Wednesday, December 19, 2012

खै बोलीको ठेगान ठुला कामरेडहरुको ?

अस्ति ने.क.पा.ड्यास माओबादीको अधक्ष्य मोहन गोपाल बैद्यले नेपाली कांग्रेस लाइ हाम्रो पूर्ण समर्थन छ भने ! हिजो तीनै बैद्यले पोखरामा गएर हामी नेपाली कांग्रेसलाई कुनै हालतमा समर्थन गर्न सक्दैनौ पनि भन्न भ्यायेछन ! धेरैले एकिकृत माओबादीका अधक्ष्य क.प्रचण्डलाई बोलीको ठेगान नभाको, बोलि फेर्ने आदि भनेर आरोप लगाउछन ! त्यसमा सत्यत्ता पनि होला तर आफ्नै चेला संग दबिएर, हेपिएर अनि पौठेजोरी खेल्न नसकेर केहि समर्थक लिएर छुट्टी भिन्न भै ड्यास माओबादी गठन गरि अध्यक्ष बनेका क.बैद्य पनि त एकै ड्यान्ग्का मुला रैछन नि ता ! बोलीको प्रकृती हेर्दा त यी दुइ पार्टीका फुटेको हैन कि भन्ने भान पर्दैछ ! कतै एमालेको २०४८ को चुनाबी थेगो “कुटे पनि आमै राम्रो पोले पनि घामै राम्रो” भनेको जस्तो त होइन ? सारा संसारलाई जिल्याउदै हज्जारौ हजारको खुनको होलिता हिजो संगै बसेर खेलेका हुन ! फेरी रणनीतिकार पनि ता बैद्य खेमामा नै छन भने कतै सबैलाई जिल्याउँदै मुलुक नै पूर्ण कब्जामा लिने दाउ त गरेका हैनन ? किनभने जन्मेर होस सम्हाले देखि आज सम्म मुखा क्रान्ति भन्दा अरु बोल्न जानेका छैनन क.बैद्यले !

No comments: