समय र परिस्थिति, बिदेसी खास गरि भारत र पश्चिमा अनि नेपालका बिस्वासघाती राजनेताहरुको कारणले गर्दा बिनाकारण सयौ बर्ष देखिको राजसंस्था लाइ चटक्कै माया मार्न बाध्य पारिएको पुर्व राजा ज्ञानेन्द्रले आज भन्दा केहि बर्ष अगाडी नारायणहिटी राजदरबार छाडदा उनका केहि सुभ-चिन्तक हरु बाहेक उनलाई साथ् दिने कोहि पनि थिएनन ! संख्याको हिसाबले भन्ने हो भने उनका समर्थक त्यतिखेर मोटामोटी ५०० थिए होला ! त्यसको २ बर्ष सम्म पनि रा.प्र.पा नेपाल र उनका केहि निजि समर्थक बाहेक नेपालका जनताहरुले उनको समर्थनमा बोल्दैन थिए अर्थात बोल्न डराउथे ! समर्थनमा बोल्दा ‘लौ यो त राजाबादी मण्डले रैछ भन्ने आरोप खेप्न पर्थ्यो भने ताल परेको खण्डमा ज्यु ज्यान पनि तल माथि पर्न सक्थ्यो ! समयले बिस्तारै बिस्तारै कोल्टो फेर्दै गयो! कुकुर र बिराला जस्ता अराजक ६०१ को फौजले जब देशको अर्थतन्त्र माथि परेड खेल्न सुरु गरेको थियो तब नेपालको जनताहरुले चाल पाए ! २ बर्षमा बन्नु पर्ने संबिधान लाइ म्याद माथि म्याद थप्दै जानु, गाउ समाजमा हाक्काहाकी इसाई धर्मको अतिक्रमण हुनु जस्ता कार्य पश्चात बल्ल नेपालको जनताहरु झसंग भए ! नेताहरुको त्यो मोहनीले छोड्यो नेपालि जनताहरुलाई तर धेरै ढिलो भैसकेको थियो अर्थात राजतन्त्र समाप्त भै सकेको थियो! नेपाल गाउ नै गाउ र बस्ति तथा पहाडले ढाकेको देश हो ! याहा हज्जारौ हज्जार साल देखि सबै तप्काका मानवहरु एक अर्कामा नंग र मासु जस्तै गरि मिलेर बसेका छन ! मर्दाको मलामी होस वा ज्युदाको जन्ती र यसलाई एकै सुत्रमा बाध्ने काम त राजबंशले नै गरेको थियो ! आज आएर यो कुरा बुझे जनताहरुले !
बिगत केहि बर्ष अगाडी धार्मिक कार्यक्रमको सिलसिलामा पुर्व राजा सुदुर पुर्ब बिराटनगर तिर गएका थिए !अहिलेको जस्तो त्यति उत्साहजनक नभए पनि ३/४ हजारको जुलुसले राजा आउ देस बचाउ भने !त्यस पछी सुरु भएको सिलसिला आज आएर थामी नसक्नुको भाको छ ! भैरहवा, धनगढी होस् वा अस्तिको पश्चिम पोखराको भ्रमणमा जनताहरु पुरानै पारामा आएर घर अगाडी घडा थापेर जय जय गर्न थाले ! हिजो २० गते पुर्व राजा धार्मिक भ्रमणको सिलसिलामा चितवन हुँदै नवलपरासी निस्कने क्रममा धादिंग जिल्लाको नौबिसे बाट सुरु भएको उहाको स्वागत र जय जयकारको लस्कर अनि थामी नसक्नुको जन लहर देखेर अस्तिको मिति सम्म नानाभातिका सब्दको प्रयोग गर्दै सराप्ने तल्लो स्तरमा ओर्लेर गालि गर्ने पत्र पत्रिकाहरु ले समेत हिजो देखिको समाचार सम्प्रेषणमा ‘पुर्व राजा ज्ञानेन्द्र शाह भ्रमणमा आउनु भो, अत्याधिक जनताहरुको लहर, गाडी बाट ओर्लेर जनताहरुको स्वागत ग्रहण गर्नु भो” जस्ता सब्द हरु राखेर संप्रेषण गर्न थालेको देखियो ! के यो परिवर्तन हैन ?
यहि मिति २०६९/७/२१ गते नवलपरासी जिल्लाको हरपुर ४ गोपालपुरमा आयोजित धार्मिक कार्यक्रममा पुर्व राजा ज्ञानेन्द्र शाहले धर्म संस्कृतिले राजसंस्थालाई संधैं सतमार्ग संगै सुनिश्चितता र निरन्तरता तिर लैजाने बताउनु भएको छ । उहाँले आज नवलपरासीको हरपुर ६ गोपालपुरमा आयोजित शिव गोरक्ष कालिका महायज्ञ एवं अचल मुर्ती प्राण प्रतिष्ठा कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो ! भैरहवाबाट आफ्ना समर्थकहरुको साथमा कार्यक्रम स्थल पुग्नु भएका पुर्वराजा ज्ञानेन्द्रलाई नवलपरासीको बेलासपुरमा धुप अगरवत्तिका साथ् फुल मालाले समेत भब्य सम्मान गरिएको थियो । भगवान बिष्णुको अवतारका रुपमा रहेको भन्दै स्थानीयले उहाँको जय जयकार गरेका थिए । सनातन धर्म मानवीय जीवनमा धारणा गर्ने आर्दश र मान्यता भएकाले यसले पवित्र आचारण युक्त बनाउछ उहाँले भन्नु भयो । गोरक्षनाथ गोरखाको मात्र नभएर सबै नेपाल राष्ट्रकै दैवी शक्ति भएको बताउनु भयो । उहाँकै शक्ति कारण हाम्रा पूर्खाले नेपाल राष्ट्रको एकत्व शक्तिको निर्माण गर्न सकेको हो । यस्तो ईतिहासलाई कसैले भुल्न नहुने उहाँको धारण थियो ।गोरख जगाउने ,निरन्तर राष्ट्र निर्माणमा जाग्ने हाम्रो परम्परा हो यो संधैंब रहिरहोस् उहाँले भाषणमा भन्नुभयो । गोखक्षनाथ बाबाको आशिर्वाद यस देशमा भएकाले सुनिश्चित र निरन्तर पद्दति र निर्णय ढङ्गले चल्नुपर्छ भन्दै उहाँले राष्ट्र ब्यबस्थाको एक आधार केन्द्र भएन भने राष्ट्र पद्दति पनि भताभुङ्ग हुने वताउदै घुमाउरो भाषामा राज संस्थाको आबश्यकता प्रष्टाउनु भयो । हामि हरु आज सम्म कसैको अधिनमा नभई स्वतन्त्र राज्यको नागरिकको हैसियतमा रहेको र समयमै यस तर्फ ख्याल नगर्ने हो भने भोलिको दिनमा हामीले नेपाली भनेर गर्व समेत गर्न नपाउने दिन आउन सक्ने भएकोले यस तर्फ सचेत रहनु पर्छ भनेर घुमाउरो पारामा समेत जनताहरुलाई सचेत रहन आव्हान गर्नु भएको थियो भने उक्त समारोहमा के हिन्दु के के मुस्लिम सबै तप्काका जनमानसको लहर उर्लिएको देख्दा यो देशमा आज फेरी राजतन्त्रको खाँचो कति रहेछ भन्ने कुराको पुस्टि भएको छ कि छैन ?
0 Comments:
Post a Comment