(तश्विर साभार:नेपाल प्रहरीको फेसबुक पेजबाट) |
जो आफ्नो नैतिकतामा उच्च छ शिर निहुर्याउन
जान्दैन त्यस्ता रास्ट्रसेवकको लागी हुने अन्तिम निर्णय भनेको नै पलायन हुनु हो तर
कसले बुझ्छ यस्ता कुराहरु ! सजिलै संग भन्छन सामना गर्न नसकेर पिठ देखाएर हिड्ने लाछी
र नामर्द भनेर !
अब एकै बिकल्प छ SSP रमेस खरेलज्यु
माथि ! कि आत्मस्वाभिमानलाई तिलान्जली दिंदै नैतिकता बिहिन बनेर भ्रस्टहरुको चाकडी
बजाउने कि बिभाग र आफ्ना सहकर्मीलाइ हेरेर तुरुक्क दुइ थोपा आँसु चुहाएर पलायन
हुने ! यो भन्दा अरु बिकल्प के नै छ र ?
२०१२ सालमा जन्माइएको प्रहरी ऐन देखि २०३३ सालमा
लागु भएको प्रहरी नियमावलीले प्रहरी संगठनको कर्मचारीहरुलाई बधुवा मजदुर जस्तो
बनाइ दिएको छ ! जसले पढेको छ, बुझेको छ र देखि भोगेको छ त्यसलाई मात्र थाहा हुन्छ
नेपाल प्रहरीको ऐन र नियमावलीको बारेमा ! अरु निजामति कर्मचारीहरुले जस्तरी नेपाल
प्रहरीले न बोल्न पाउछन न अन्य गतिबिधि गर्न किनभने छिमेकी भारतमा जस्तरी नेपालमा प्रहरी
संगठनका सदस्यले युनियन खोल्न पाउदैन ! नेपाल प्रहरीमा पनि आज युनियन खोल्ने
सुबिधा भै दिएको भए ऐन देखि नियमावलीलाइ संसोधन गर्थे होलान !
पुलिसको जागिर भनेको 'चौबिसै घण्टा घांटी माथी
झुन्ड्याई देको तरवार' जस्तै हो ! भर्ना भएको दिन देखि अवकास भएर नहिडदाको क्षेण सम्म
त्रासै त्रासमा बिताउनु पर्ने कुरा सर्बसाधारण देखी पार्टीका नेता तथा तिनका
आसेपासेलाई के थाहा ? सबैले सोचेका छन पुलिसको जागिर भनेको सर्बसाधारणलाइ
तर्साउने, धम्क्याउने र कमाउने पैसाको बोटहो भनेर !
चाडबाड सपना हुन्छ पुलिसको लागी ! प्राण
फुस्किन लागेको आफन्तको अनुहार धरी हेर्न नपाएर झरी, बर्षा, भोक प्यास नभनेर खटेको
कसैले देख्दैनन ! आरोप लाउन एकदम सजिलो छ ! बन्द हड्ताल आन्दोलनमा डिउटीमा बसेको
प्रहरीलाइ जिस्क्याएर ढुंगा हान्नु जति मजा छ त्यो डिउटीमा बसेको प्रहरी कसरि खटेर
बसेको छ भन्ने कुरा हाम्रा राजनैतिक पार्टीका नेता र तिनका आसेपासेलाइ के थाहा
हुन्छ ?
स्वाभिमान बेच्न नचाहने धेरै खरेलहरु जस्ताले
२०४८ साल पछी जागिर तिलान्जली दिएर हिडे ! हिजो तालिममा सिकेको र सपथ लिएको
कुरालाई जसले अक्षरस पालना गर्न खोज्छ त्यो रास्ट्र सेवक धेरै दिन टिक्न सक्दैन
संगठनमा !
हत्यारा, चोर, फटाहा,
भ्रस्टाचारी,
देसद्रोही
भनेर थाहा हुँदाहुँदै पनि त्यस्तालाई पक्रेर निमकको सोझो गर्न पाइदैन भने जनताको
नुन खाएर लिसोझैँ टास्सियेर बस्नुको कुनै तुक छैन किनभने गरिब नेपालीको पसिना
सित्तैमा खाँदा त्यसले एक न एक दिन अबस्य पनि पोल्छ ! मर्ने बेलामा सजिलो संग सास
जादैन भनेर हाम्रो धर्मले भन्छ !
२०४६ सालको प्रजातन्त्र र ६३ साले लोकतन्त्रले
देस, जनता र स्वाभिमानी रास्ट्र सेवकहरु लाइ के दियो ? पार्टी,
नेता
र तिनका आसेपासेको लागी मात्र भनेर जनताले रगत बगाएर पटक पटक परिवर्तन गराई दिएको
हो भने यस्ता ब्यबस्थालाइ आत्मसात गर्नुको कुनै तुक छैन ! यहि हो प्रजातन्त्र ?
यहि
हो लोकतन्त्र ? बोल्न र नेतालाई सरापेर मात्रै लोकतन्त्रको
अनुभूति गर्ने हो भने यस्ता लोकतन्त्रको के काम ?
VDO हेर्न लिंक क्लिक गर्नुहोस !
https://www.facebook.com/photo.php?v=552141654906715&set=vb.207618232692394&type=3&theater
VDO हेर्न लिंक क्लिक गर्नुहोस !
https://www.facebook.com/photo.php?v=552141654906715&set=vb.207618232692394&type=3&theater
~janakdangol@gmail.com
0 Comments:
Post a Comment