Thursday, September 10, 2015

सांढेको जुधाईमा मृत्यु हुनेत अन्त्यमा बाच्छोनै हो

खांट्टी कुरा     September 10, 2015    


जनक मान डङ्गोल/janakdangol@gmail.com 
१ हप्ता अगाडी अर्थात २ सेप्टेम्बरको दिन एउटा सानो बालकको मृत तस्बिर विभिन्न समाचारको मुख्य खबर बन्यो । बिधुतिय पत्रिकाहरु देखि सामाजिक संजाल twitter, Facebook हरुमा लाखौ लाखले छिनभरमै हेरिएपस्चात हज्जारौ हज्जारले सेयर गरिएको तस्बिरले सारा बिश्वको ध्यान आकृस्ट भयो ।

हेर्नुहोस तस्विर

तस्बिर साभार: गुगल सर्च
ति बालक को हुन ? बालक को सित कता जादैथे ? बालकको मृत्यु किन र कसरि भयो ? यहि विषयलाई लिएर सबैले आफ्नो समाचार बनाए तर त्यो घटना किन र के कसरि भयो भन्ने बारेमा कोहि कसैले पनि उल्लेख गरेनन र गर्न पनि जरुरि ठानेनन ।

संसारमा सबै भन्दा सक्तिसाली देस कुन हो भनेर सोध्ने हो भने सबैले एकै स्वरमा USA अर्थात संयुक्त राज्य अमेरिका भनेर जवाफ दिन्छन । सक्तिसाली भए पछी बिश्वका सबै देसले उसको अधिनमा बस्नु पर्छ भन्ने अमेरिकी सोच भएर होला अमेरिकाले समय समयमा आफ्नो शक्ति परिक्षण गर्ने गर्दछ ।

अमेरिका यस्तो देस हो जो हरदम अनेक थरिको किचलो झिकेर संसारमा लडाई झगडा गराउन व्यस्त हुन्छ । बर्षौ बर्ष देखि संसारले यस्तै देखेका र भोगेका छन र अझै भोग्दै पनि छन ।
यो पंक्तिकार सानो छँदाको स्कुले जीवनमा गुरुहरुले प्रश्न गर्नु हुन्थ्यो 'संसारको सक्तिसाली देसहरु कुनकुन हुन ? हामि जवाफ दिन्थ्यौ 'रुस र अमेरीका' । यी दुवै देसहरु बिभिन्न गणराज्यहरु मिलेर बनेको भएर नै अगाडी संयुक्त भन्ने सब्द राखिएको हो ।

अमेरिका धुर्त एवम चलाख छ र आफु भन्दा सक्तिसाली अरु कसैलाई हुन दिन्न त्यहि भएर सन ३० डिसेम्बर १९२२ मा एक भएर बनेको सोभियत रुसलाई सन २६ डिसेम्बर १९९१ मा छिन्नभिन्न बनाउन सफल भयो किनभने एउटा जंगलमा दुईटा शिंह बस्न सक्दैन भन्ने उखानै छ नि ।
आफु समानको सक्तिसाली देस सोभियत रुसलाई छिन्नभिन्न बनाएर नपुगे पछी कम्युनिस्टहरुले राखी दिएको नाम 'साम्राज्यबादी' अमेरिकाले एसियाको बिभिन्न देसमा आँखा गाडन सुरु गरेको पनि देखिएकै हो ।

हिजो सोभियत संघको लागी लडन भनेर अमेरिका द्द्वारा भित्रभित्रै तयार पारिएको लडाका मुजाहिद्धीन भन्ने ओसामा बिन लादेनहरुको फौज पछी गएर हालको बिस्वको नम्बर १ आतंकबादी संगठन अलकाईदामा परिणत भयो । ओसामा बिन लादेन पनि सोभियत रुसको पतन पछी पस्चिमाहरुको लागी नेपाली उखान 'काम सकिए पछी ठाँडो' भई सकेको थियो ।

हामीहरुलाई सोभियत रुसको पतनको लागी मात्र प्रयोग गरिएको रैछ भन्ने अमेरिकाको सक्कली अनुहार थाहा पाए पस्चात बिन लादेनहरु अमेरिकाको घोर सत्रु बनेर निस्किए पछी बिन लादेनलाई आतंककारीको नाईकेको तक्मा भिराई दिने पनि अमेरिकिहरुनै हैनन र ?

ईराकी रास्ट्रपति सद्धाम हुसेनले रासायनिक हतियार राखेको छ भन्ने निउँ बनाएर ईराक माथी हमला गरेर सद्धाम हुसेनलाई क्रुरतापुर्वक हत्या गर्न देखि लिएर लिबियाको रास्ट्रपति कर्नल मुअम्मर गद्धाफीलाई पनि सद्धाम हुसेनकै हालत बनाउने पनि पस्चिमाहरुनै थिए । ईराक युद्द पस्चात रासायनिक हतियार किन फेला परेन भनेर आज सम्म कसैले सोध्ने जमर्को गरेका छैनन । यदि खाडी देशहरु एक भएर पश्चिमा माथि किन र के को लागी ईराक युद्ध गरियो भनेर प्रश्न गरेको भए लिबिया देखि सिरियामा आज हिँसा फैलिदैन थियो ।

अमेरिका एक्लैले सारा बिस्वमा आफ्नो हैकम जमाउन नसक्ने भए पछी अमेरिका जस्तै सक्तिसाली आफ्ना घनिष्ट मित्र देसहरु बेलायत, फ्रान्स, जर्मनीहरु समेतलाई मिलाएर तयार पारिएको गठबन्धन सेनाले आज खाडी रास्ट्रहरुमा क्रुरतापुर्वक हमला गरेर मानबअधिको ठाडो उलंघन गर्दैछन भन्ने उदाहरण वर्तमानको सिरिया घटनाले देखाउदैछ ।

लोकतन्त्र हुन या प्रजातन्त्रमा जनताको मतको ठुलो भूमिका हुने गर्दछ । जनताको मतले चुनिएको रास्ट्राध्यक्षहरु मध्ये जो जसले अमेरिकाको बर्खिलाप गर्छ ति ति देसहरुमा अनेक तिकडम गरेर देसै ध्वस्त बनाएको उदाहरणमा पर्दछन एसिया देखि अफ्रिकाको विभिन्न देसहरु ।
आतंकबाद जन्माउने पनि आफै अनि आतंकबादलाई हुर्किन दिनु हुन्न पनि भन्ने दोहोरो चरित्र बोकेका पस्चिमा देसहरु अनि ति देसहरुको नाईके अमेरिकाले दोहोरो भूमिका ननिभाएको भए आज अफगानिस्तान देखि सिरिया हुँदै नेपाल समेतमा अस्थिरता फैलिदैन थियो ।

जुन देसमा असान्ती हुन्छ र त्यो असान्तिले हिँसा भड्किन्छ त्यस पछी ति देसका नागरिकहरु बाच्ने उपाय खोज्दै सुरक्षित देसहरुमा जान चाहन्छन । आफ्नो प्यारो जन्मभूमि छाडेर जाने रहर कसैलाई पनि हुन्न ।

जानाजानी हिँसा र अराजक फैलाई दिये पछी नागरिकहरु सरणार्थी बन्न बाध्य हुन्छन । त्यसरी सरणार्थी बन्दै सुरक्षित मुलुकमा जानको लागी मानिस तस्करी गर्ने गिरोहको सरण पर्नु पर्ने बाध्यता छ ।

मानव तस्करिहरुले सिधै हवाई सेवाबाट सरणार्थी बन्न बाध्य भएका नागरिकहरुलाई युरोप अमेरिका लैजान सक्दैनन । जानाजानी खतरा मोलेर समुन्द्री बाटोबाट यात्रा गर्न बाध्य पार्दछन । त्यसरी समुन्द्री मार्ग प्रयोग गर्दा दुर्घटनामा परेर आज सम्म हज्जारौ हज्जार नागरिकहरुले ज्यान गुमाई सकेका छन ।

जुन बालकको मृत तस्बिर आज पत्र पत्रिका देखी सामाजिक संजालमा छायो त्यो पनि हिँसाको चपेटामा परेर आफ्नो र आफ्नो परिवारको सुरक्षित भबिस्यको खोजीमा पसेका ति अभागी सिरियाली नागरिकको थियो ।

सिरियाली रास्ट्रपति बसर अल असद तथा आन्दोलनको एक दृश्य 

सिरियामा बसर अल असदको सरकारले मानव अधिकारको हनन गर्यो भन्दै कथित मानवाधिकारको दुहाई दिंदै अमेरिकी गठबन्धनको ईसारामा सिरियामा हिँसा र अराजक नफैलाएको भए ति बालकले अकालमा मृत्यु बरण गर्नु पर्दैन थियो होला ।

आज संसारमा असान्ती फैलिनुमा जति अमेरिका तथा उसको गठबन्धन देसहरु  दोषी छन त्यतिकै दोषी रुसीहरु पनि छन । जसरि अमेरिकाको पछाडी उसलाई समर्थन गर्ने सक्तिसाली  पश्चिमा देसहरु छन त्यस्तै रुसको पछाडी पनि अर्थतन्त्रमा दोश्रो नम्बरको देस चिन देखि ईरान हुँदै उत्तर कोरिया समेत पर्छन ।
परमाणु अस्त्रले मत्त हाती जस्ता यस्ता देसहरु हुन्जेल संसारमा कहिँ कतै पनि सान्ति हुन्न । सान्ति स्थापना गराउने भनेर खोलिएको बिस्व संस्था संयुक्त रास्ट्र संघ पनि यिनै ठुला देसहरुको ईसारामा नाच्न बिबस छन ।

आज संयुक्त रास्ट्र संघ सक्तिसाली निकाय भै दिएको भए र नियम उलंघन गर्ने देसलाई कारबाही गर्न सक्ने हुत्ति राख्थ्यो भने संसारमा अमन चमन कायम हुन्थ्यो होला । संयुक्त रास्ट्र संघ भनेको सरणार्थीको पहिचान गरेर रासन पानि भर्दिने संस्था मात्र हो र ?

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .