Home » » मधेसनै नभएको देसमा मधेस र मधेसी कसरि भए ?

मधेसनै नभएको देसमा मधेस र मधेसी कसरि भए ?

Written By खांट्टी कुरा on Friday, January 01, 2016 | January 01, 2016

ई-कान्तिपथ डटकमको मिति २०७२पौष १७ गते बिहीबारको अंकमा प्रकाशित
नेपालमा खोजमुलक लेख लेख्ने धेरै लेखक तथा पत्रकारहरु होलान तर यो पंक्तिकारलाई देसको निजीक्षेत्रको लोकप्रिय दैनिक पत्रिका कान्तिपुर दैनिकमा लेख लेख्ने पत्रकार सौरभको खोजमुलक लेख अत्तिनै मन पर्छ । सौरभलाई पत्रकारिता ज्ञान प्रदान गर्ने तिनका गुरु पी.खरेलले समेत एक पटक सौरभ जस्तरी म लेख्न सक्दिन भनेर भन्नु भएको थियो । यसैबाट थाहा हुन्छ सौरभको लेखनकला

कान्तिपुर पत्रिकाको अनलाईन संस्करणमा मिति २०७१ फाल्गुन ११ गतेमा 'परिचय खोसेको कस्ले' शिर्षकमा प्रकाशित पत्रकार सौरभको लेखलाई आधार मानेर हेर्ने हो भने नेपालको सरहद भित्र मधेस भन्ने ईलाका छैन भन्ने बुझिन्छ भने मधेस भन्ने ईलाका नै नभए पछी मधेसीहरु कसरि भए ?
नेपालको पुर्बी, दक्षिण तथा पश्चिमको जिल्लाहरुले छिमेकी भारतको सिमावर्ति जिल्लाहरु लाई छुन्छ । नेपाल सरहद पारीको भारत स्वसासित प्रदेस पश्चिम बङ्गाल, बिहार, उत्तर प्रदेस देखि उत्तराखण्डको जिल्लाको सिमावर्ती ईलाकाहरुलाई मधेस भनेर पुकारिएको पाईदैन न त तराई भनेर नै भन्ने चलन छ ।

छिमेकी भारतमा मध्य प्रदेस भन्ने प्रादेशिक ईलाका छ तर मध्य प्रदेशमा रहने बस्ने भारतीय नागरिकहरुलाई मधेसी भनिदैन । त्यस्तै बिहारमा तिरहुत भन्ने ईलाका छ । तिरहुतमा बसे पछी तिनीहरु तिरहुतिया भए । तिरहुतको तिरहुतियाबाट अपभ्रंस हुँदै तराईबासी भनिनु पर्ने हो तर तराईबासी नभनेर बंगाली, बिहारी, उत्तराखंडी भनेर किन भनिन्छ ? भारतको आर्थिक नगरीमा गएर रोजगार गर्ने यी ईलाकाका नागरिकहरुलाई मधेसी नभनेर मराठीहरुले उत्तर भारतीय भनेर किन भन्छन ?

नेपालको तराई भन्नाले पूर्वको झापा देखि सुदुर पश्चिमको कन्चनपुर जिल्लाको समथर भूभागलाई बुझाउछ । पत्रकार सौरभको खोजमुलक बिश्लेष्ण अनुसार संस्कृतको तरणीको प्रचलित अर्थ कमल हो तर तरणीको मूल अर्थ पानीमा तैरिने कुनै पनि वस्तु हो, पत्करदेखि डुंगासम्म । यसैले तरणी नै तरियानीमा रूपान्तरण हुँदै तराई हुनपुग्छ । 'जुन शब्दलाई नेपालीहरूले आफ्नो मैदानी भूभागका निम्ति प्रयोग गर्छन्' (बेलायति लेखक हेमिल्टन सन १८२८ को लेख) यही कारण हो, कर्कपेटि्रक लगायत फिरङ्गी (बेलायति) हरूले त्यस दक्षिणी मैदानका निम्ति न मधेस शब्द प्रयोग गरे न तिरभुक्ति, बरु प्रयोग गरे तरियानी अर्थात तराई ।

२०६४ साल भन्दा अगाडी सम्म नेपाली राजनीतिमा मधेस र मधेसी भन्ने सब्दले त्यति महत्व पाएको देखिदैन । जनयुद्धको कथित हौवा खडा गरेर देस भित्रका आफ्नै सुरक्षा फौज संग अघोषित युद्द गरेका ने.क.पा माओबादी नामका अराजक संगठनले आफ्नो प्रभाव बिस्तार गर्न जाति पिछे राज्य दिन्छ्म भनेका थिए । त्यसैको बलमा टेकेर तराईमा २०६३/६४ सालमा उपेन्द्र यादब देखि महन्थ ठाकुर हरुले मधेसी जनाधिकार फोरम तथा तराई मधेस लोकतान्त्रिक पार्टी भन्ने दलको जन्म गराईएको हो ।

भारतिय रास्ट्रिय पत्रिकाको लागी लेख्ने पत्रकार तथा लेखक प्रसान्त झाले हालै प्रकाशित गरेको पुस्तकलाई आधार मानेर बिश्लेष्ण गर्ने हो भने मधेसी जनाधिकार फोरम देखि तराई मधेस लोकतान्त्रिक पार्टी छिमेकी भारतको ईसारामा जन्माईएको भन्नेमा कुनै दुईमत छैन । नेपालको राजनीतिक पार्टीको ईतिहास हेर्ने हो भने मधेसी मात्र नभएर अन्य सबै ठुला साना पार्टी तथा दलहरु समेत छिमेकी भारतको माटोमा हुर्की बढी राजनीति गर्नको लागी मात्र नेपाल पसेका हुन । त्यसको पुख्ता उदाहरण नेपाली कांग्रेस तथा नेपाल कम्युनिस्ट पार्टीहरुलाई लिन सकिन्छ । नेपाली कांग्रेस पार्टी २००४ साल र नेपाल कम्युनिस्ट पार्टी २००६ सालमा भारतको कलकत्तामा स्थापना गरिएको हो ।

हाल केहि दिन देखि तराईको सबै ईलाकाहरुमा मधेस तथा मधेसी जनताहरुको हक हित र अधिकारको लागी भन्दै मधेसी पार्टीहरुको मोर्चा बनाएर बन्द हड्ताल देखि सिमा नाका थुन्ने समेतको काम कार्य गरेका छन । नेपालको मुख्य सिमा नाका भारतको बिहार राज्यको चम्पारण जिल्लामा पर्ने रक्सौल तथा नेपालको पर्सा जिल्लाको ईनरुवामा पर्ने दस गजामा केहि थान मधेसी नामको मोर्चाका कार्यकर्ताहरुले नाका थुन छेक गरि बसेका छन ।

त्यतिले मात्र नपुगेर  ठ्याक्कै कुनै समयको श्रीलंकाको तमिल टाईगर अफ ईलम अर्थात लिट्टेको झल्को दिने गरि मधेस स्वराज भन्दै डाक्टर सी.के राउतलेत छुट्टै फौज समेत गठन गरेर तालिम समेत दिंदै छन । लिट्टेको माग पनि छुट्टै राज्य थियो भने सी.के राउत देखि मधेसी मोर्चाहरु समेतको माग पनि त्यस्तै प्रकारको छ । लिट्टेको जन्मदाता पनि भारत नै थियो ।
अहिलेको मधेस आन्दोलन र नाकाबन्दी पनि छिमेकी भारतकै ईसारामा गराईएको हो । लामो समय सम्म नाकामा बसी मधेसी मोर्चाको कार्यकर्ताहरुले अबरोध गर्दा छिमेकी भारतले हामीले नाकाबन्दी गरेका छैनौ । नाकाबन्दी नेपालकै मधेसी दलहरुले गरेका हुन भन्ने सुगा रटाई जवाफ दिन भने छोडेका छैनन ।

हुँदै नभएको शब्दलाई जोडजाड पारेर मधेस र मधेसी भन्ने शब्दको जन्म गराई नेपालमा बस्ने नेपालीहरुलाई दुख दिनुमा छिमेकी भारत तथा केहि पश्चिमा लागेको छन । तिनीहरुको गतिबिधि तथा क्रियाकलापले पुस्टि गरि सकेको कुरा हो यो किनभने मधेसी मोर्चा भनेर संयुक्तरुपमा आन्दोलन गर्ने मोर्चाको घटकहरु राजधानी काठमान्डौमा बसेर सर्खार संग वार्ता गर्ने बसेको बेलामा सोहि घटककै सद्भावना पार्टीका नेता राजेन्द्र महतो सिमा थुन्न जान्छन । सिमा थुन्न गएका राजेन्द्र महतोलाई खुल्लमखुल्ला समर्थन गर्नेमा नयाँ शक्ति नाम दिएर जन्माएका पुर्ब माओबादी नेता डाक्टर बाबुराम भटराई देखि जनजाती पार्टीका नेता तथा बिदेसिको समर्थनमा लेख्ने केहि थान स्वघोषित लेखक, पत्रकार देखि अधिकारबादी समेत हुन्छन भने यो कथित आन्दोलन बिदेशारुको ईसारामा गराईएको हैन भनेर भन्न मिल्दैन ।
नेपालको सरहद भित्र मधेस भन्ने इलाकानै नभएसी मधेसी भन्ने मनचिन्ते नागरिकहरु कसरि उत्पन्न भए ? नेपालमा तराई भन्ने भूभाग छ र त्यो भूभागमा बस्नेहरु तराईबासीले आफ्नो हक हित र अधिकारको लागी शान्तिपूर्ण आन्दोलन गर्नु पर्नेमा त्यसो नगरी देशकै भूभाग टुक्र्याउने हिसाबले दिनहुजसो बन्द, हड्ताल, आगजनी देखि सिमा नाका थुन्ने समेतको काम कार्यलाई जायज भन्न सकिदैन भने वर्तमान सरकारले यस्ता कामकार्य गर्नेहरु माथि रास्ट्रद्रोहको अपराधमा सख्त कानूनी कारबाही गर्नु जरुरि छ । हरेक कुरामा उत्तर तथा दक्षिणको नक्कल गर्ने हाम्रा पार्टीका नेताहरुले छिमेका रास्ट्रद्रोह गर्ने पार्टी, संस्थाका ब्यक्तिहरु माथि मृत्युदण्ड दिने गरेको छ भन्ने तथ्यलाई चै किन भुलेका छन यो चै उदेकलाग्दो बिषय भएको छ ।
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger