Friday, November 18, 2016

निर्दयी पति, कपुत सन्तान

खांट्टी कुरा     November 18, 2016    

-जनक मान डंगोल
आमा अर्थात् हामीलाई जन्म दिने जननी जसले ९ महिना सम्म आफ्नो पलमा राखेर हुर्काए पश्चाता प्रसव पिडा सहेर यो सुन्दर धर्ती देखाई दिनु भयो ! शिसुले पहिले देख्ने र चिन्ने भनेकै आमा हो

अनेक दुख कस्ट सहेर हुर्काउने, तोते बोलि देखि ताती गरेर हिंडाउने, बिरामी हुँदा दिनरात नभनी स्याहार सुसार गर्ने आमाको ममताको बारेमा जतिनै बर्णन गरे पनि कम हुन्छ
संसारमा अर्थात यो सुन्दर धर्तीमा केहि यस्ता पति देखि कपुतहरु पनि हुन्छन जसले संगै मर्ने संगै बाच्ने कसम खाएर अग्निको सातफेरो लिएर अंगालेको धर्मपत्नीलाई आफ्नो स्वार्थको लागी मिनेटभरमै त्याग्न बेर लाउदैनन

पति त् त्यस्ता निर्दयी भए भए तर आफैले जन्माएको सन्तानले समेत जन्म दिने जननीको वास्ता गर्दैनन् भने त्यस्ता सन्तानहरुलाई सुयोग्य सुपुत्र भन्न मिल्छ ?
तर,
आमाको महानता हेर्नुस रछ्यानमा मिल्काएकि ति श्रीमती तथा आमाले आफ्ना पति तथा सन्तानहरुको फलोस फुलोस भन्ने कामना गर्न अझै पनि छाडेकी छैनन भने नारीहरु महान हुन्छन भनेर त्यसै भनेको हैन
पति तथा सन्तानको तिरस्कारमा परेको कन्चन शर्मा रेग्मी नर्शिंग पेशामा समेत आबद्ध हुनुहुन्थ्यो भने सुन्दर कविता समेत कोर्नु हुन्छ ।उहाँले कोर्नु भएको सुन्दर कविता तल प्रस्तुत गरिएको छ

कविता: ‘तर त्यो प्यालामा  आँसु उर्लेर आयो’
-कन्चन शर्मा रेग्मी
-कन्चन शर्मा रेग्मी
नखुलेको आकास
खुलेर आयो
उ सायद यो बाटो
भुलेर आयो
झर्यो त के भो ?
जाही र जुही
त्यो पलाँस मनमा
फुलेर आयो
न त् तर्न सक्नु
न त डुब्न सक्नु
यो भेल कस्तो हो
उर्लेर आयो
उनीलाई भुल्न
उठाए प्याला
तर त्यो प्यालामा  आँसु
उर्लेर आयो
तर त्यो प्यालामा  आँसु
उर्लेर आयो
..
कार्यक्रम प्रस्तोता: सुमन खरेल
सुमन खरेल अर्थात बिस्व विख्यात समाचार संस्था बि.बि.सी नेपाली बिभागको रेडियो पत्रकार देखि प्रमुख समेत भएर काम गरे पश्चात हाल सेवा निबृत हुनु भएको छ !
सेवा निबृत भए पश्चात पनि आफुले आर्जन गरेको विधालाई अझै पनि तिखारी रहनु भएकोले होला 'विधा भनेको नासिने चिज' हैन भनेर त्यसै भनिएको हैन !
कन्चन शर्मा रेग्मीले भोग्नु भएको पीडाको बर्णन सुन्न you tube क्लिक गर्न सक्नुहुन्छ

उनै सुमन खरेलले कान्तिपुर टेलिभिजनमा सुमन संगभन्ने कार्यक्रम चलाउनु भएको छ ! कार्यक्रममा तल्लो स्तरबाट आएको मानिस  बैभव र सम्पन्नताले मात्तिए पछी आफ्ना पत्नीलाई तिरस्कार गरेर घर छाडन बाध्य पार्ने रैछन भने एक पत्नी तथा आमा कन्चन शर्मा रेग्मीको जीवन कहानी र उहाँले कोर्नु भएको सुन्दर तथा पिडादायिक कविता र कान्तिपुर टेलीभिजनमा राखिएको श्रब्यदृश्य समेत आज यो ब्लगमा प्रस्तुत गरेको छु !

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .