Thursday, October 01, 2015

देसमा थारु तथा मधेसीहरु मात्र कसरि पिडित भए ?

जनकमान डंगोल
भारतीय सिमा भित्रको सहर रक्सौलमा बसेर खाना खाएर नेपालको सिमा थुन्ने यिनीहरु सक्कली नेपाली हुन र ?  तस्बिर साभार: अन्नपूर्ण पोस्ट
बिहारमे आदिवासियों को टिकट क्यों नहीं ? भन्ने शिर्षक राखेर भारत बिहार राज्य पटनाबाट मनीष शांडिल्यले पटनाबाट बीबीसी हिन्दी डटकम अनलाईन संस्करणमा आलेख लेखेका रैछन । उक्त आलेख मध्यको केही अंश यस्तो छ ।

"नेपाल भारत सीमानाको बिहार राज्य अन्तर्गत पर्न पश्चिम चम्पारण जिल्ला अन्तर्गतको ४ ईलाकामा २ लाख भन्दा पनि बढी थारुहरु बसोबास गर्छन । ति २ लाख थारु मध्ये आज सम्म लोकसभा त परै जावोस बिधान सभामा समेत १ जना पनि थारु बिधायक भएको छैन । थारुहरुलाई कुनै पनि पार्टीले टिकट दिन चहादैनन" ।

नेपालमा दास प्रथाको अन्त्य राणा शासनकालमै भएको हो । सब्दले फरक देख्ला तर दास भन्नु र कमैया भन्नु एकै हो । नेपालको तराईका सामन्ती पुँजीपति जमिन्दारहरुले केहि बर्ष अगाडी सम्म कमैया राख्ने गरेका थिए भने नेपालको पश्चिम तराईमा कमैया तथा कम्लरी बस्नेहरु प्राय सबै थारु जातिका छन । नियमले बन्देज नलगाएको भए अहिले पनि राख्थे होलान । यस्ता जमिन्दारहरु कांग्रेस, कम्युनिस्ट देखि विभिन्न नामको मधेसी पार्टीहरु  लगाएत अन्य पार्टीमा समेत आबद्ध छन ।

२०४६ साल पछी नेपालमा विभिन्न जातजातिहरुको बिकासको लागी थुप्रै गैर सरकारी संगठनहरु खोलिए । त्यसरी खोलिएको मध्ये थारुहरुको हकहितको लागी भनेर थुप्रै थारु नेताहरुको नेतृत्वमा समेत बिदेसी लगानीमा संचालित गैर सरकारी संस्थाहरु खोलिएको छन । ति संस्थाहरु खोल्नेमा मध्ये राजकुमार लेखि देखि धनीराम चौधरीहरु अग्र पंक्तिमा पर्दछन ।

कम्लरी बाट व्यबस्थापिका संसद सदस्य जस्तो गरिमामय पदमा पुग्ने शान्ता चौधरी हुन या २००७ साल देखि आजको मिति सम्ममा थुप्रै थारुहरु मन्त्रि देखि ठुला ठुला पदहरुमा समेत पुग्न सफल भई सकेका छन । परसुनारायण चौधरी, विजय कुमार गच्छेदार देखि सुरेन्द्र प्रसाद चौधरीहरु सदाबहार मन्त्रीमा गनिन्छन भने अरुहरु पनि थुप्रै छन ।

नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक भक्ति राम माझि हुन या अन्य थुप्रै थारु समुदायका ब्यक्तिहरु निजामती, शेना देखि प्रहरीमा समेत मज्जैले अटाएका छन तर छिमेकी भारतको नेपाल भारतको सीमामा बस्ने भारतीय थारुहरुले हाल सम्म पनि नेपालमा जस्तो मौका पाएका छैनन भने सन २००८ मा थारुहरुलाई अल्पसंख्यक जातिमा राख्ने निर्णय भए पश्चात अब भने थारु युवाहरुले मौका पाउलान ।
हाल नेपालमा केहि दिन देखि तराई ईलाकामा असान्ती मच्चिएको छ । त्यो असान्ती मच्चाउने अरु कोहि नभएर छिमेकी भारतको बिहार राज्य स्थित चम्पारण जिल्लामा पर्ने नेपालको मुख्य बाणिज्यद्द्वार पस्ने रक्सौल ईलाकाका भारतीय मधेसीहरु हुन । नेपालमा असान्ती फैलाउने तत्वहरुलाई आफ्नो ईलाकामा भोजन पानीको प्रबन्ध गराई सिमा थुन्न लगाएको ६ हप्ता नाघी सकेकोछ ।

नेपालको मधेसीहरुले न्याय पाएनन, अधिकारबाट बंचित छन र सरकारी निकायमा जान पाएनन जस्ता माग राख्न लगाएर लामो समय सम्म सिमा थुन्ने देखि सीमामा उपद्रो मच्चाउने र मच्चाउन लगाउनेहरु अरु कोहि नभएर नेपाली थारु नेताहरु देखि भारतबाट नेपालमा आई बसोबास गर्ने अंगिकृत नागरिकताधारीहरु भएको पटक पटक पुस्टि भई सकेको छ ।

नेपालमा बस्ने सबै नेपाली हुन । भूगोल अनुसार हिमाल, पहाड, भित्रि मधेस देखि मधेस भनिने तराईमा बसोबास गर्ने गर्छन । निजि पेसा देखि आफ्नो क्षमता प्रदर्शन गरेर सरकारी नोकरी खान कोहि कसैलाई रोकतोक छैन भने २०४६ साल पछिको परिवर्तनमा धेरै मदेसी तथा थारु नेताहरुले मन्त्रि देखि संसद सदस्य बन्न सफल भई सकेका छन ।

नेपाल जस्तो गरिब देसमा जातजातिको बिचमा खाडल पैदा गराई विभिन्न गैर सरकारी संस्था मार्फत असान्ती उत्पन्न गराउनमा पश्चिमा सक्तिहरु सफल भई सकेको छन । उक्त कार्यलाई खुल्लमखुल्ला समर्थन देखि सहयोग गर्नमा छिमेकी भारत देखिएको छ भनेर हाल देखिएको गतिबिधिबाट पुस्टि हुन्छ ।
स्वतन्त्र भारत भनेर गर्वले शिर ठाडो पार्ने छिमेकी भारतमा दलित देखि जनजातीहरु अहिले सम्म पनि ठुला जातिहरु बाट स्वतन्त्र छैनन भन्ने कुरा समय समयमा भारतीय पत्र पत्रिकाहरुले प्रकाशित गरेको समाचारबाट पुस्टि हुन्छ तर आफ्नै देसमा बस्ने नागरिकहरुको दुख पिर तथा चिन्तालाई नजरअन्दाज गर्दै छिमेकी देसमा असान्ती मच्चाउने अधिकार छिमेकी भारतलाई कसले दियो ?

छिमेकी भारतको सबै सिमा जोडिएको देसहरु संग सुमधुर सम्बन्ध छैन । यदि भएको भए हिजोका आफ्नै सगोत्री पाकिस्तान संग पटकपटक युद्ध गर्दैन थिए होलान । छिमेकी चिन संग पनि युद्ध गरेर हार खेपेकै हुन ।

आफ्नो आंगमा भैसी नदेख्ने तर छिमेकीको आंगमा जुम्रा देख्ने हाम्रा छिमेकी भारतले अब पनि आफ्नो बिदेस नीतिमा परिवर्तन गराएनन र बिदेशी शक्तिको ईसारामा छिमेकी माथि अधिकार र हैकम जमाउने चेस्टा गर्छन भने बाह्य शक्तिबाट आक्रमण भएको खण्डमा भोलि सहयोग गर्न पश्चिमा शक्ति आउछन कि छिमेकी आउछन भनेर एक पटक ठण्डा दिमागले सोचुन किनभने पश्चिमाहरु कत्तिको अबसरबादी हुन्छन त्यो अफगानिस्थान देखि ईराक हुँदै लिबिया अनि ईजराईल जस्ता देशहरुलाई हेरे पुग्छ ।
हाम्रा तराईमा बसोबास गर्ने सबै जाति देखि थारु समुदायहरुले समेत छिमेकी रास्ट्रको नेता देखि राजनायिक हुँदै आफ्नै नेपाली नेताहरुको गुलिया र चिप्ला कुरामा लागेर आफ्नो खुट्टामा आफैले बन्चरो हान्ने काम नगर्दाकै बेस ।

१४० भन्दा बढी जातजाति बसोबास गर्ने देसमा सबै जाति देखि थरिका मान्छेहरु पिडित छन । त्यसरी पिडित हुनेमा अन्यबाट नभएर छिमेकी भारत देखि बिदेसिको ईसारामा चल्ने हाम्रा प्राय सबै पार्टीका ठुला नेता तथा तिनका कार्यकर्ताहरु हो भनेर बुझ्नु सख्त जरुरि छ ।

No comments: