Home » » यो लुटको धन फुपुको श्राद्धको अन्त्य कहिले हुन्छ ?

यो लुटको धन फुपुको श्राद्धको अन्त्य कहिले हुन्छ ?

Written By खांट्टी कुरा on Saturday, May 03, 2014 | May 03, 2014

(तस्बिर साभार: फेसबुक बाट)
तपाइले नयाँ जीवन पाउनु भाको छ ! अब समयमा खाना र औषधि खाने, मुख बार्ने ! भिडभाडमा नजाने ! धेरै धपेडी नगर्ने ! नियमित चेक जांच गर्ने ! नेपाल देखि बिदेस सम्मको डाक्टरहरुले पटक पटक दिएको नसिहद हो यो एमालेको नेता क.खड्ग प्रसाद वली अर्थात के.पी.वलीज्युलाई !
यस्तरी कडारुपमा दिएको डाक्टरहरुको आदेस तथा नसिहदलाइ लत्याउदै हिड्दा के.पी.वली पटक मृत्युको मुखमा पुग्दै फर्किंदै गरेको दृश्य धेरै पटक देखियो ! निजको ठाउँमा अर्को कुनै गरिब नेपालीको छोरा भएको भए बार्षिक पुण्यतिथि मनाको धेरै पटक देखिन्थ्यो र सुनिन्थ्यो होला !
भगवानको कृपा र आशिर्वाद अनि जनता देखि प्रसंसकहरुले पटक पटक गरि दिएको पुकारा तथा प्राथनाले गर्दा निज के.पी.वली आजको मिति सम्म बाच्न सफल हुनुहुन्छ तर पनि आफ्नो अमुल्य जीवननै धरापमा पारेर राजनीति गर्नुको के फाइदा ?
अमुल्य जीवन भन्दा के सत्ता, पद र कुर्चि ठुलो हो मानव जीवनको लागी ? देस देखि बिदेस सम्म चर्चित एक नेता हुन के.पी.वली ! पार्टी देखि केन्द्रिय राजनीतिमा दखल छ ! यसो भन्दैमा राज्यको ढुकुटी रित्याउदै पटक पटक जीवन दान थाप्नुको के औचित्य ?
नेपालमा आज पनि करोडौ गरिब जनताले १ चक्की सिटामोल देखि जीवनजलको अभावले बिना कारणको मृत्यु व्यहोर्न परेको कुरा सत्तामा बस्ने सत्तासिन देखि सम्पूर्ण राजनीतिक पार्टीका ठुला देखि साना तह सम्मका नेताहरुलाई के कन्ठै नभाको हो र ? अन्यको कुरा के गराई भो निज के.पी.वली समेतलाइ यो कुरा कन्ठस्थ छ ! बिकट पहाडका गाउँ टोल देखिसमथर स्थलको मोहल्ला सम्म चप्पा चप्पा घुमेर राजनीति गरेको व्यक्तिलाइ यस्ता यावत कुराहरु थाहा हुँदाहुँदै पनि राज्यको ढुकुटी रित्याउदै औषधि उपचार गर्दा करोडौ गरिब जनताको दैनिक जीवनमा समेत प्रत्यक्ष असर पर्छ भन्ने कुरा व्यक्ति, पार्टी देखि सरकार सम्मले किन बुझ्दैनन ?
नेपाली जनताहरुले गाँस काटेर करको रुपमा बुझाएको धन के यस्तै नेताहरुको औषधि उपचारमा मात्रै खर्च गर्नलाई असुली गरिएको हो ? पटक पटक ठुला नेता देखि पहुँचवाला सरकारी नोकरशाहीलाइ यस्तरी सरकारी धन खर्च गर्नु भनेको 'लुटको धन फुपुको श्राद्ध' जस्तै हो कि हैन ?
..


©जनक मान डंगोल janakdangol@gmail.com बि.स.२०७१ साल बैसाख २० गते शुक्रबार
पेज मन पर्छ भने www.facebook.com/khattiuro लाइ LIKE गर्नुहोस !

Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger