Home » » समयको खेल !

समयको खेल !

Written By खांट्टी कुरा on Tuesday, January 21, 2014 | January 21, 2014

(पुर्ब प्र.म.श्री शुर्य बहादुर थापा)
२०४१ सालमा आधारभूत तालिम लिंदा महिनाको १ शुक्रबार सिनेमा देखाइन्थ्यो ! मन लागे पनि नलागे पनि हेर्नु पर्थ्यो ! फौजी अनुशासन भनेको त्यस्तो ! त्यसै सिलसिलामा शाही नेपाल चलचित्र संस्थान बालाज्यु बाट 'हिजो,आज,भोलि' भन्ने श्याम स्वेत चलचित्र ल्याइएको रहेछ ! सानो हाते प्रोजेक्टरबाट चलचित्र सुरु भो ! एउटा पात्रले घरको बार्दली माथी सबैले देख्ने गरि "श्री ३ महाराजको जय जय जय" लेखेको थियो ! राणा शाही ढल्यो भन्ने खबर सुन्ना साथ हत्त न पत्त त्यसलाई पुछेर "श्री ५ महाराजको जय जय जय" बनाइ हाल्यो !
आजको सपथ ग्रहण पनि त्यस्तै देखिएको छ ! सपथ दिलाउने पुर्ब सम्माननीय प्रधानमन्त्रि श्री शुर्य बहादुर थापा नेपाली कांग्रेसको उत्पादन हो ! २०१७ सालमा पंचायत लागु भो उहा पनि पंचायती समर्थक बन्नु भो ! त्यस्तै २०४६ सालमा प्रजातन्त्र लागु हुना साथ उहाँ पनि प्रजातन्त्रबादी बन्नु भो २०६३ साल पछी उहाँ खाँट्टी गणतन्त्रबादी नेता बन्नु भाको छ !
सुरुमा प्रजातन्त्रबादी अनि पन्च बाट माहापंच अनि फेरी सुरुकै प्रजातन्त्रबादी हुँदै गणतन्त्रबादी नेता सम्ममा आइपुग्दा उहाँ देशकै जेष्ठ नेतामा दरिनु भएछ ! हिजो उहाँलाइ अछुतको ब्यबहार गर्ने पनि यिनै कांग्रेसी तथा कम्युनिस्ट नेताहरु हुन तर आज तिनै कथित रुपमा भन्ने गरिएको अछुत ब्यक्ति बाट सपथ ग्रहण गर्दा हाम्रा महान प्रजातान्त्रिक तथा समाजबादमा आस्था राख्ने कांग्रेसी नेतागण तथा महान कम्युनिष्ट नेताहरुको हृदय ति पुराना दिन सम्झेर एक पटक पक्कै पनि थर्रर काँपेको हुनु पर्दछ किनभने पंचायती शासनकालमा शुर्य बहादुर थापा जस्तो क्रुर शासक कोहि पनि थिएन भनेर भन्ने पनि आज सपथ लिने कांग्रेस तथा कम्युनिस्टकै महान नेतागणहरु पर्नु हुन्छ !
बाकी रहे संसार देख्न पाइन्छ बाबु भनेर बुढापाकाले भन्ने गर्नु हुन्थ्यो तर आज हाम्रा महान नेताज्यूहरुको शिर महाभारतमा जुवा हारेको पांडूपुत्र झैँ अबश्य पनि भाको हुनु पर्दछ ! समय कति बलबान छ नेताज्यू हरु ति पुराना दिनहरु लाइ सम्झिनुस त ! बिर्सिनु भएको हो भने म याद दिलाई दिन्छु तपाइँ हरुलाइ अ.त अर्थात अरास्ट्रीय तत्वको पदवी दिइएको हो कि हैन र यो पदवी दिने पनि उनै शुर्य बहादुर थापा थियेनी ! हो हिजो पनि आज पनि र भोलि पनि तपाइँहरु त्यहि अ.त नै हुनुहुन्छ ! यदि रास्ट्रिय तत्व भै दिएको भए आज शुर्य बहादुर थापाज्युको मुखारबीन्दु बाट पक्कै पनि सपथ ग्रहण गर्नु पर्दैनथियो होला ! ल भन्नुस तपाइँहरु सफल कि असफल नेता ? यसैलाई भन्छ समयको खेल !
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger