हतियारको माध्यमबाट सत्रु/दुस्मन संग सस्त्र लिएर लड्ने भिड्ने कार्यलाई युद्ध
भनिन्छ तर बिना हतियारको पनि युद्ध हुन्छ जसलाई 'वाक युद्ध' भनिन्छ
र यो 'वाक्युद्ध' हतियार युद्ध भन्दा
पनि खतरनाक हुन्छ भनेर भन्थे तर नेपालमा २००७ साल पछिको नेपाली राजनीतिमा हतियारको
साथसाथै वाक्युद्ध राम्रै संग मौलाएको देखिएको छ ।
क्रान्तिको माध्यमबाट मात्र समाज देखि देस परिवर्तन हुन्छ । बिना क्रान्ति देस
र समाज परिवर्तन हुन सक्दैन भनेर बिश्व कम्युनिस्टहरुको नीति र सिद्धान्तले भन्छ ।
बाहिरि देसका कम्युनिस्ट नेताहरुले आफ्नै तौर तरिकाले नीति र सिद्धान्त बनाएर र
सोहि अनुसार चले । कोहि असफल भए कोहि सफल भए तर तिनीहरुले प्राय अर्काको नीति र
सिद्धान्तको हुबहु प्रतिलिपि गरेनन । यता हाम्रो देस नेपाल देखि छिमेकी
हिन्दुस्थानमा भने बिदेसी कम्युनिस्ट नेताहरुलाई आदर्श मानेर तिनका नीति र
बिचारलाई आदर्श मानेर चलेको हुँदा केहि समयको लागी तिनीहरुले जनतालाई आफ्नो बसमा
पार्न सफल भएता पनि अन्त्यमा पराजयको स्वाद चाख्नु परेको छ । उदाहरणको लागी लामो
समय सम्म सासन गर्न सफल भएको पश्चिम बंगालको मार्क्सवादी पार्टीलाई हेरे पुग्छ ।
नेपालमा पनि जय पराजय हुने अब नेपाले कम्युनिस्टहरु पाताल धसिन मात्र बाँकी छ ।
उदाहरणको लागी सत्तासिन बाहेकका अन्य कम्युनिस्ट पार्टीहरुलाई हेरे पुग्छ र
सत्तासिन कम्युनिस्ट पार्टीहरुको हकमा पनि लामो समय सत्तामा टिक्लान भनेर कुनै ग्यारेण्टी
भने छैन ।
क्रान्तिको माध्यमबाट मात्र देस जनताको आमुल परिवर्तनको सपना देखेर नेपालका
केहि युवा युवतीहरुले छिमेकी मुलुकमा गएर बिक्रम सम्बत २००६ सालमा बिदेसी भुमि
भारतमा गएर कम्युनिस्ट पार्टीको स्थापना गरे ।२००६ सालमा नेपालका केहि
युवायुवतीहरु द्वारा जन्माईएको नेपाल कम्युनिस्ट पार्टीहरु आज कति टुक्रामा विभाजन
भएको छ त्यो सबैको नाम नामेसी यो पंक्तिकारले पनि एकिनसाथ् भन्न सक्दैन किनभने
नेपालमा कम्युनिस्ट पार्टीहरु कतिखेर जुट्छन र फुट्छन त्यसको अन्दाज र अड्कल
लाउननै कठिन छ ।
युद्धको कुरा मैले सुरुमै उठाए । नेपालको कम्युनिस्टहरुले पनि युद्धको सुरुवात
२०२८ सालमा गरेका हुन त्यो पनि हतियारबिहिन मान्छेको टाउको काटेर । अब यो युद्ध
भयो कि हत्या त्यो आफै अनुमान गर्नु होला तर त्यसरी क्रान्ति गर्ने पार्टी आज
नेपालको सबै भन्दा ठुलो कम्युनिस्ट पार्टी बनेको छ र जसलाई नेपाल कम्युनिस्ट
पार्टी एकिकृत मार्क्सवादी लेनिनवादी भनेर बिश्वले चिन्ने गरेको छ । त्यहि खेमाको
आर्को पार्टी पनि छ जसलाई नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी लेनिनबादी मात्र
भनेर भन्ने गरिन्छ । कम्युनिस्ट दर्शन र बिचार बोकेको तर नामनामेसिमा मजदुर किसान
पार्टी भन्ने पनि ब्यक्ति हत्याकै माध्यमबाट राजनीतिमा उदायको पार्टी हो । ०४५
सालमा भूकम्प पिडितहरुलाई राहत बाडन गएका पंचायती रास्ट्रिय पंचायत सदस्य माननीय
कर्ण प्रसाद ह्यौजुको हत्या गर्ने अहिलेको मजदुर किसान पार्टीका नेताहरुनै थिए ।
सेना जस्तै गरि पुराना देखि आधुनिक हतियार उठाएर ससस्त्र क्रान्ति गर्ने
नेपालको कम्युनिस्ट पार्टीमा नेपाल कम्युनिस्ट पार्टी माओबादीलाई जान्छ । माओबादी
पार्टीले नेपालमा २०५१ साल देखि २०६३ साल सम्म मच्चाएको हत्या, हिँसा, आगजनी, अपहरण, तोडफोड जस्ता
क्रियाकलापहरुको फेहरिस्त निकै लामो छ जुन बर्णन गरेर साध्य हुन्न ।
क्रान्तिकै माध्यमबाट देसको सासन ब्यबस्था परिवर्तन हुन्छ भनेर ससस्त्र
क्रान्ति गर्न नेपालमा नेपाली कांग्रेस पार्टीले सिकाएको हो र २००४ साल देखि २०३३
सालको बिचमा पटक पटक नेपाली कांग्रेसले पनि हतियार उठाएकै हो तर नेपाली कांग्रेसले
नेपालको कम्युनिस्टले जसरि 'सफाया' भन्दै व्यक्ति हत्या कहिले पनि
गरेन सायद 'समाजबाद' को सिद्धान्तको
कारणले पो हो कि ?
नेपालमा कांग्रेस देखि कम्युनिहरु कहिले पनि एक भएर मिलेर बस्न सकेनन जसको
नतिजा नेपाली जनताले पटक पटक भोग्नु परेको छ । कम्युनिस्टहरु पहिला सिस्ट भाषामा
बहस गर्छन र त्यो बहस बढ्दै गए पछी 'वाकयुद्ध' मा परिणत हुन्छ । 'वाक्युद्ध' बढ्दै गए पछी आरोप, प्रत्यारोप हुँदै व्यक्तिको मानहानी बाट गालि बेईज्जति हुँदै ताल परेको
खण्डमा 'सफाया' गर्न समेत पछी हट्दैनन्
भन्ने कुरा नेपालको हाल अस्तित्वमा रहेको तिन दर्जन भन्दा बढीको कम्युनिस्ट
पार्टीहरुले देखाई सकेका छन । यस्तै रोग २०४६ साल पछी नेपाली कांग्रेस देखि अन्य
पार्टीहरुमा पनि देखि सकिएकै हो र अझै पनि देखिदैछ ।
सिधा र सरल तरिकाले भन्ने हो भने नेपालको जेठो पार्टी कांग्रेस देखि माईलो
पार्टी नेपाल कम्युनिस्टपार्टीहरुले कहिले पनि देस र जनताको लागी क्रान्ति गरेका
छैनन । यिनीहरुको क्रान्ति त्यो क्रान्ति नभएर भ्रान्ति मात्र हो किनभने जुन
पार्टीहरुले आफैले प्रतिपादन गरेको नीटी र सिद्धान्त नभएर बिदेसीबाद र सिद्धान्त
अँगाल्छ भने त्यो त आर्काको नक्कल हो र आर्काको नक्कल गर्ने राजनीतिक पार्टीका
नेताहरुले सक्कली क्रान्ति कसरि गर्न सक्छ ? सक्कली क्रान्ति नगरे पछी देसमा परिवर्तन के कसरि हुन्छ ?
नेपाली कांग्रेसका आस्थावान हिन्दुस्थानी अहिंसाका पुजारी ‘बापु’ भन्ने मोहन दास करम चन्द गान्धी अर्थात ‘माहात्मा
गान्धी’ र नेपाली कम्युनिस्ट पार्टीहरुका आस्थावान बिदेसी
नेताहरु 'कालमार्क्स' ले यस्तो गर्नु
भाको थियो, 'लेनिन' ले यस्तो गर्नु भयो,
'माओ' ले यस्तो गर्नु पर्छ भन्नु हुन्थ्यो
भन्दै नेपाली कांग्रेस देखि नेपालको कम्युनिस्ट पार्टीहरुको देउताहरु बिदेसी
नागरिक हुन र तिनैले बोलेको वाक्य नेपाली कांग्रेस देखि कम्युनिस्टहरुको लागि
बरदान भयो र अझ सम्म पनि तिनैको फोटोमा पुजा गर्छन र तिनैको भेषभुषाको नक्कल गर्दै
आफुलाई पनि गान्धी, नेहरु, मार्क्स,
लेनिन देखि माओको भेषभुषामा पहिरिन मनपराउछन । कांग्रेसले लाउने
खादीको कोट भारतीय कांग्रेसी नेता स्व.जवाहरलाल नेहरुको पहिरन हो भने
कम्युनिस्टहरुले लाउने कोट माओको पहिरन हो ।
कम्युनिस्टहरु सर्बहारा हुन र धर्म मान्दैनन पनि भन्छन । तिनले आफ्नै बुद्दी र
विवेकले आफैले बिचार जन्माए पछी त्यो नीति बन्यो र त्यसै अनुसार चले तिनका देसका
नागरिकले साथ दियो त्यो सफल भयो तर जनताले तिनका नीति र बिचार मन नपराको भे त्यो
कदापि सफल हुन सक्दैनथ्यो ।
बिदेसिले जन्माको नीतिमा थपथाप गरेर फूलबुट्टा भरेर नेपाली कांग्रेस देखि
कम्युनिस्टहरुले नेपाली जनता माझ प्रस्तुत गरे । जनताले मन पराए तर तिनीहरुले
जोडजाड पारेको बिदेसी नीति र सिद्धान्त तिनकै पार्टी भित्रकाले मन पराएनन जसको
नतिजा हो नेपाली कांग्रेस फुटेर फेरी एक भाको छ भने कम्युनिस्ट पार्टीहरुमा भने
पार्टी एक बाट दुई, तिन हुँदै अहिले तिन दर्जन भन्दा बढीमा पुगी सकेको छ तर पनि नेपालको
कांग्रेस देखि कम्युनिस्ट पार्टीका नेताहरुले बिदेसी नागरिकलाई 'देउता' मानेर पुज्न छोडेका छैनन । यिनीहरुलाई अब पनि
नेपालको जनताहरुले साथ दिनु भनेको आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु हो ।
२००४ सालमा भारतमा जन्मेको नेपाली कांग्रेस पहिला २ पार्टी थियो । मेलमिलाप
गरेर एक पार्टी नेपाली कांग्रेस बन्यो । सत्ताको उन्मादले छत्तीसे र चौहत्तरे बनेर
दुई बनेका पार्टीलाई जनताले सत्ताबाट बाहिर गरि दिएको घटनाबाट पाठ सिक्दै पछी पुन
एक भए तर १२ बर्षे जनयुद्ध गरेर देसमा आमुल परिवर्तनको सपना देखाउने नेपाल
कम्युनिस्ट पार्टी माओबादी पार्टी आज गुट उपगुट हुँदै ५ खेमामा विभाजन हुन पुग्यो
। यो बिभाजन हुनुको मुख्य कारण भनेको नीति र बिचारको लडाई नभएर पार्टी नेतृत्व
लिनको लागी सुरुमा 'वाकयुद्ध'
र पछी त्यसैले जन्माएको 'जुँगाको लडाई' भन्दा अरु केहि पनि हैन ।
एमाओबादी बाट ड्यास माओबादी पार्टी बनाएर आफै अध्यक्ष बनेका क.मोहन गोपाल
बैद्य अझै पनि 'मिलापत्र'
गरम भनेर हिजोका आफ्नाहरूलाई याचना गर्छन । संसद छोडेर आउनुस अब
फेरी एक भएर नेपालमा क्रान्ति गर्नु पर्छ भनेर आफ्ना चेला चपेटालाई जनयुद्धकालिन
झैँ गरेर आदेस गिराउछ्न तर नेपालमा क.बैद्य जत्तिको मुर्ख र बुद्धि नभाको नेता यो
पंक्तिकारले आज सम्म देखेको छैन किनभने हिजै प्रबास दौरानमा अहिलेका क.प्रचण्ड
खेमाले 'तोरीको फुल' देखाको
देख्दादेख्दै पनि जीवनको अन्तिमक्षणमा आएर कांग्रेसी नेता बि.पीले अंगालेको 'मेलमिलाप' को 'ललिपप' देखाउदैछन ।
कांग्रेसी नेता स्व. बि.पीलाई क्यान्सर रोगले नगाजेको भए तिनले २०३३ सालमा 'मेलमिलाप' को 'अस्त्र' कदापी फ्याक्दैन
थिए । 'ज्यु रहेपो खान पाईन्छ घ्यु' भन्ने
उखान सम्झेर 'जान हे तो जहान हे' भन्दै
रुन्चेस्वरमा राजाको गर्धन मुनि मेरो माथि हुन्छ त्यसैले 'मेलमिलाप' भन्दै आफ्नो क्यान्सर लागेको ज्यु ज्यानको ओखती गर्न पाईने आसामा नेपाल
छिरेका हुन त्यो भन्दा अरु कुनै कारण थिएन किनभने स्व.बि.पी हेर्दा समाजबादी
देखिएतापनि उनि जत्तिको क्रान्तिकारी नेता नेपालमा अहिले सम्म जन्मिन सकेको छैन र
सायद जन्मिदा पनि जन्मिदैन । उनको सिंगो जीवननै सत्ता प्राप्तिको लागी ससस्त्र
क्रान्ति र संघर्षमा मा बितेको हो ।
यहि फर्मुला अहिले माओबादीका नेता क.बैद्यले आफुमा लागु गर्दैछन किनभने
साक्तिको श्रोत भनेको युवाहरु हुन जो बैद्यको नीति र नियम संग असन्तुस्ट भएर अहिले
युवा नेता क.चन्दको नेत्तृत्वमा गोलबन्द भएर छुट्टै पार्टी गठन गर्न पुगी सकेका छन
भने नेपालको कम्युनिस्टहरु हुन आफु सत्तामा पुग्नको लागी तराईको जनतालाई भ्रममा
पारेर मधेस आन्दोलन चलाएको मधेसी मोर्चा देखि कांग्रेस पार्टी यिनीहरुले गर्ने
भनेको आन्दोलन देस र जनताको लागि नभएर व्यक्तिको फाईदाको लागी मात्र हो भनेर
प्रमाणित भै सके पछि अब फेरी पनि जो जसले क्रान्ति गर्छु भनेर भन्छन भने त्यसको
पत्याउने अधार के छ ?
त्यसैले आर्काको नक्कल गर्ने नक्कले पार्टीहरुले देस र जनताको बिकास गरे कि
गरेनन त्यो आफ्नै आँखा अगाडी पटक पटक प्रत्यक्ष देख्दादेख्दै र भोग्दाभोग्दै पनि
फेरी तिनीहरुको गुलिया र चिप्ला कुरामा लाग्नु भनेको आफुले आफुलाई स्वयम धोका र
गुमराहमा पार्नु हो कि हैन ? आफ्नो फाईदाको लागी यिनीहरु जुट्छन र सत्तामा पुगेपछि
असन्तुस्टहरु फेरी फुट्छन,
तर,
यिनीहरु जुट्नु र फुट्नुमा यिनीहरु स्वयम आफु मात्र नभएर बिदेसी शक्तिहरु
पर्दा पछाडीबाट लागेका छन भन्ने कुरा २०४६ साल देखि आजको मिति सम्ममा राम्रै संग
देखिएको छ । ताजा उदाहरणको लागी एमाओबादी पार्टी परित्याग गरेर नयाँ शक्ति गठन
गरेका डाक्टर बाबुराम भटराईलाई नै हेरे पुग्छ भने अन्य उदाहरण दिनु पर्ला र ?
२०७२ माघ १३ गते शुक्रवार प्रदेश दैनिक हेटौडामा प्रकाशित
0 Comments:
Post a Comment