Monday, July 14, 2014

हरुवालाई बरिस्ट पद दिने काम ठिक हैन !

(तस्बीर साभार: विकिपिडिया बाट)
देसको दोश्रो ठुलो पार्टी एमालेको आन्तरिक पद बाडफाडको लागी चुनाव भो ! अहिले भोट गंदैछन ! यो पालीको जस्तो खास्साको 'प्रहसन' भन्ने कि 'नाटक' अहिले सम्म नेपाली जनताले देखेका थिएनन त्यो चैँ देखाई दिए ! 

जनताको पार्टी ! अहिले पनि घर देखि टोल हुँदै देसै भरि आदर र मान गरेर एमालेलाई हेर्छन ! अहिलेका ति टाउका पुग्ने भाखा नाघेका ओखती जस्ता नेताहरुले गर्दैमा मात्र एमाले यो स्थितिमा आई पुगेको हो ?

लाखौ लाख कार्यकर्ता र करोडौ जनताको मायालाई लात हानेर जुन अत्यन्त घटिया काम गरे त्यसलाई हाजमोलाले झैँ पचाउन सक्लान त नेपाली जनता देखि तिनका कार्यकर्ता सम्मले ?

अब कुन मुख लिएर भोट माग्न आउछन जनताको दैलोमा ? गोरु झैँ एकआपसमा सिंगौरी खेल्ने यस्ता नेताहरुले हाँकेको पार्टीले न पार्टी उभो लाग्छ न देसले निकास पाउछ !

एमालेमा आँटिलो युवा ने एकजना पनि छैनन यो कुरा दाबीको साथ् भन्न सक्छु म ! हिजो टिके पद्धति नबसालेर चुनावबाट नै नेतृत्व छान्ने गरेको भए आज गुटदेखि प्यानलको जन्म हुँदैन थियो !
२०३६ साल देखि हेरिदैछ नेपालको कांग्रेस र कम्युनिस्टहरु लाई ! हिजो जनताको घरमा खोले फाडो खाने नेताहरुको लागी आज कास्मिरी बासमती खल्लो लाग्न थालि सकेको छ ! यिनले जनता सम्झेको भए यो नाटक देखाउदैन थिए !

पद र पैसा भनेसी कति सम्म गिर्दा रैछन यो कुरा २०४८ साल पछी नेपाली जनताले देख्दै आएका छन भने आज जे जति नाटक देखिदैछ त्यो नाटक मन्चन गर्नेमा ठुलो सहयोग गर्ने पनि जनता र कार्यकर्तानै हुन ! पटकपटक चुनाव जिताएर सत्तामा नपुर्याई दिएको भए अहिलेकाहरुले यस्तो घटिया हर्कत पक्कै पनि गर्न सक्दैन थिए !

रास्ट्रपति खानुस भनेर मोल्मलाई गर्छन ! रास्ट्रपति भन्ने त्यो सर्बोच्च पद के एमालेको पेवा हो ? त्यसैले चुनाव भयो ! मत गंदैछन तर मत परिणाम पश्चात हार्ने हरुवाहरुलाई बरिस्ट पद हैन घरको बाटो देखाई दिएन भने फेरी आर्को महाभारतको रचना सुरु गर्छन ! एमालेको सबै युवा नेताहरुलाई चेतना भया !
..
janakdangol@gmail.com