Sunday, November 25, 2018

धर्मको नाउँमा राजनीति कहिले सम्म ?

खांट्टी कुरा     November 25, 2018    

ईश्बी सम्बत १५२७ मा मुगल सम्राट बाबरले उत्तर भारतको अयोध्यामा मस्जिद बनाए । बाबरले निर्माण गरेको भएर उक्त मस्जिदको नाम बाबरी मस्जिद राखियो ।
 

सन १९९२ मा हिन्दु धर्मको दुहाई दिंदै रामको जन्मभूमिमा किन मस्जिद राख्ने भन्दै भारतीय जनता पार्टीले आफ्ना लाखौ कार्कर्ताहरु उचालेर मस्जिद तोडे । उक्त घटनाले साम्प्रदायिक रुप लिंदा झन्डै दुई हजार नागरिकले ज्यान गुमाउनु पर्यो । हिन्दु र मुसलमान गरि जनता दुई भागमा बिभाजन हुन पुग्यो । आज २६ बर्ष हुन लाग्दा पनि रामको जन्मभूमि भनिएको अयोध्यामा मन्दिर निर्माण हुन सकेको छैन । राजनीति पार्टीको काम भनेको जनता जुधाएर फाईदा लिनु हो । जुन काम भारतीय जनता पार्टीले गरे देखायो ।

जब जब चुनाव हुन लाग्छ त्यस पछी भा.ज.पा ले अयोध्यामा राम मन्दिर बनाउने राग अलाप्न थाल्छ । तर चाहेर पनि भा.ज.पा ले अयोध्यामा राममन्दिर बनाउन सक्दैन ।

यहि हप्ता अयोध्यामा साधु सन्तहरुको बैठकमा एक जना साधुले भा.ज.पा को नेताहरु चुनाव जितेर सरकार देखि सदनमा जाँदा धर्म निरपेक्षको सपथ खान्छन भने त्यसरी सपथ खाएका नेताहरुले मन्दिर बनाउछु भनेर कसरि भन्न सक्छन भनेर बताएका थिए । कुरो सहि पनि हो ।
हिन्दुत्वको नारा दियो भने जनतालाई झुक्याएर सजिलै संग सत्तामा पुग्न सकिन्छ जुन भा.ज.पा ले पटक पटक गरेर देखायो । अहिले त्यसैको नक्कल गर्दै भारतीय कांग्रेसले पनि हिन्दुत्वको राग अलाप्दै हिंडेको देखिन्छ । जुन पार्टीको स्थापना देखिनै धर्म निरपेक्षको नारा अलाप्छन भने त्यो पार्टीले अहिले चुनावको संघारमा आएर हिन्दु धर्मको जय भन्दै मन्दिर मन्दिरको ढोका चहार्नु भनेको जनतालाई उल्लु बनाउनु सिवाय अरु केहि पनि हैन ।
कम्युनिस्टहरुले राजतन्त्र मान्दैन । राजतन्त्रलाई सामन्तीको शासन ठान्ने कम्युनिस्टहरुले राजतन्त्र मात्र नभएर कुनै पनि धर्मको वकालत समेत गर्दैनन ।
राजतन्त्र बिना नेपालमा प्रजातन्त्र र समाजबाद फस्टाउन सक्दैन । पार्टी स्थापना गर्दा देखिनै यहि मुलमन्त्र अंगालेको नेपाली कांग्रेसले जुन बाट कम्युनिस्टहरुको संगत गर्न थाले त्यहि दिन देखि नेपालमा कांग्रेसीहरुको उधोगति सुरु भएको हो । राजतन्त्र हटाएर गणतन्त्र स्थापना पश्चात नेपालमा कांग्रेसीहरुको हरिबिजोग भएको राम्रै संग देख्न सकिन्छ ।
छिमेकी भारतमा जस्तै नेपालमा पनि हिन्दु धर्म सहितको राजतन्त्र स्थापना हुनु पर्दछ भन्दै नारा लगाउने रा.प्र.पा पार्टी हुन । एकताका सत्ता प्राप्तिको लालसामा लागेर कम्युनिस्टको सारथी बन्न पुगेको रा.प्र.पा लाई अहिले आफ्नो शाख कसरि जोगाउने भन्ने चिन्ताले पिरोलिएको छ ।
 नेपालमा हरेक कुरामा छिमेकी भारतको नक्कल गर्ने गरिन्छ । भारतीय कांग्रेसको नक्कल गर्दै नेपाली कांग्रेसका केहि नेताहरुले नेपालमा हिन्दु धर्मको वकालत गर्न थालेका छन । स्क़मय्मै त्यस्तो बुद्धि पलाएको भए र कम्युनिस्टको संगतमा नपरेको भए कांग्रेस देखि रा.प्र.पा को आज यस्तो कन्ट बिजोग देख्नु पर्दैन थियो ।
अहिले नेपालमा कम्युनिस्ट पार्टीको दुई तिहाईको सरकार छ । कम्युनिस्टहरु जुटन जान्दैनन । यो पटक पटकको घटनाले पुस्टि गरि सकेको छ । हिन्दु धर्म र राजतन्त्र रा.प्र.पा को नारा हो भने कांग्रेसले पनि अहिले आएर हिन्दु धर्मको राग अलाप्न थालेको छ तर राजतन्त्र चाहिन्छ भनेर भन्न सकेको छैन ।


हिजो आफ्ना जन्मदाताहरुले ‘राजाको गर्धन मुनि मेरो माथि’ भन्ने उक्ति सम्झेका छन र नेपालमा प्रजातन्त्र र समाजबाद फस्टाएको हेर्न चाहन्छन भने नेपालको राजनीतिमा कांग्रेस र कम्युनिस्ट नभएर कांग्रेसले रा.प्र.पा संग लगन गाँठो कस्न सक्नु पर्दछ । यदि त्यसो गर्न सक्दैनन भने कांग्रेस हुन या रा.प्र.पा यी दुबैले हिन्दु धर्मको नारा अलापेर जनतालाई  बेबकुफ बनाउला भनेर कल्पना पनि नगरे हुन्छ भन्ने यो पंक्तिकारको ठम्याई हो ।

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .