Sunday, April 13, 2014

आफ्नो रास्ट्र तथा मातृ भाषाको दुर्गति कसैले पनि नगरौ !

नेपाली भाषामा बिना सवारी भगवान्ले बनाइदिएको खुट्टाको सहाराले हिड्नु तथा डुल्नुलाइ पैदल यात्रा भनिन्छ ! खुट्टाको प्रयोग द्वारा बाटोमा हिड्नु भनेको नै पद यात्रा हैन र ? यहि पैदल यात्रा अर्थात खुट्टाले हिड्दै नजिक देखि पर पर अर्थात टाढा टाढा सम्मको दृश्यावलोकनको लागी जाने काम कार्यलाई नेपाली भाषामा 'पद यात्रा' भनिन्छ भने गोरा र कुइरेको भाखा Hiking 'हाइकिंग' !
पत्रकार भनेको गाउँ समाजमा चेतना फैलाउने हो ! एक जना पत्रकारले उसको कलात्मक तथा आकर्षक एवम मनछुने लेखाइ द्वारा लाखौ लाख पाठक,श्रोता तथा दर्शकहरुलाइ बदल्न सक्छ ! उसको खुबी भनेको नै त्यहि हो ! 
सामाजिक संजाल ट्वीटर तथा फेसबुकमा म प्राय देख्छु यो पालि Hiking 'हाइकिंग' काहा जाने ?  के छ योजना ? को को जाने ? आदि .. पत्रकारहरुको जमातेले प्राय सामाजिक संजाल ट्वीटर मा लेखि रहने सब्द वा लेखाइ हो यो !
'नेपाली भाषा' को बिकास भएन ! नेपाली भाषालाई बिदेसीले अगाडी बढ्न दिएन ! नेपाली भाषाको स्तर दिन प्रतिदिन खस्किदैछ ! नेपालि भाषाको यो भएन, उ भयेन, यस्तो उस्तो ! यस्तो सब्दले पत्रपत्रिकामा फुल बुट्टा भर्ने काममा पनि यिनै खबरकर्मीहरु अगाडी छन !
नेपाली उखान छ नी 'आफै झाँक्री, आफै बोक्सी' ! ठ्याक्कै यहि पारा निकाल्दैछन हिजो आजको आधुनिक शिक्षित पत्रकारहरु ! यो रोग हाम्रो देसमा मात्रै हैन संसारभर नै प्रचलित छ ! रैथाने भाषालाइ अंग्रेजी भाषाको पेलाई भन्न पनि नमिल्ने !
केहि बर्ष अगाडी मलायु भाषाको एउटा उपन्यास पढ्ने मौका पाएको थिए ! मलायु भाषाको आफ्नो लिपि छ छैन त्यो खोजीको बिषय हुन सक्छ तर मलेसियामा सरकारी काम काज देखि सबैमा अंग्रेजी रोमन लिपिको प्रयोग छ ! जस्तै उदाहरण खाना खानु भयो ? sudah makan याहा सुडाह भनेको प्रश्न सोधाइ भयो भने मकान भनेको खाना !
चर्चा फेरी उपन्यासकै ... उपन्यास अंग्रेजी रोमनमा लेखिएको थियो तर भाषा मलायुमा ! प्रेम कथामा आधारित त्यो उपन्यासमा उपन्यासकारले धेरै ठाउँमा अंग्रेजी सब्द प्रयोग गरेको थियो ! 'म' अर्थात aku भन्ने ठाउमा i, तपाइ अर्थात awak को ठाउमा u आदि !
दक्षिणी छिमेकी मुलुक भारतमा त अझ यो भन्दा ज्यादा बिकृति देख्न पाइन्छ ! पत्रिकामा आधा अंग्रेजी आधा हिन्दिमा लेखिनु हिजो आज सामान्य जस्तै भै सक्यो त्यहि भएर भारतीय पाठकहरुले ब्यंग्य गरेर आज हिन्दि भाषालाइ 'हिंग्लिस Hinglish' भनेर भन्न थालेका छन !
उत्तरी छिमेकी चिनमा पनि बिस्तारै अंग्रेजी भाषाले रैथाने मान्दारिन भाषा माथी कब्जा जमाउन थालेको आभाष भएर चिन सरकारले स्थानिय मान्दारिन भाषाको बीच बिचमा बिदेसी शब्द घुसाएर लेख्न तथा बोल्नमा सिधै प्रतिबन्ध लगाई दिएको छ ! कि पुरै स्थानीय भाषामा कि बिदेसी भाषामा बोल्नु पर्ने भाको छ हिजो आज चिनमा !
हाम्रा राजनीतिक पार्टीका नेता देखी तिनका कार्यकर्ताहरु सम्म बिदेसी नेताको फोटोलाई देउता मानेर पुज्छन ! बिदेसी झण्डालाइ आफ्नो रास्ट्रिय झण्डा ठान्छन तर लेखाइ र बोलाइ चैँ नेपाली हुन्छ ! जसरि झण्डा र फोटो पुज्छन मान्छन त्यस्तै गरि त्यस्तै तौर तरिकाले नेपाली भाषा सुद्ध संग बोल्नु पर्छ र नेपाली भाषामा बिदेसी शब्द मिसाएर बोल्नु हुन्न र पाइदैन भनेर भनि दिने मात्र हो भने पनि नेपाली भाषाको आज आएर यस्तो दुर्गति पक्कै पनि हुन्थेन !
नेपाली भाषा मात्र हो र मातृ भाषा भनिने नेपाल भाषा भन्ने नेवारी भाषा हुन या अन्य जातिले बोल्ने तामांग, राइ, लिम्बु, गुरुङ, मैथिली आदिको मातृ भाषामा समेत बीच बिचमा अंग्रेजी घुसायर बोल्ने चलन दिन प्रतिदिन ब्यापक रुपमा बढ्दैछ !
त्यसैले संचार क्षेत्रमा काम गर्नु हुने खबरकर्मीले मात्र आफ्नो अर्थात हाम्रो रास्ट्रिय भाषा माथी खेलबाड नगरी दिने हो भने रास्ट्रिय भाषाको दुर्गति पक्कै हुन्थेन ! सकिन्छ भने जुन भाषा बोल्न र लेख्नु पर्ने हो त्यहि भाषा मात्र प्रयोग गरौ तर यौटा भाषामा आर्को भाषा मिसाएर बोल्ने र लेख्ने काम नगरौ ! आग्ये यहाहरुको जो मर्जी !

मिति बि.स.२०७० चैत्र ३० गते आइतवार
© जनक मान डंगोल,www.janakdangol@gmail.com
पेज मन पर्छ भने www.facebook.com/khattikuro लाइ LIKE गर्नुहोस !
 



No comments: