सन १९२५ मा मलेसियाको Alor Setar मा जन्मिनु भएका
डाक्टर महाथिर मोहम्मदलाई मलेसियाको नागरिकले 'मलेसियाको रास्ट्रपिता' भनेर भन्न
रुचाउछ्न । मलेसियामा राजतन्त्रात्मक
प्रजातान्त्रिक मुलुक हो । राजतन्त्र भएता पनि मलेसियाको नागरिकले डाक्टर महाथिर
मोहम्मदलाई उक्त मान र पदवी त्यसै दिएका भने हैनन ।
कुनै समयमा बेलायति उपनिबेसमा जकडिएको मलेसियालाई
बेलायतले छाडेर गए पछी त्यो समयको मलेसियाको आर्थिक स्थिति त्यति सबल थिएन ।
स्वतन्त्रता पछिको तिन वटा प्रधान मन्त्रीले पनि देसको उन्नति गर्न नसके पछी
डाक्टर महाथिर मोहम्मद चौथो प्रधानमन्त्रीको रुपमा सन १९८१ मा नियुक्ति भए । सन
२००३ सम्म लगातार प्रधानमन्त्री भएर देशलाई एसियाकै नमुना औधोगिक रास्ट्रको रुपमा
चिनाउन समेत सफल भए ।
२०७२ पौष १५ गते प्रदेस दैनिक हेटौडामा प्रकाशित |
डाक्टर महाथिर मोहम्मदले मलेसियालाई सफल औधोगिक
रास्ट्र बनाउन सर्बप्रथम देसबाट बाहिर रोजगारको लागि प्रबास भासिन बाध्य भएका युवा
जनशक्तिहरु लाई देस फर्किन आब्हान गरे ! ठ्याक्कै नेपालमा पंचायती सासनको समयमा भन्ने
गरिएको 'गाउँ फर्क रास्ट्रिय अभियान' जस्तै 'देस फर्क' अभियानले गर्दा डाक्टर महाथिर
मोहम्मदको कुसल नेतृत्वमा मलेसियाले दिन दुगुन्ना रात चौगुन्ना गर्दै बिकासको
फड्को मार्दै गयो । आज मलेसियामा लाखौ लाख बिदेसी नागरिकहरुले रोजगार पाएका छन र
त्यसरी रोजगारको वाताबरण मिलाउनमा डाक्टर महाथिर मोहम्मदको ठुलो देन छ । त्यहि भएर
मलेसियाको नागरिकहरुले डाक्टर महाथिर मोहम्मदलाई आदर गरेर 'मलेसियाको रास्ट्रपिता'
भनेका हुन ।
डाक्टर महाथिर मोहम्मदले सरकारी सम्पतिमा आँखा
लगाएनन । आँखा लगाएको भए भ्रस्टाचारिमा
गनिन्थे होलान । भ्रस्टाचारी नगरेको
कारणले गर्दा आज डाक्टर मोहम्मद महाथिर मलेसियाको सरकारले उपलब्ध गराएको साधारण
आवासमा बस्दै आएका छन ।
२२ बर्ष भनेको धेरै लामो समय हो । नेपालमा पंचायती सासन निरंकुस र तानासाही भयो
भनेर पंचायती सरकारको पालामा प्रतिबन्धमा परेको प्रतिबन्धित कांग्रेस तथा
कम्युनिस्टहरुले देस बाहिर देखि भित्र सम्म आन्दोलन गरे । ससस्त्र आन्दोलन गर्न
नेपालमा नेपाली कांग्रेस पार्टीले सिकाएको हो भने सामन्तीको नाउँमा ब्यक्ति हत्या
गर्न कम्युनिस्ट पार्टीले सिकाएको हो ।
बिभिन्न प्रकारको आन्दोलन गर्दा पनि आन्दोलनले
उचाई लिन नसके पछी नेपाली कांग्रेस तथा कम्युनिस्ट पार्टीका नेताहरुले भारतीय
नेताहरुलाई राजधानीमा बोलाएर राजा र ब्यबस्था बिरुद्ध भाषण गर्न लगाए । नेपालका
कांग्रेस तथा कम्युनिस्ट पार्टीहरुको आग्रह र तिनै भारतीय नेताहरुको अनुरोधमा २०४५
सालमा भारत सरकारले पारबहनको निउं बनाएर १३ महिना लामो सिमामा नाकाबन्दी लगाएको
समेत देखि भोगियेकै हो ।
हिजो नेपालका कांग्रेस तथा कम्युनिस्टहरुले जे
जस्तो नक्कल गरे आज त्यसैको नक्कल क्षेत्रीय पार्टी मदेसी मोर्चाले गरेको छ ।
मदेसलाई छुट्टै प्रदेशको माग गर्दै मदेसी मोर्चाले नेपालको मुख्य बाणिज्य द्द्वार
रक्सौल-बिरगंज सिमा नाका थुनेको पनि ३ महिना नाघी सकेको छ ।
बिकास तथा परिवर्तन गर्न अठोट र प्रतिज्ञा
चाहिन्छ । हिजो पंचायती सरकारले बिकास गरेन । जनता माथि दमन गर्यो । स्वतन्त्रता
भएन भन्दै देस भित्र तथा बाहिर बसेर आन्दोलन गर्ने नेपालका कांग्रेस तथा
कम्युनिस्ट पार्टीका नेताहरुले नेपालमा दोश्रो पटक २०४६ सालमा स्थापना भएको प्रजातन्त्र
देखि २०६४ सालमा लादिएको गणतन्त्रमा आई पुग्दा समेत देसको रास्ट्रीयता देखि
नागरिकको अबस्था किन दिन प्रतिदिन जर्जर बन्दै गई रहेको छ । विकासले किन फडको
मार्न सकेन ? युवायुवतीहरु दैनिक हज्जारौ हज्जारको संख्यामा श्रम बेच्न किन बिदेस
भासिदै छन ?
देस बनाउन मनमा अठोट बिस्वास र प्रतिज्ञा हुनु
पर्दछ तर नेपालको सबै राजनीतिक पार्टीहरुमा त्यस्तो छैन । हरेक पाईला पाईलामा
बिदेसिको आदेसमा चल्ने यो सरकार नाम मात्रको नेपाल सर्खार हो भन्ने भान दिन
प्रतिदिन नेपाली जनमानसमा पर्दै गई रहेको छ ।
देस हाक्ने पार्टीका नेताहरुले हो भने त्यसलाई
सहयोग गर्ने रास्ट्र सेवक कर्मचारीहरुले हो । नेपालमा २०४६ साल पछी देस हाक्ने
पार्टीका नेताहरु र पार्टीका नेताहरुलाई सहयोग गर्ने रास्ट्र सेवक कर्मचारीहरु
भएता पनि पार्टी देखि सरकारी कार्यालयहरुमा समेत बिदेसीहरु हावी छन । हरेक काम कुरामा
बिदेसी कर्मचारीहरुले सहयोगका नाममा हस्तक्षेप गर्छन । जब बिदेसिको ईसारामा हाम्रा
राजनेताहरु देखि रास्ट्र सेवक उच्चपदका कर्मचारीहरु नाच्न थाल्छन त्यो देसले
बिकासको फडको मार्न सक्दैन भन्ने कटु सत्य हामीले २८ बर्षमा देखि भोगी सकेका छौ ।
खोक्रो भाषण र सस्ता आस्वासनले देस बन्दैन । देस
बनाउन मनमा अठोट, उत्साह र उमंग चाहिन्छ जुन २०४६ साल पछी उदाएका र चम्केका सबै
राजनीतिक पार्टीका नेता तथा तिनका कार्यकताहरुमा छैन । हरेक तहमा तेरो र मेरो
मान्छे भन्ने प्रवृत्तिले गर्दा चाहेर पनि सरकारी रास्ट्रसेवकहरुले काम कार्य गर्न
सकेका छैनन । जो जसले देस र नागरिक प्रति बफादार भएर काम कार्य गर्न खोज्छन
त्यस्ता रास्ट्रसेवकहरुलाई भूमिकाविहीन बनाईन्छ । भूमिकाविहीन बन्नु भनेको
आत्मसम्मानमा ठेस पुर्याउनु हो भने त्यस्ता रास्ट्रसेवकहरुले बाध्य भएर पद छोडेको
घटना पनि देखिएकै हो ।
कुनै पनि ब्यबस्था र सासन नराम्रो हुन्न ।
ब्यबस्था र सासनलाई खराब बनाउने भनेको त्यो ब्यबस्था हाक्नेहरुले गर्दा हुने
भएकोले हिजोको पंचायती ब्यबस्थालाई बद्नाम बनाउनेहरु प्रजातन्त्र देखी गणतन्त्रमा
समेत मज्जैले खुल्ला राजनीति गरेको पनि देखिएकै छ । हिजो पंचायतलाई बद्नाम गराउने
घातिहरुलाई जनताले चिनेर राजनीतिबाट बिस्थापित गराई दिएको भए तिनीहरुले अहिले
खुल्ला राजनीति गर्न सक्दैन थिए ।
यस्तै तौर तरिले नेपालको सासन ब्यबस्था चल्दै गयो
भने हाम्रो देस नेपाल पनि अफ्रिकी मुलुक सुडान, सोमालिया नबन्ला भन्न सकिन्न ।
दक्षिणका छिमेकी भारत हुन या पश्चिमा शक्तिहरु नेपालमा अस्थिरता फैलाउन दिन रात
खटेका छन । नेपालमा च्याउ सरि उमारिएको गैर सरकारी संस्थाहरु त्यसको दरिलो साक्षी
बनेर उभिएको छ भने मदेसी मोर्चाको नाउँ देखि नयाँ शक्तिको नाउँमा राजनीति गर्नेहरु
अर्को पुख्ता प्रमाण हो । नेपाललाई सकेसम्म सिक्किम नसके भुटान बनाउन अहोरात्र लागि
परेका यस्ता रास्ट्रघातीहरु माथि बेलैमा अंकुस लगाईंएन भने पछी चुकचुकाउने भन्दा
अरु कुनै उपाय छैन ।
0 Comments:
Post a Comment