Home » » अब हामि कडा खालको एकदम दह्रो आन्दोलन गर्छौ !

अब हामि कडा खालको एकदम दह्रो आन्दोलन गर्छौ !

Written By खांट्टी कुरा on Thursday, November 22, 2012 | November 22, 2012

ने.का.को सभापती सुसिल कोइरालालाई अस्ति देखि निकै मिठो निन्द्रा परेको हुनु पर्दछ ! किनभने देउवा र पौडेलको रातोदिनको ट्याउ ट्याउले बुढाको कानै पाकेर हिन्दुस्थानमा जचाउन  जाने बेला भै सकेको थियो ! धन्न महामाहित राजदुतले रास्ट्रपतिलाई हकारेर त्यो घाडो बजेट पास गर्न लगाए ! हुन पनि हो यत्रो बर्षमा त बालवाटार बस्ने सपना पालियेना भने अब यो घरले जा जा पसुपतिले आइज भन्ने बेला त्यो नाथे बालुवाटारमा गएर के बस्नु ! बेकारा गिर्जाबाबुको यादले मात्रै सताउछ ! यी नेता भनौदाहरु म बुढालाई उचालेर कोहि गृह, कोहि अर्थ ताकी बसेका ! जिल्ला गाउ तिर जान भनेसी बाउ मर्या जस्ता गर्थे ल खाउ अब ठुला मन्त्रि साना मन्त्री !

यता क.झलनाथ खनाल लाइ पनि त्यस्तै हाइ सन्चो भा छ रे ! देखावटीरूपमा बिरोध ता गर्ने पर्यो ! जीवनमा जे जे बन्नु पर्ने हो बनि हालियो अब बन्न पाइने हैन क्यार ! बेकारमा छिमेकी लाइ रिस उठाएर किन अर्काको लागि मरिहत्ते गर्नु ! धन्न यहि बेला वली कामरेड बिरामी पर्नु भो गाँठे ! नत्र वहाले पनि देउवाजी र पौडेलजी जस्तै ट्याउ ट्याउ गरेर हैरान पार्थे ! अस्ति सुसिलजीका हामि ३ जना बसेर बजेट पासको लागी खासखुस खासखुस गरेर भद्र सहमति गरेका हौ क्यारे ! लोक र लाजको लागी पो बाहिर बिरोध गरेका हाम्ले ! नगरेर पनि के गर्ने नत्र जागिर चिलिम हुन्छ ! अब टनकपुर को बेला जस्तै दरो आन्दोलन गरिन्छ ! पुलिसलाई ठिक पार्ने बस्नेत कामरेड छदै छन क्यार ! हद्ध होला लाठीचार्ज बढी भएमा गोलि चल्ला ! २/४ जना मर्लान के नै फरक पर्छ र ! प्रचण्डजीहरुले हिजो बिसौ हजारलाई सोत्तर पार्दा त केहि भएन ! बरु आन्दोलन कमिटिलाइ सबै गरु तर त्यो अनसनको कार्यक्रमचैँ नराख भनेर सुसिलजी संग सरसल्लाह गर्नु पर्ला ! बेकारमा अनसन बसेर के फाइदा ? कसको लागि अनसन बस्नु अब ? 

Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger