Home » » काउँरेस र कम्लिसलाई बेलैमा चेतना भया !

काउँरेस र कम्लिसलाई बेलैमा चेतना भया !

Written By खांट्टी कुरा on Monday, May 26, 2014 | May 26, 2014

संखुवासभाको गवैया गुरुङले एकताका वारि जमुना पारी जमुनाभनेर गीतको भाखा हाल्दा नेपाली देखि बिदेसीले समेत कम्मर मर्काइ-मर्काइ नाच्या पनि हिजैजस्तो लाग्च ! नेपाले गोर्खेले त भाषा जानेको थियो र ताल टिपेर कम्बर हल्लायो तर बिदेसिलाई के थाहा ? तैपनि सक्कल बमोजिम नक्कल गरे ! नाच्दातालको ठाउँमा बेताल भो !

कम्पनी देस हिन्दुस्थाना पनि हिजो सम्म पश्चिमाको ताला नाच्ने केजरिवाल भन्ने मुन्चीले जब प्राबिधिक विधालाई लात हानेर समाज सेवा भन्ने हात्तीदन्ते विधाको दोकान थापे ! बिज्ञापन बिना हिजाज जस्तै सुकै अस्सली माल पनि बिक्न गारो हुने यो जमानामा समाज सेवामा राच्निती भन्ने विधा मिसाएर घनघोरसित बिज्ञापन गरे !
तिनका एकजना गुरु पनि छन्, उ जमानामा सेनाको मटर हाक्ने दर्जा चैँ हल्दारी चालक ! महात्मा गान्धीको भुतले समातेको भएर खिसिक्क हुनासाथअनसन नामकोभोक हड्तालको अस्त्र फालिहाल्ने ! काहाँको गुजराती बापू गान्धी अनि काहंकोमराठी मानुष हजारे ! तर पनि अनसनको दोकान नामको सिरियल बनाए ! सुपर हिट पनिभयो किन भने सिरियल बनाउँदा चाहिने टेक्निसियनभन्ने प्राबिधिकहरुमा एकसे एक डलरे खेतिवाल केजरिवालहरु देखि कालाकोटेहरका फौज सम्म थिए !
चिनि धेरै खायो भने तितो हुन्छ ! आच्कलको चिनीले ता झन् जिन्दगीभर निकोनहुने रोग डाइबेटिककि के जाती पनि पो निम्त्याई दिन्छ ! झाडु लाएर भ्रस्टाचार बढार्न सुरु गरेका केजरिवाललाई कल्युगे गान्धीहजारेले न तसमर्थन दिए न त आसिख ! कांग्रेसको शासनले वाक्क भाका युवा देखि बुढा सम्मकोफौजले होस्टेमा हैसे गर्नासाथ राजधानी दिल्लीको बिधान सभामा धेरै सिट २८ को जितालु बनेर देखाई दिए तर बहुमत ल्याम्न चैँ सकेनन् ! सत्तासिन कौरेसको गठबन्धन पार्टीले सरकार चलाउनु भनेर लिखितमको साथ समर्थन दिए, सरकार पनि हाँके तर घमण्डले फुलेको भ्यागुता बन्दा न सर्खार चलाउन सके न भर्खरैको चुनावमा सोचे अनुसार बिजयी बन्न सके !
नेपाली सुपर हिट उखान छ कि थुतुनो जोगाम्नु कि मुतुनो जोगाम्नु भन्ने ! बिना आधार, बिना साक्षी र प्रमाण बिना भाजपाको ठुला नेता नितिन गडकरी त भ्रस्टाचारी होभनेर जनतादेखि मिडियाको अगाडी के कुर्लेका थिए आज त्यहि खोकाइले झ्यालखाना गए ! दिमाखा गिदी भाको मुन्च्चिले पहिले सबुद र प्रमाण अनि साक्षीको साथ जुटाएर अदालतदेखि जनता सम्मलाई देखाउथे तर त्यसो गर्नसकेनन ! झाडु लिएर दिल्ली देखि देसै भरिको भ्रस्टाचाररुपी कसिंगर बढार्न निस्क्या मुन्च्चि आज आफै झ्यालखानाँ सक्कली धुलो कसिंगर बढार्न पुगे !यस्तोलाई भनिन्छ उतैको भाखा अनाडीअर्थात गिदी नभाको मुन्च्चि !
राच्च्निती भनेको जान्नेको लागी श्रीखण्ड हो भने नजान्नेको लागीखुर्पाको बिंड ! भर्खरै सम्पन्न भएको भारतको लोकसभाको चुनावमा भारतीय जनतापार्टी र उसको गठबन्धनले अत्याधिक बहुमत ल्यायो, ल्याम्न त ल्यायो तर किन र कसरि ल्यायो त ?
जुन देसको युवा जागरुक हुन्छ त्यो देसमा जे पनि सम्भव हुन्छ ! हर हरमोदी, घर घर मोदी भन्ने नारालाई ब्यापक रुपमा तल्लो तह गाउँ टोल समाज देखि सहरसम्म पुर्याए ! सामाजिक संजाललाई पूराका पुरा उपभोग गरे ! जताततै कमलको फुल र मोदीमय बनाए ! माथिनै उल्लेख गरिएको छ, अहिलेको समय भनेको बिज्ञापनकोसमय हो ! जसरि आम आदमी पार्टीको केजरिवाललाई रातारात चर्चित बनायो त्योभन्दा दोब्बर तेब्बर चर्चित बनायो भाजपा र मोदीलाई बिज्ञापनले ! अन्तिममा नतिजा बिश्वले राम्रै संग देखे !
मेरो बाजेले घ्यु खाए नपत्याय मेरो हात सुंघ भन्ने तौर तरिकामा बसेको भारतीय कांग्रेसले यो पाली सुपर फ्लप खानुको कारण पनि यहि नै हो ! समयकोमाग अनुसार जो चल्न जान्दैनन त्यस्ताको हविगत यस्तै हुन्छ ! राच्च्नितीमा साम, दाम, दण्ड र भेद अर्थात चार नीतिको सख्त जरुरी हुन्छ ! जो यी चारकलामा पारंगत हुदैनन् त्यस्ताले राच्च्नीती गर्नुको कुनै तुक छैन ! दाम देखाएर बहुमत आउने भए उत्तर भारतका बिहार देखी उत्तर प्रदेस सम्मकोमैंहुँ भन्ने ठुला क्षेत्रीय पार्टीहरु पाहा भ्यागुता पछारिएको जस्तै गरी अबस्य पनि पछारिदैन थिए !
यता हाम्रो देसा पनि जनताले माया गरेर एक, दुई, तिन बनाको पार्टीहरु  हिजाज जनता प्रति अनुत्तरदायी हुँदै छन ! जनघाती देखि रास्ट्र बिरोधि काममाअब्बल हुँदै जान थालेको छ ! जनतालाई शुसासन दिनुको बदला उल्टो सर्खाराट बाहिरिन्छु भनेर धम्कीपो दिन्छन गाँठे ! काला गए गोरा आम्च्चन सुसिलदा हुत्ति नभए छोडे हुन्छ सर्खार’ ! जसरि छिमेका अहिले मोदिमयभाकोथ्योअस्ति नेपालाँ नि जनताले रुखदेखि घाममयबनाइदेकोथ्यो ! बरुनामर्दकोजोई हुनु भन्दा मर्दाको कमारो हुनु जातिभन्चन जनताले, त्यसैले यस्तै पारा देखाउदै गो भने जसरी दक्षिणी छिमेकाँ त्याहाँका जनताले कांग्रेस र कम्निस्टलाई तोरीको फुल जस्तरी कमलको फुल देखाउदै केजरिवाल्को झाडु खोसेर बढारे ! सक्कल बमोजिम नक्कल गर्ने बानी जो परेको छ यता पनि ! त्यस्तै गरि नेपालानि त्यो दिन नआउला भन्न सकिन्न ! जनता यिनै हुन र पार्टी यिनै हुन ! नत्रपछी फेरी ..अगी जानीन, पछी मानिन, बाघ लाग्यो घिच्याउन, … लाग्योचिच्याउन होला ! बेलैमा चेतना भया !
~janakdangol@gmail.com
www.chandrasoorya.com को ब्यंग्य बिघामा प्रकाशित !
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger