Tuesday, January 22, 2013

के नेपाली कांग्रेस खाँट्टी रास्ट्रबादी पार्टी रै छ त ?

"हिजो पंचायती ब्यबस्थामा भारतीय लगायत कुनै पनि बिदेसिले नेपाली ठुला उधोगधन्दा कलकारखानामा पाइला टेक्न त परे जावस हेर्न समेत सकेका थिएनन ! तर आज चलेका केहि उधोग कल कारखानाहरु सबै ठेक्का प्रणालीमा चलेका छन ! मालिक लाइ मन परुन्जेल काम पाउछन ! जुन दिन मालिकको नजरबाट गिर्यो त्यो दिन बाट बेरोजगार भयो भनेर जाने हुन्छ ! अत्याधिक मात्रामा भारतीय कामदार हुलेका छन ! मालिक भारतीय भए पछी उसले उसको देशको नागरिकलाई प्राथमिकता दिनु कुन चैँ ठुलो र नया तथा नौलो कुरो भयो"

यति हुदा पनि नेपालि जनताले सहेकै थिए तर भारत सरकारको इसारामा रातारात धर्मनिरेपक्ष तथा गणतन्त्रको घोषणा गरे त्यो दिन बाट नेपाली जनताले सतप्रतिसत बुझे नेपाली कांग्रेस भनेको त खाँट्टी रास्ट्रबादी पाटि नभएर बिदेशीको इसारामा चल्ने पार्टी पो रैछ ! त्यसैले रास्ट्रीयता,प्रजातन्त्र तथा समाजबाद को मुलमन्त्रलाइ लत्याउदै बिदेसिको इसारामा नाच्ने पार्टी अब कसरि खाट्टी रास्ट्रबादी पार्टी भयो ? के नेपाली कांग्रेस खाँट्टी रास्ट्रबादी पार्टी रै छ त ? के अब पनि नेपाली कांग्रेसलाई खाँट्टी रास्ट्रबादी पार्टी भन्न मिल्छ ?
(पर्सि बिहिबारको अंकमा क्राइम चेक साप्ताहिकमा प्रकासित हुदैछ प्रतीक्षा गर्नु होला)

No comments: