन्छ भन्यो ! घरमा आफ्नै गाडी थियो तर काम गर्ने लाइ बोलाएर ट्याक्सी लिन पठाये ! ट्याक्सीमा राखेर कान्छा छोराका पुर्याएर आए पछी बल्ल बुहारीले सन्तोषको सास फेरी ! सहर आयेसी छोरा बुहारी निकै परिवर्तन भएछ ! माइला ले वास्ता नगरे पनि कान्छाले गर्ला भनेर त आए ! कहिले आउनु बा भनेर त सोध्यो तर छोरा बुहारी कसैले पनि ढोगभेट मान मर्यादा केहि गरेनन ! सारै दुखि भए बुढा बुढी ! सद्बिउ छर्न आको तेरो माइला दाज्युले वास्ता गरेन ! कान्छा छोराले धोको पुरयाएर हास्यो र भन्यो बा पनि कुन दुनियामा हुनुहुन्छ ! यो देउता सेउता केहि हुन्न ! बुढाले एती मात्र भन्यो ए हो र ! कान्छो छोराको कुरा सुनेर औडाहा छुट्यो बुढालाई !
..
घरमा काम गर्न लाइ गाउँका केटि राख्या रैछन ! सारै मिठो बोलि बचन बोल्ने ! जेनतेन दुइ दिन बसे झल्झल गाउ घर सम्झिए ! भोलिपल्ट कान्छो छोरालाई भने हाम्लाई बस चढाई दे हामि गाउ फर्किन्छ्म ! देखावटी रुपमा पर्दैन जानु बा भनेका के थिए कान्छी बुहारीले आँखा तर्यो छोरालाई ! बुढाले भने भो बस्दिन सहरा, सक्छस भने बस अड्डा सम्म पुर्याई दे ! सक्दैन भने हामि आफै जान्छ्म ! छोरोले भोलि बिहानै पुर्याई दिन्छु भने ! बेलुका बुढाले बिस्तारै बुढीलाई भन्यो मैले तलाई अस्ति केहि पैसो राख्न देको थिएनी ! बुढीले थैलीमा जतन संग पट्याएर राखेकी रैछिन  ! गनी हेर्दा एउटा हात्ती पाचवटा गैडा रैछ ! मनमनै सोच्यो यति भए गाउ पुगिन्छ !
..
भोलि पल्ट बिहानै उठे घरमा आफ्नै गाडी हुदा हुदै पनि माइलो छोराले जस्तै गरि ट्याक्सी बोलाएर राखेको रैछ ! हिड्ने बेला बुढाले काम गर्ने केटीलाई नानि सारै जाति रैछौ बस है भनेर हाता १०० रूप्पे थमाई दिदै भने पढ्न पनि बसेका रैछौ ! कापी कलम किन, राम्रो संग पढ है बा ! बुढा आफैले टिकट काटे तर छोरोले देख्या पनि नदेख्या जस्तो गर्यो ! छोरोले बस चढ्ने बेला केहि पैसो दिन खोज्दा बुढाले भने भो चाहिएन तेरो कमाइ ! जेन तेन घर आइ पुगे सारीरिक भन्दा पनि मानसिक रुपले थकित देखिन्थे आज कटुवाल बुढाबुढी ! कटुवाल बुढा बुढी सहर बाट आका छ रे भन्ने सुनेर गाउ छिमेक भरिका मान्छे जम्मा भए ! आइमेले बुढीलाई घेरे र नाली बेली सोध्न थाल्यो ! बुढी बनावटी कुरा गरेर आज सारै थकाई लाको छ पछी भनम्ला भन्दै भित्र पसिन ! आँसु चुहाउदै जेठो छोरोलाइ सप्पै कुरा भनिन बुडी माउले ! दाज्यु चाहिँ भाइ बुहारीहरुको नीच ब्यबहारले सारै दुखित भो ! यता बाहिर गाउले संग भला कुसारी चल्दै थियो ! बुढाले मात्र दुइ टुक जवाफ दिंदै भने 'गाउँको चरीलाई त गाउँ नै प्यारो हुदो रैछ' !
....... समाप्त .......

म कथाकार त हैन ता पनि जानी नजानी लेखेको यो कथा कस्तो लाग्यो हजुर हरु लाइ ?

डोकेको पिरिम !

Written By खांट्टी कुरा on Sunday, May 26, 2013 | May 26, 2013



महान जनयुद्धलाई उचाइमा पुरयाउनु पर्ने भएकोले १ धुरी १ जना लडाइमा भाग लिन आउनु भन्ने कमाण्डरको उर्दी जारि भो गाउँमा ! घरा भाको एक मात्र बुढा बा आमालाइ चटक्क छोडेर एक्लो छोरो ठुले घर्ति लडाईमा भाग लिनुगो ! उमेर अलि पाको भाकोले उसको भागमा चैँ घाइते तथा सहादत प्राप्त गरेका लाइ सम्बन्धित स्थानमा पुर्याउने अर्थात डोके एम्बुलेन्स मा घाइते बोक्ने काम !
..
सिविरमा संगै रहदा बस्दा एक जना महिला छापामार संग पिरती बस्यो ! लडाइको दौरानमा माया पिरती  सख्त निषेध ! माया प्रेमलाई कसैले पनी छेक्दैन भने जस्तै पिरतीचैँ लुकिछिपी चल्दै थियो ! सपना हज्जारौ थियो ! लडाई सके पछी बिहा गर्ने.. बुढा बाउ आमाको सेवा स्याहार गर्ने ! गरिबको सपना यस्तै नै हुन्थ्यो ! समयले कोल्टो फेर्दैथ्यो ! एक पछी एक एक गर्दै बर्ष दिनको अन्तरालमा बा आमा मास छर्न गए ! जन्मे पछी मर्नु पर्छ भन्दै मन लाइ सम्हाले ! मायालुले पनी सात्वना दिईन मन बुझाए !
..
ल यो हप्ता दुस्मन संग लडाई गर्न जानु पर्छ भन्ने उर्दी आयो ! सबै तम्तयार भए र लडाई लड्न गए ! लडाइमा दुबई पक्षका हताहत भए ! लडाई लड्न जानु भन्दा पहिला कसै कसैले त आफ्फ्नो लागि आफैले चिहान खन्थे ! किन यस्तो गरेको भन्दा लडाइमा बीरगति प्राप्त गर्यो भने साथि लाइ सजिलो हुन्छरे ! धेरै लडाइमा ठुले घर्तीले भाग लियो ! लडाइको अग्र भागमा लडाकु हरु बसेर लड्थे ! पछाडिको भागमा ठुले घर्ति हरु जस्तै बसेर हौस्याउथे ! कोह्ही घाइते वा मृत्यु हुना साथ डोका बोकेर कुदाइ हाल्थे ठुले घर्तीको टोलीले !
..
केहि हप्ता समय पछी फेरी युद्धमा जानु पर्ने भयो ! यो पाली काहा के नमिलेर हो लडाकु पट्टि निकै क्षेती भो ! घाइते र मृतक लाइ बोक्दा बोक्दा हत्ते भो ठुले घर्तिको टोलि ! कमाण्डरले अब लडाई जित्न सक्दैन भनेर चुपचापरुपमा फौज लाइ पछी हट्ने आदेस दिए ! सुरक्षित स्थानमा पुगे पछी गन्ति गर्दा धेरै क्षेती भएछ ! कमाण्डरले सान्त्वना दिदै भने ‘लडाइमा हार जित कुनै नौलो कुरा होइन’ ! सहादत प्राप्त गर्ने साथीहरुलाई खाल्डोमा पुर्नु भन्दा अगाडी सबैले अश्रुपूर्ण श्रद्दान्जली दिए अनि प्रण गरे र भने सहिदको रगतको बदला लिन्छौ ! ठुले घर्ति हरु खुइ खुइ गर्दै जंगला खाल्टो खन्दै थिए ! थकाइले गली सकेका थिए ! अघिल्लो लडाइमा दुस्मन संग लुटेको तुम्लेट बाट पानि निकालेर घुटुक्क पिए र आफ्नो भागमा परेको लास लाइ गाड्नु भन्दा अगाडी येसो पल्टाएर के हेरेको थियो हात खुट्टा थर्थरी भो ! ओठ काम्यो र पुरै पृथ्बी नै फनफनी घुमेको झैँ भान भो ! थच्चक्क भुइमा बसे टाउकोमा हात लाउदै ! मन लाइ सम्हाल्दै फेरी नजिक पुगे हिजो गरेको बाचा कसम याद सम्झना सबै चलचित्रको रिल झैँ मानस पटलमा आयो ! कमान्डर छिटो छिटो गर भन्दै थियो ! संगैको साथीले लास पुरी सकेपछी आएर भन्यो के भयो ठुले ? ठुले बोलेन हैन बोल्ने सब्द नै निस्केन, बोल्नै सकेन ! साथीले पुन झकझ्कौदै भन्यो ‘हैन के भयो तलाई आज ? अनि बल गरेर लास तर्फ औलाले देखाउदै भन्यो ... मेरी... जिन्दगि ..म रित्तिए बर्बाद भए भन्दै भक्कानो छोडेर रुन थाल्यो ग्वा ग्वा गरेर .....  
..
(केहि महिना अगाडी मैले जीवनमा पहिलो पटक लेखेको कथा कस्तो लाग्यो ? पढेर प्रतिक्रियाको पर्खाइमा छु !)

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger