(कार्टुन साभार: कार्टुनिस्ट बाशु क्षितिजज्युको फेसबुकबाट) |
अब क्यार्नु हुन्च्च डाक्टर साप हजुरको लागी
पार्टी त अहिले यतिखेर तातो पिडालु जस्तो निल्नु न ओकल्नु भो क्यार ! अब हजुरले चाहेर पनि बैद्यबाले जस्तो गर्न सक्नु हुन्न ! अंशबन्डा गर्दा क्रान्ति बैद्य बाको भागा र शान्ति तपाईहरुको भागा पर्या ! अब एक थान शान्तिलाई काँक्रो चिर्या जसरि दुइ थान पार्न मिल्दैन क्यार !
जुवा खेल्न लाइ सकुनी मामा जस्तै कपटी दिमाग चाहिन्छ ! सोझो मनले 'बिप्पा' जुवा खेल्दा चौका उता पर्यो छक्का को ठाउँमा 'छक्क' लेर आम्नुभो ! हरेक कुरामा असफल हुनु भो गोर्खाली काम्रेड डाक्टर साप ! उपाय अब एउटा मात्र बचेको छ त्यो हो अब नामको ठाउँमा बाइमात्रा थपेर 'बाबा' राम बन्ने !
'जय गुरु गोरखनाथ'
0 Comments:
Post a Comment