Saturday, June 28, 2014

किन अर्काको धर्म र संस्कृतिमा हमला ?


रोगीको लागि उसिनेर, भोगिको लागि साँधेर, सेकुवा, पकुवा, छोइला, कचिला, तखला (नेवारी भोजमा बनाइने परिकार) पोलेर, तारेर, फ्राई गरेर, भुटेर, झोल हालेर, लेदो बनाएर, तुर्लुंग झोल हालेसी गोरा भाषा भनिने सुप देखि सिंक कबाब, मुग्लाइ, भेजा फ्राई, गिदी फ्राई, ह्याकुलो देखि जिब्रो फ्राई, धुलो पिठो पारेर किमा भन्ने जिनिसलाइ पिठोको डल्लो भित्र चोर लुकाको जस्तो गरि लुकाएर बनाको जिनिस ममचा भन्ने मोमो देखि ४ बिस भन्दा पनि माथिको जिनिस बन्ने १६ बर्षे बत्तीस लक्षणयुक्त त्यो प्रिय बस्तु मटन, बफ, पोर्क देखि चिकेन सम्मलाइ छप्काएर, रेटेर, घोपेर, चुटेर, कुटेर लखेटेर ढुंगाले हानेर आदि आदि इत्यादि जे जे गरेर भए पनि ठिक पारेर तह लाउँन लाइ माथि जेमराज प्रभुका काज फिर्ता नपठाए सम्म त्यो मासु भन्ने जिनिसको परिकार मुखा पर्ने हैन !
तर,
जुन दिन बाट नेपाला डेमोक्रेसी भन्ने त्यो अल्छिना सब्द के भित्र्याको थिए त्यस पछी अरु बेला हैन जब मुलुकां चाडपर्व सुरु हुन्छ अनि देउसीरे देखि भैलिराम भट्याउन सुरु गर्छन त्यो पनि निशुल्क हैन ससुल्कको को साथ ! कहिले युरोले कहिले पाउन्ड़ेले अनि कहिले डलरेले लाल लाल आँखा पार्दै भट्याउन सुरु गर्छन ‘पशु बलि दिन पाइदैन, पशुको अधिकार हनन गर्न पाइदैन, पशुको हक अधिकारको रक्षा गरौ’ आदि !
हिजो पशुको ठाउँमा नेपाली जनतालाई पशुलाइ भन्दा पनि अमानविय तरिकाले रेटेर, कुटेर, चुटेर, लैला मजनु फिलिमको स्टाइला मजनुलाई जस्तरी ढुंगाले हिर्काएर, जिउमा पत्तिले चिरेर, पत्तिले चिरेको ठाउँमा सितल होस भन्दै ज्यानमारा खुर्सानी मिश्रित नुन दलेर यातना दिंदा ति युरो, पाउन्ड, डलर देखि आइ,सी, यान, वान, युवानका हुक्के, बैठके, ढोकेर चम्चेहरु कुन दुलामा पसेका थिए ?
नेपाल भन्ने देस बिस्वको एक मात्र हिन्दु रास्ट्र हो भन्ने कुरा नाक चुच्चे देखि नाक थेप्चे, सेता मगुराली देखि काला मगुराली सम्म लाइ कन्ठै थाहा छ ! सय भन्दा माथिको जातजाति बस्ने देसमा सय भन्दा माथिकै चलन र संस्कृति छ ! कोहि देउता मान्छन, कोहि अल्लाह भने कोहो ओम माने पेमे हुँ भन्छन ! यहि बकुलाको हुलमा ‘जय मसि’ भन्दै केहि थान कागको बथान पनि नआको काहा हो र ! कागको जातै बैगुनी ! काँ काँ गरेर कोइलीको फुल चोर्दै बच्चा कोरल्दै बथान बढाएर उल्का गरेका छन !
आ-आफ्नो संस्कृति र परमपरा अनुसार दसैँ तथा अन्य केहि चाडपर्वहरुमा देउता लाइ सक्नेले पन्चबलि नसक्नेले गच्छे अनुसारको बलि दिने गरेका छन भने इस्लाम मान्नेले पनि सक्नेले उँट नसक्नेले खसी, भेडा, कुखुरा कोर्बान (हलाल) गर्ने गर्छन ! न हिन्दुको धर्ममा इस्लामले बिरोध गर्याछन भने न हिन्दुले इस्लामको धर्ममा !
तर,
प्रभुको सिदा खाएर अर्काको धर्म र संस्कृतिको बिरोधमा गीता गाउन यी संसारकै अलोकप्रिय असान्ती 'जय मासिका सन्तान' हौँ मनुवाहरुलाई कसले दियो ? अनि के तिनी हरुले चैँ मासु खादैनन र ? बेलुका होस या बिहान कुनै पनि समयमा तिनीहरुको भाखा भन्ने हो भने ब्रेक फास्ट, लन्च, स्न्याक्स देखि डिनर सम्मको परिकारमा ९०% भन्दा माथिको जिनिसा पाक्नेनै त्यै मिट भन्ने मासु हो कि हैन ?
खसी, बोका, बाख्रा, भेडालाइ मटन, कुखुरो,कुखुरी लाइ चिकेन, काली राँगा भैसीको सन्तानलाइ बफ हुँदै गोरा, काला सुँगुर बंगुरलाइ चैँ पोर्क भनेर नाम राख्नेहरुले ति जिनिसलाइ मारेर खान्छन कि जिम्दै खान्छन ?
सबैले एकपटक सोध्ने बेला भनर ?
जनक मान डंगोल,janakdangol@gmail.com


No comments: