Home » » भेडा संस्कृति, भेडा बुद्दी !

भेडा संस्कृति, भेडा बुद्दी !

Written By खांट्टी कुरा on Thursday, November 22, 2012 | November 22, 2012

पन्चेहरुले जनताको सबै हक, अधिकार, स्वतन्त्रता सप्पै खोसेर भेडा बनायर राखेको हुँदा अब हामीहरुले आन्दोलन गरेर यो निरङ्कुश पन्चायाती ब्यबस्थालाई निर्मुल पार्नु पर्छ ! तब मात्र देशमा सुख शान्ति अमन चैन कायम हुन्छ ! देसले नया उचाई छुन्छ ! बिकाश तिब्र गतिमा हुन्छ भन्दै त्यो बेलाको प्रतिबन्धित कांग्रेस तथा बाम मोर्चाहरुले जनताहरुलाई उचाले ! मिठो मिठो गुलिया भाषण तथा आस्वासन दिंदै पंचायत बिरुद्द लड्न उक्साय ! त्यतिले पनि नपुगेर जन्मदाताहरलाई गुहारे ! किनभने नेपालका कांग्रेस तथा कम्युनिस्टको जन्म दक्षिण दिशामै भाको हो ! जन्मदाता लाइ गुहारे पछी न आउने त कुरै भएन ! आए जोसिला भाषण ठोके त्यतिले नपुगेर सिमाना समेत बन्द गर्न लगाय ! पिता पुत्रको मोह भनेको यस्तो हुँदो रैछ ! जसरि अन्धा धृतरास्ट्र लाइ हठी पुत्र दुर्योधन को माया भने जस्तै भो ! एक किसिमको ‘जेहाद’छेडियो अन्त्यमा जनतालाई भेडा बनाको पंचायती ब्यबस्था स्वाहा ! बहुदलबादीले भने आहा ! नया संबिधान नबनुन्जेल गाइ गुइ केहि भएन ! जब नया संबिधान लागु भो जनताले धोको पुर्याएर हास्ने मौका पाए ! सक्नेले मौकामा चौका ठोके ! साली पट्टीका सातपुस्ता र भिनाज्यु पट्टिका नौ पुस्तालाई पुग्ने गरि श्री सम्पति जोडे जुन आजका मिति सम्म कायम छ ! जनताले राखी दिएको नाम हो कि पद के हो ‘लौह पुरुष’ अर्थात फलामको मुन्छिलाई एक दिन के जंग चलेछ ठोकिदिए खुला मन्चमा भाषण र भन्दिए “माने यो नेपालको जनता भनेको भेरा (भेडा) हो ! डेमोक्रेसी रे त्यो आको दुइ बर्ष नपुग्दै जनतात भेडा भै सकेछ ! उनीहरुको नजरमा हिजो पन्चेत्काला जनता राजाको भेडा अर्थात १ जनाको भेडा ! लौह पुरुष ले त्यति के भ्न्देका थिए त्यस पछी नेपाला भेडा बनाउने कम्पिटिसन सुरु भो ! कांग्रेस त्यसमा पनि गिरिजाको भेडा, किसुनजीको भेडा, गणेशमानको भेरा, त्यसपछि मालेको भेडा कम्युनिस्टको त झन् औलामा गनी साध्य छैन भेडाको बथान ! पछी पुर्ब पन्चेको भेडा हुँदा हुँदै आहिलेआयेर त लौ माओबादीको त्यसपछी पुर्ब राजाको भेडाको बथानरे !
भेडा भनेको यस्तो जात हो जाहाँ एउटा नाइके भेडा हुन्छ जुन जहिले पनि अगाडी लागेको हुन्छ ! त्यो नाइके भेडा खाल्टोमा हामफाल्यो भने सम्पूर्ण भेडाहरले त्यही खाल्डोमा ड्यामकि ड्याम जम्प मार्न सुरु गर्छ ! २००७ साल देखि आज सम्मको इतिहासले त्यहि देखाको छ ! यदि भेडा नभाको भे कसरि हज्जारौ हजार भेडाको बथान मर्थे ? अंगभंग हुन्थे ? तै पनि भेडा जो परे किन चेत्थे अझै पनि नाइके भेडाको पछी लाग्न छोडेका छैनन र नाइके भेडा मालिकको आदेशमा खाल्डोमा कुद्ना साथ् सम्पूर्ण भेडा खाल्डोमा स्वाहा ! बोल्न पाएनौ भनेका थिए मज्जाले ‘भ्या भ्या’ गरेर कराउन देका छन ! हिजो भेडा चर्ने थुप्रै जग्गा जमिन तथा बन जंगल थियो ! आज न बन न जंगल न खेत बारी त्यसैले बाध्य भए आज भेडाको बथान बिदेस तिर चर्न जान लागेका छन भने स्वदेसमै भाका भेडा हरु चैँ भ्या भ्या मात्रै गर्दै बसेका छन ! बेला बेला मालिकको सिर्कनो परेसी चुप हुन्छन ! निलो भेडाको बथानको मालिक बुढा भय अनि तु तु र ता ता गर्ने रातो घाम भेडाको बथानको मालिक कहिले यता कहिले उता गर्दै ढलपल का साथ उखान टुक्का र आहान हाल्दै बसेका छन ! कोहि मालिक खोर बाट सुकिला खोरमा विराजमान भाका छन ! यस्तै यस्तै भेडाको मालिकहरुको बुद्धि देखेर भगवान श्री पशुपतिनाथमा केहि दया जागेर होला आजकल अधिकांस भेडाको बथान पुरानै मालिक ठिक रैछ भन्दै उतै तिर लागेको देख्दा अब नया भेडा मालिकको के हालत हुने हो ! मौंसिर मुइना गएर के भो त पख्लास भन्दै ठिक पार्न लाइ बैसाख मुइना कुरेर बसेका छन ! त्यो बैशाख कुरेर बस्ने मध्ये को भेडा मध्यमा म पनि एउटा परेको छु है !
..
(२०६९मंगसिर ७ गते क्राइम चेकमा प्रकासित)
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger