Home » » ठुला नेताहरुले मतदाता परिचय पत्र किन बनाएनन ?

ठुला नेताहरुले मतदाता परिचय पत्र किन बनाएनन ?

Written By खांट्टी कुरा on Monday, July 08, 2013 | July 08, 2013

(ने.का.सभापति सुसिल कोइराला)
अस्ति घर गाको बेलामा केहि पार्टी मित्रहरुले मतदाता परिचय पत्र बनाउने हैन भने ! मान राखी दिनु पर्यो भनेर मन नलागी नलागी वडा कार्यालय गए ! २ घण्टा बसियो २ थान सिखर चुरोट फुके अनि सबैलाई नमस्ते, जयनेपाल र लाल सलाम भन्दै घर फर्के ! छोरीकी आमाले 'मतदाता परिचय पत्र बनाउनु भयो ? भनेर सोधिन' .. खिसिक्क हासेर भने अहं बनाइन ! किन नबनाउनु भएको ? जोइको प्रश्नको उत्तर दिन मन लागेन ! वास्तवमा भन्ने हो भने म वडा समितिमा सबैको आग्रह लाइ नकार्न नसकेर मात्र गाको थिए ! मलाइ थाहा थियो 'देसमा अझै केहि समय निर्वाचन कुनै हालतमा हुँदैन' भन्ने कुरो !
(रा.प्र.पा.अध्यक्ष सुर्य बहादुर थापा)
म त जनता बबुरो मतदाता परिचय पत्र बनाउनेमा परिन ! महान पार्टीका महान नेता हरुको कृपाले गर्दा बिदेसमा पसिना चुहाउदै छु ! यदि निर्वाचन भै नै हालेको भए पनि मैले हज्जारौ रिंगेट मलेसिया खर्च गरेर चुनावमा भाग लिन जान सक्दिन थिए ! यस्तै हालत म जस्तै बिदेसिने लाखौको छ ! भर्खरै छापामा समचार पढ्न पाइयो देशका प्रमुख हस्ती नेताहरु कांग्रेसका सभापति शुसिल कोइराला तथा रा.प्र.पा नेपालका अध्यक्ष शुर्य बहादुर थापाहरु जस्ता महान हस्तिहरुले हाल सम्म पनि मतदाता परिचय पत्र बनाएका छैननरे ! आखिर किन बनाएनन त त्यस्ता महान हस्ती नेताहरुले मतदाता परिचय पत्र ? सजिलो छ उत्तर ...... कांग्रेसी नेता सिटौलाले भनेझैँ देशमा अझै ४ बर्ष चुनाव नै हुँदैन रे ! जब चुनाव नै हुँदैन भने किन मतदाता परिचय पत्र बनाउने ? यदि चुनाव पक्का हुन्थ्यो भने ति शिर्ष नेताहरुले किन मतदाता परिचय पत्र बनाएनन ? बिना मतदाता परिचय पत्र चुनावमा भोट हाल्न पाइदैन भनेर ऐन नियम कानून बनाउने त तिनीहरु नै हुन भने ऐन नियम कानून त सबैलाई बराबरी लाग्छ होलानी ?
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger