Tuesday, September 08, 2015

लिम्बुहरु पनि किरातिनै हैनन र ?

केहि दिन देखि मेरो टोलमा हातमा एकतारे बाजा लिएका एकजना फिरन्ते डुल्दै हिडेका छन । हेर्दा मङ्गोलजातिका जस्ता देखिने ति फिरन्तेको निधारमा हीन्दु सन्यासीले लाउने बिभुत जस्तो देखे पछी मनमा सारै खुल्दुली लागि रहेको थियो ।
को होला यो मान्छे ? किन हाम्रो टोलमा नियमित हातमा एकतारे बाजा लिएर घर घरमा किरातेस्वर महादेवको स्तुति बजाउदै हिनेका छन ? जान्न सारै ईक्षा लागी रहेको थियो ।
मेरो घर अगाडी पुर्व ओखलढुंगाबाट बसाई सरि आएका सेनाका पुर्व जवान चुर बहादुर खत्री छिमेकी बन्न आएका छन ।  समय कटाउने मेलो भनु वा नुन तेलको जोहो गर्नलाई हो तिनले सानो घुम्ती पसल थापेका छन ।
ति फिरन्ते आज बिहान पनि आए । घुम्तीमा आएर खै नानि १ पाकेट सुर्ती दिनुहोस भनेर अनुरोध गरे । 
ति फिरन्ते सन्यासिलाई देख्ना साथ मैले विनम्रताको साथ भने तपाईको घर कता पर्यो होला ? क्षेत्री बाहुन जस्तो त देखिनु हुन्न ? के म तपाईको एउटा तस्बिर खिच्न सक्छु ।
हामि जस्तो फिरन्तेको तस्बिर खिचेर के गर्नु हुन्छ ? तै पनि तपाईको ईक्षालाई म नाई भन्दिन ।  खुन्छ खिच्नुहोस तस्बिर साथै जवाफ दिए म सुदुर पुर्व तेर्हथुममा जन्मेको लिम्बुको छोरा हु र नाम
मेरो ललित लिम्बु इंगनाम हो । मलाई संसारी बाबा भनेर पनि भन्छन
अनि कति बर्षको हुनुभयो त ?
५८ बर्ष भए बाबु ।
मेरो काका समानको हुनु हुँदो रैछ ।
संसारी बाबा
तपाई केहि दिन देखि हाम्रो टोलमा नियमित देखिनु भएको छ ।  लिम्बुको बच्चो भन्नु भयो तर हिन्दु सन्यासीले जसरि निधारमा बिभुत घस्नु भएको छ । हातमा एक तारे बाजा लिएर शिब महिमा गाउदै हिड्नु भएको छ ।  पहिरन पनि धोति कमिज देख्छु । लिम्बुहरुको त आफ्नै धर्म हुन्छ भन्छन । हामि हिन्दु हैन भनेर पूर्वका लिम्बुहरु हिजो आज कुर्लेको देख्छु । बाहुन क्षेत्रीलाई तथानाम भनेर गालि गर्छन । यो सम्बन्धमा केहि बुझाई दिनु हुन्थ्योकी ।
मैले काका समान भनेर सम्बोधन गरेको भएर होला फिरन्ते सन्यासी लिम्बुजीले भने हेर भतिज जो जसले अहिले जे जे भन्दै तथानाम कुर्लेका छन तिनिहरू सबै अज्ञानी हुन । बुझकी मान्छेले त्यस्तो कुरा गर्दैनन । लिम्बु हुन या राई यी सबै प्रकृति पुजक हुन भने किरातेस्वर महादेव तिनका ईस्ट देवता हुन साथै हाम्रो बेदले राई, लिम्बु, सुनुवार, दनुवार, मेचे, कोचे, धिमाल देखि थारुहरुसम्म एकै पुर्खाका सन्तानहरु हुन भनेर भनेको छन ।
फिरन्ते लिम्बुजिको कुरा सुनेर मलाई झट्ट काले राई अर्थात स्व.डाक्टर प्रपन्नाचार्य स्वामीको सम्झना आयो र मैले कुरा झिक्नु भन्दा अगाडिनै लिम्बुजीले भने स्वामी प्रपन्नाचार्य थाहा छ ? उहाँ पनि किराती राईको छोरा हो । मैले भने थाहा छ ।
कुरा गर्नु त धेरै नै थियो तर लिम्बुजिले म अहिले लागे भतिज । बन्दले गर्दा यता अड्केको छु । बन्द खुल्ना साथ मलाई पुर्बको किरातेस्वर मन्दिरमा जानुछ भनेर आफ्नो बाटो लागे ।
जांदाजाँदै भन्नु भो ८० साल सम्ममा नेपालमा प्रलय हुन्छ अर्थात ठुलो उथलपुथल हुन्छ भनेको छ भतिज अहिले देखिएको नेपालको असान्ती त्यसैको एउटा रुप हो । हाम्रो देसको ग्रह दसा ठिक छैन बिग्रेको छ र त्यो ठिक हुन अझै केहि समय लाग्न सक्छ ।
हैन भनु पनि कसरि ।  बिस्वास नगर्ने आधार पनि छैन ।  दिन दिने देखिएको हुलदंगा, असान्ती, मानिस घाईते तथा मृत्यु देखि तोडफोड तथा आगजनी पनि प्रलय अर्थात असान्तिकै एउटा रुप हैन र ?

No comments: