Friday, February 14, 2014

रास्ट्रघाती !

(स्व.गिरिजा प्रसाद कोइराला)
मैले धेरै पटक लेख रचना वा स्टाटस लेख्दा क्षिमेकी रास्ट्र भारतको बिहार राज्यको सहरसा जिल्ला मा बि.स.१९८१ असार १८ गते जन्म भै पछी बिराटनगर, नेपालमा स्थाही बसोबास गर्ने पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति स्व.गिरिजा प्रसाद कोइरालालाइ 'राष्ट्रघाती' भन्ने संबोधन गरेर लेख्ने गरेको थिय र लेखिदैछ पनि ! मैले यसरि लेख्दा धेरै कांग्रेसमा आस्था राख्ने मित्रहरु म सित रिसाय भने कत्तिले त मलाइ नराम्रो सब्दले गालि पनि गरे ! तर म मेरो लेखाइमा अझै पनि कटिबद्ध छु किन ?

१. सरकार प्रमुख भै सके पछी ब्यक्ति कहिले पनि पार्टीको हुदैन ! त्यो व्यक्ति स्वतन्त्र  हुन्छ र उसले पद र गोपनियताको सपथ लिंदा रास्ट्र र जनता प्रति भनेर भगवानको नाउँमा सपथ लिएको हुन्छ ! जब रास्ट्र र जनता प्रति उत्तरदायित्व हुनु पर्ने सरकार प्रमुख जस्तो व्यक्ति भै सके पछि त्यो बेलाको आफ्नै पार्टीको सरकार प्रमुख आफैले 'आतंककारी' घोषित पार्टीलाई गुप्त सुचना दिएर यो यो जिल्ला सदरमुकाम हान्नु अर्थात ध्वस्त: बनाउनु भन्छन भने त्यो व्यक्तिलाई रास्ट्रघाती नभनेर के रास्ट्रबादी भन्न मिल्छ ?



२. जिल्लाको सुरक्षा निकायका तिन अंग प्रशासन+सेना+प्रहरी भै जिल्लाको सम्पूर्ण बस्तुस्थिति बुझेर तयार पारिएको दस्ताबेज अर्थात गोप्य सुचना आतंककारीलाइ दिएको परिणाम त्यो बेला धेरै जिल्ला सदरमुकाम ध्वस्त भएको थियो भने सरकारी धनमाल देखि सरकारी कर्मचारीको रगतको मुल्य प्रति बिस्वासघात गर्ने ति स्व गिरिजा हिजो पनि रास्ट्रघाती थिए आज पनि छन र भोलि पनि ! तर तिनका अन्धा भक्तहरुले अझै पनि गिरिजा बाबु भन्न छोडेका छैनन भने नेपाल पुन जहानिया शासन कालमा छ भनेर बुझ्ने कि नबुझ्ने ? 

३. उहिले सिक्किमका काजि लेन्डुप दोर्जीले पनि भारतीय फौजलाई स्वतन्त्र सिक्किममा आक्रमण गर्न बोलाएको फल आज सिक्किम स्वतन्त्र देस नभएर भारतको एउटा राज्यमा गनिएको छ भने नेपाललाइ पनि त्यस्तै गर्न खोज्दैछन त्यसैले राष्ट्रघाती स्व. गिरिजाले पटक पटक भन्ने गरेको ग्राण्ड डिजाइनमा त्यो पाटो पनि थियो ! नपत्याय हिजो भर्खर एनेकपा माओबादीका अध्यक्ष क.प्रचण्डले ब्यक्त गरेको बिचार लाइ सुक्ष्मरुपले अध्ययन गरेर हेर्नुस, पढ्नुस ! 
मिति २०७० फाल्गुन १ कान्तिपुरमा छापिएको आलेख
"अध्यक्ष दाहालले द्वन्द्वका बेला तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले जिल्ला सदरमुकाममा आक्रमण गर्न आग्रह गरेको समेत दाबी गरे । 'जनयुद्ध प्रभावकारी बनाउन, सदरमुकाममा आक्रमण गर्न गिरिजाप्रसादले सल्लाह दिनुहुन्थ्यो" - See more at: http://www.ekantipur.com/np/2070/11/2/full-story/384164.html#sthash.CTW5W7je.dpuf
 ..
सन्दर्भ सामाग्री :
  • कान्तिपुर ई-पेपर लिंक
  • तस्बिर साभार : गुगल बाट !
बि.स.२०७९ फाल्गुन २ गते शुक्रबार !








No comments: