Home » » दाताहरुले भने तिनलाख दिने भन्ने बारेमा हामीलाई नसोधी किन निर्णय गरियो ?

दाताहरुले भने तिनलाख दिने भन्ने बारेमा हामीलाई नसोधी किन निर्णय गरियो ?

Written By खांट्टी कुरा on Tuesday, December 27, 2016 | December 27, 2016


१२, पौष २०७३ : घांटी हेरेर हांड निल्नु भन्ने उखानलाई वास्ता नगरी देसको ढुकुटीमा के कति रकम छ र दाताहरुले दिन्छन कि दिन्नन भन्ने कुनै लेखाजोखा नराखी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सस्तो लोकप्रियताको लागी लिइएको निर्णय अब भोलागेको बेलामा खाएको तातो पिंडालु जस्तै हुने भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष रहेको राष्ट्रिय पुर्निर्माण प्राधिकरण निर्देशक समितिको असोज १० गते वसेको वैठकले भूकम्पपीडितलाई घर बनाउन दिने अनुदान रकम दुई लाखबाट बढाएर तीन लाख रुपैयाँ पुर्‍याउने निर्णय गरेको थियो तर भूकम्पपीडितलाई घर बनाउने सरकारले दिने भनेको तीन लाख रुपैयाँ घटाएर दुई लाखमा झार्न दातृ निकायहरुले भने निरन्तर दबाब दिन थालेका छन् ।

दातृ निकायले आफूहरुसँग छलफल नै नगरी सरकारले अनुदान रकम बढाउने निर्णय गरेको र विगतको सम्झौतामा पीडितलाई घर बनाउन दुई लाख रुपैयाँ मात्रै दिने निर्णय भएको भन्दै थप एक लाख कटौती गर्न दबाब दिएका हुन् भनेर आजको नागरिक दैनिकमा समाचार छ ।

अनुदान रकम नबढाउन बढी दबाब दिनेमा विश्व बैंक, अमेरिकी सहयोग नियोग युएसएड र जापान सहयोग नियोग जाइका छन् ।
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger