Home » » बडा महाराजधिराज स्व.पृथ्बी नारायण शाह सदा सर्वदा अमर रहुन !

बडा महाराजधिराज स्व.पृथ्बी नारायण शाह सदा सर्वदा अमर रहुन !

Written By खांट्टी कुरा on Friday, January 11, 2013 | January 11, 2013

आज २०६९ पौष २७ गते रास्ट्र निर्माता बडा महाराजधिराज स्व.पृथ्बी नारायण शाहको जन्म जयन्ति ! इनै अदुर्दर्सी राजाले संसार खान हिडेको फिरिंगी (अंग्रेज) लाइ नेपालमा ढीम्किन पनि दिएका थियेनन ! सायद त्यहि जुनीको इखले होला आज आएर केहि नेपाल आमाको कपुतहरुले देशलाई नै बन्धकीमा राखेर आफ्नो दुनो सोझ्याइ रहेका छन ! बडा महाराजधिराज स्व.पृथ्बी नारायण शाहले जुन स्थानमा जन्म लिएका थिए सोहि स्थानमा वर्तमान प्रधान मन्त्रि बाबुराम भटराईको पुर्खा मात्र नभएर स्वयम निज बाबुराम भटराई समेतले जन्म
लिएको स्थान बाट सामान्य सिक्षा दीक्षा पाएका स्व.माहाराजले कुनै बिदेसिको मुख नताकी मात्र केवल आफ्ना जनताको साथमा यत्रो बिसाल नेपाल राज्य खडा गरेका थिए ! तर आज त्यहि पावन स्थानमा जन्मेका मुढ मनुष्यले नेपाललाई सर्बनास बनाउन प्रणनै गरेका छन ! बिदेसिले जे जे भन्यो त्यहि त्यहि मान्दै परापुर्वकाल देखि चल्दै आएको सबै नियम काइदा र कानुनलाइ भताभुंग बनाउने अधिकार बाबुरामलाई कसले दियो ? कहिले राजाको सालिक उखल्न खोज्छन त कहिले चाडपर्वको खर्चपानी रोक्छन ! बुढापाकाले उखानै गरेका छन "निभ्ने बेलाको दियो एकपल्ट चहकिलो संग बल्छ" अहिलेका बहुलाहरुको झुण्ड पनि त्यसतै हो ! ..
"सुख: दुख: हामिहरु एक आपसमा बाडौला
जुन देसमा जन्म्यौ हामि त्यहि देशको लागि मरौला"
..
भनेर भन्ने गर्थे राजाहरुले तर अहिलेका राज नेताहरु सामान्य बिरामीमा पनी राज्यको ढुकुटी रित्याएर बिदेसमा ओखती गर्न जान्छन ! यस्ता कुजातहरुले जोड्नु त परे जावस उल्टो जोडेको समेत बुझाउन लागे ! 'बडा महाराजधिराज स्व.पृथ्बी नारायण शाह'  हरुको आज नेपाल आमालाइ सख्त खाँचो भै सकेको छ ! बडा महाराजधिराज स्व.पृथ्बी नारायण शाह करोडौ नेपाली जनताको ढुकढुकीमा आज पनि श्रद्धाको साथ् विराजमान छन ! इतिहास पुरुषलाई हार्दिक श्रद्दा सुमन को साथ् सदा सर्बदा अमर रहुन भनि कामना गर्दछु !

'जय देश, जय नरेस, जय नेपाल'
..
मिति :- २०६९ पौष २७ गते सुक्रबार !
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger