Friday, January 17, 2014

अनसन बस्नु पाप हो भने बस्न बाध्य पार्नुचैं माहापाप हो !

(तस्बिर साभार : बि.बि.सी नेपाली सेवा बाट)
नियम मिचेर काम कारबाही गर्नु हुँदैन र यस्तो गर्दा समस्या निम्तिन्छ भन्ने कुरा थाहा हुँदाहुँदै पनी बिगत केहि बर्ष देखि जानाजानी समस्या निम्त्याएर अनसन बस्न बाध्य पार्ने अनि समस्या चर्किदै गए पछी हतार हतारमा निर्णय गर्ने यो कस्तो चलन बस्यो,बसालियो र बसालिंदै छ ? अघिल्लो घटनाबाट पाठ सिक्नु पर्नेमा को कस्को इसारामा पुन: यस्तो अलोकप्रिय काम कदम हुँदैछ ?
गरिब जनताको रगत चुस्नको लागी खडा गरिने कथित मेडिकल कलेजलाई स्वीकृत किन दिइन्छ ?
सुदुर पुर्बको बिराटनगरमा शुनिल शर्मा नाम गरेका कथित डाक्टरले खडा गरेको मेडिकल कलेज प्रत्यक्ष उदाहरण हुँदाहुँदै पनि जानाजानी यस्ता गल्ति बारम्बार दोहर्याउनु पर्ने कारण किन ?
आज त टिचिंग अस्पतालमा कार्यरत प्राध्यापक डा.गोबिन्द के.सीले बिकृतिको लागी ज्यान फालेर लडेका छन तर भोलि यसरि लड्न के अरु डाक्टर निस्कन्छन ? हरेक समस्याको निराकरणको लागी अनसन बस्दा यदि अनसनकारीलाइ केहि भएर त्यसबाट भोलि निम्तिने बिकराल समस्याको ख्याल सर्खार तथा सम्बन्धित पक्षले राखेका छन कि छैनन ? त्यसैले अनसन बस्नु पाप हो भने समयमै मागको सुनुवाई नहुनु झन माहापाप हो ! सम्बन्धित पक्षको बेलैमा ध्यान जावस र अब आइन्दा यस्तो गल्ति नदोहोर्याउन !
..
पेज मन पर्छ भने www.facebook.com/khattikuro लाइ LIKE गर्नुहोस !

No comments: