Friday, January 10, 2014

हार्दिक श्रद्धाञ्जली 'रुदाने' तिमीलाई !

(फाइल फोटो स्व.रुपचन्द्र बिस्ट)
हेटौडा नगर पालिका वार्ड न. ८ मा रहेको मूल सडक छेउमा रहेको शारदा गिरि दिदिको घरको भित्तोमा रातो इनामेलले चुनाव चिन्ह 'भर्यांग'  अनि त्यो भन्दा मुनि ठुला ठुला अक्षेरमा ने.क.पा.एमालेका चुनावी उम्मेदवार बिरोध खतिवडाहरु लाइ लक्षित गरि २०४८ सालमा लेखिएको "बोल्छन झुट, माग्छन भोट, धिक्कार बिखेहरु" लाइ धेरैले पढे होलान !
'जसरु' अर्थात जनता संग रुपचन्द्र र 'रुदाने' अर्थात रुपचन्द्र बिस्ट उनको परिचय यती हो ! हात जोडेर कहिले पनि भोट माग्दै हिडेको देखिएन ! छुद्र तथा रुखो बोलि बोल्ने भएर होला नगर पालिका भित्रको इलाकामा बस्नेले त्यति रुचाउदैन थिए ! मुखमै भाते र कुकुर झुन्डिएको हुन्थ्यो ! तर त्यो 'कुकर अनि भाते' को अर्थ पनि थियो ! सिधै भन्थे "बरालिएर हिड्नेहरु कुकुर हुन भने काम नगरी बसी बसी खानेहरुचैँ  भाते हुन" हुन ! वास्तवमा हो पनि र उनले बोलेका ति सब्दहरु लाइ यतिखेर मकवानपुरेले झल्झली सम्झेका छन !
हाम्रो वडामा 'जनपक्षीय' भन्ने सब्द उनैले सिकाका हुन ! मान्छे भएर जन्मे पछी हरेक कुरा "थाहा" पाउनु पर्छ भनेर "थाहा" लेख्दै हिड्ने उनको बानि थियो ! कतिपयले ता त्यस्तो लेख्दै हिडेको देख्दा 'बहुला रुपचन्द' पनि भन्थे !
आज उनलाई सम्झिने दिन भएर हार्दिक सम्झना तथा स्मरण को साथ यो दुइ सब्द पोखे पुर्ब माननीय तथा हेड माडसाब  प्रति ! मकवानपुरेको हृदयको स्पन्दन 'जसरु रुदाने' सदा अमर रहुन !
२०७० पौष २६ गते शुक्रबार ! 

No comments: