आज मैले अचम्मको
समाचार सुने ! बिहार साइडबाट नेपालले बिजुली किन्छरे ! मैले सुन्न
गल्ति गरे कि समाचार पढ्नेले गल्ति गरेको हो खुट्याउन सकिन !
नेपालमा प्रजातन्त्र आइसके पछिको कुरा हो ! रौतहट जिल्ला पारि
भारतको बैरगनिया क्षेत्र पर्छ ! त्याहाको बिहारी बन्धुहरुले लोड सेडिंग बाट हैरान भएर रौतहटका नेपालीहरुलाई भारत प्रबेसमै रोक लगाए ! किन भने नेपालमा २४ सै घण्टा झलमल्ल बत्ति बल्ने तर उता बत्तिको टुंगो नहुने ! प्रमुख माग थियो उनीहरुको नेपालको कुलेखानीको बिजुली बाल्न उनीहरुले
पनि पाउनु पर्यो ! बत्ति दिए कि दिएनन त्यो नेपाल बिधुत प्राधिकरणलै थाहा होला तर
बिहार बाट नेपालले बिजुली किनेको समाचार मैले चैँ पत्याउन सकिन ! देउवा
काजीको कर्तुतले प्रजातन्त्र पश्चात माहा पंचहरु सुबथा र चन्दले पनि प्रधानमन्त्री बन्ने मौका पाए ! छोटो
समयमै उनीहरुको भाषाको मण्डले सरकार चलाउदा चैँ लोड सेडिंग छु मन्तर हुने ! तर जब
कांग्रेसले सरकार चलाउना साथ लोड सेडिंग अचानक सुरु हुने यसको कारण के हो ?
हिजो पन्चको पालामा त्रिसुली र कुलेखानी प्रथम भन्दा अरु
पावर हाउस थिएन ! आज कुलेखानी मात्रै प्रथम, दोश्रो र तेस्रो, मर्स्याङ्गदी
लगायतका आयोजनाहरु गनी साध्य छैन तर लोडसेडिंग झन् झन् बढ्दै जानुमा कतै मिलिभगतमा नेपालको बिजुली इनिहरुले भारतको बिहारलाई त बेचेका छैनन ? यो
बडो संकाको कुरा छ याहा ! पंचायतकालमा धेरै बिजुली मन्त्रि हुने पशुपति सम्सेर
ज.ब.रा.हुन ! उनलाई सोध्नुस अब यो के हो र किन यस्तो भै रा छ भनेर ! ठोकुवाको साथ्
भन्छु म यदि भोलि फेरी नेपालमा पंचायत फर्क्यो भने लोडसेडिंग छु मन्तर हुन्छ ! किनभने
पंचहरु रास्ट्रीयताको मामलामा अलि कडा छन ! लुटको धन फुपुको श्राद्ध गर्न दिदैनन !
२०४८ साल पछी भित्रभित्रै याहा गर्न हुने र गर्न नहुने सबै काम भै राको छ ! तराइमा
अत्याधिक हुकिंग गरेर बिजुली चोर्दा पनि केहि हुदैन ! किनभने एक मदेस्का जनता परे
तर पाहाडेले बिजुली चोर्नु चैँ ज्यानमाराको भन्दा पनि बढ्ता खतबात लाग्छ ! त्यसैले पनि हामि स्वतन्त्र नेपाली हौ कि हैन
त्यो सोच्न बाध्य भै सकेको छ है अब !
Home »
» किन बढ्दैछ लोड सेडिंग ?
किन बढ्दैछ लोड सेडिंग ?
Written By खांट्टी कुरा on Thursday, January 17, 2013 | January 17, 2013
Subscribe to:
Post Comments (Atom)
0 Comments:
Post a Comment