Home » » बेलैती प्यार !

बेलैती प्यार !

Written By खांट्टी कुरा on Tuesday, January 07, 2014 | January 07, 2014

 पी+आर अर्थात पीआर ! पर्मानेन्ट रेजिड़ेन्स भन्ने औरेजिको सब्द रैच्च यो ! यसलाई नेपालिंया भन्दा चैँ स्थाही बासिन्दा ! छिमेकीयाँ चैँ राशन कार्ड होल्डर पनि भंच्चन भने मलेसिया आइ.सी. पाको मुन्च्चि अनि अम्रिका गिरिन कार्ट होल्डरे ! जे जे अर्थ्याए पनि त्यो पीआर सिआर जिनिस पाएसी त्यो देसा बस्न आराम सित बस्न पाइन्च्च ! अध्यागमन नाउँको भूतले सपनीमा आएर दुख दिन्न !
नेपालाट बीर गोर्खालिरु संसारभर पुग्याच्च्न छन र पुग्ने क्रम पनि जारि छ ! संसार मात्र हैन अब त अर्कै संसार मंगल गह्रा धरी पुग्ने वाला छन ! भोलि मंगलगह्राको पीआर  पायो भनेर त्यो प्यार पाउने मुन्छीको खेदो गर्ने ? रिस गर्ने ?
हाम्रो नेपाला जनता भन्दा पार्टी र नेता धेरै, पढ्ने पाठक भन्दा पत्रिका र पत्रकार धेरै, सुन्ने श्रोता र हेर्ने दर्सक भन्दा रेटियो र बतासे भाडो एपेम धेरैच्च ! भ्यागुताले जम्प हान्या जस्तै अग्रगामी छलांग हो रे यो !
हाम्रो बडा माराजले फिरिंगी भनेर उहिले नै न्वारान गर्दिनुभाको त्यो देसलाइ इंग्ल्याण्ड, बिर्टिस देखि बेलायेत सम्म भँच ! पुर्बा एकजना रैनी चेलीको पति परमेस्वर 'गुर्खा पल्टन' बनेर त्यो देसा सेवा अर्दै स्यालरी भन्ने जिनिस पाउण्डा थाप्नुच्चं ! महंगो पैसो हो त्यो पाउण्ड भन्ने जिनिस ! स्वामी नारान बेलायेता भसी दासी मात्र नेपाला बस्न मिल्च्च ? आते जाते हुँदो रैच्चनी ट्याम ट्याम्मा !
जनताको पार्टी घाम जतिको दयालु पार्टी यो दुनियाँ अरु कुनै च्चैन ! जनताको पार्टी घामले दया मया गरेर बरा चेलीलाई समानुपातिकको माननीय बनाइदया ठाममा वाह वाह भनेर स्याब्बासी दिनु पर्नेमा पुर्बा १ जना बाजे खबरिलालले कुकुर खेदाई गर्न सुरु अर्या रैच्चन ! नगरुन पनि किन जनताको पार्टी घामका कर्तब्यनिस्ट बफादार सिपाहीले अस्तिन न्यायमुर्तिकै मन्दिरा कोदो चुटेका फ्ल्यासब्याक आइगो मुना ! अनि सुरु गरे खेदो र भन्न र लेख्न थाले बेलायति प्यार लेका मुन्छीलाइ किन समानुपातिकको पद ?  रे !
कंगाली नेतारुले भाषणा खोक्या यो अग्रगामी नया नेपाल हो ! याहा जसले जे गरे नि हुन्च्च ! पैसो र पावरच्च भने खबरिलालहरु जिम्दै गाडिन्छ तर कुनै माइकालाल रौँ हल्लाउन सक्दैन ! पैसो र पावर च्च भने जति थान बे गरेनी हुन्च्च ! पैसा र पावरच्च भने मन्त्रि बन्न पाइन्च्च, ठुला ठुला पदा पुग्न पाइन्च्च किनभने धर्म निरपेक्ष नयाँ नेपालको फाइदा नै यहि होरे क्या !यति लेखेसी पुर्बेली खबरिलाल बाजेले अब चैँ कन्ठै बुझ्नु भो होला !
'जय पियार'
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger