आजकल नेपाली राजनीतिको आकासमा उल्का र अचम्म देख्नु पाइएयेको छ ! यतिखेर जसले जे बोले पनि जे गरे पनि हुने भाको छ ! हिजो राजा सर्बसक्तिवान थिए ! हुने पनि भएनी देश उनकै पुर्खाले जोडेका हुन क्यार ! तर आजकल छोटे राजा धेरै भए ! छोटे राजा का पनि राजा सितल निवास र लाजिम्पाट दर्बारा बस्ने २ थान राजा ! जो आफुलाई सधै नेपालको बा...
दशाह सम्झिन्छन ! एउटा बादशाह सितल खानलाई सितल निवासमा विराजमान भाका छन भने अर्का बादशाह सित्त्लमा रातो कालो र सेतो झोल हालेर खाना बसेका लाजिम्पाटमा! लाजै नभाको पाटीमा बसेसी दरबारको नामै लाजिम्पाट दरवार ! सितलमा बसेको बादशाह प्राय सधै ठण्डा ठण्डा कुल कुल बस्न रुचाउछन क्यार ! बादरले सप्पै बाटोघाटो भत्काएर त्यो बाटोमा उठेको धुलो नाकमा पसेर हाच्छिउ आउँदा उनि ‘सन्चो’ लाउने भएर पनि होला उनि ठण्डा ठण्डा कुल कुल बसेका ! लाजिम्पाटे बादशाह अलि उद्धंड प्रकृतिका छन! चकचक नगरी बस्न्नै नसक्ने ! हिजो तिनका चक्चकिमा धेरै बिर गोर्खाली लाइ माथि जेमराजका काज फिर्ता पठाउन लगाए ! तर सिस्टम चैँ अलि भिन्दै किसिम थियो काज फिर्ता पठाउने ! ठ्याक्कै बगरे स्टाइलको छ्प्क्याउने, टुक्र्याउने, के के हो के के गरेर !बिरोधमा बोल्यो कि काज फिर्ता भनेर बुझे हुने ! हल्ला फैलाउनमा पनि माहिर उनीहरको भाषामा प्रोपोगाण्डारे ! हिजो त्यो प्रोपोगाण्डा रे भन्ने मिसाइल सेना प्रहरी तथा जनताको लागी गर्थे ! अहिले चैँ केहि दिन अघि देखि ठुला बादशाह माथि प्रयोग गरेका छन ! सारालाई थाहा छ २ नं बादशाहको हुकुम बिना अहिले देसा पत्ता पनि हल्लिदैन भन्ने कुरा ! एउटा मन्त्रि मात्रै हो र दुइटा मन्त्रीले‘कु’ हुदैछ भनेर फुक्दे ! अर्को पार्टीको प्रवक्ता भन्नेले ‘धेरै जान्ने भर राजनीतिमा चासो दिने हैन’ भनेर १.नं बादशाह लाइ थर्काएछन ! ति फुक्ने र थर्काउने तिनजनै बादशाहको प्युर तीनपाने कोदोको खोयाबिर्के जस्तै सच्चा ‘प्यादा’ ! परि आको खण्डमा बादशाहको लागि जे पनि गर्न सक्ने खुबी भाको ! हो कि हैन भनेर सर्बोच्च अदालत लाइ सोधम त ! थर्काउने प्यादालाई त अदालतले मामाघरा गएर बस्नु भनेर हुकुम जारि हुदा त तिनले ‘छोड्दे त्यस्ता फैसला हाम्रो बादशाह जिउँदो छउन्जेल हामीलाई कुनै माइकालाल ले हल्लाउन त परै जाओस हामीसंग नजर मिलाउन समेत सक्दैनन’ रे भनेर भन्दिए ! हुन् पनि हो कसले छुने यतिखेर उनिहरलाई ? हिजो सुर्यको प्रचण्ड तापले उसैता बुढो रुख झन सत्ताको मलजल नपाउँदा बुढो भएर खंग्रंग भाको छ ! अस्तिन फल जति सप्पै बेचेर तिनका आधुनिक चौहत्तरे ठुल्दाईत जेमराज काहा हाजिरी बजाउन गाका छन के फर्केर आउथे ! घाममा पनि पहिलाको जस्तो पावर छैन ! अरुण आयोजनालाई भस्म गर्ने खुबी थियो कुनै बेला तर अहिले पावरलेस भा छ ! यस्सो उदायेर चम्किन खोज्यो कि बादल लाग्छ कि मादल बज्छ ! यी सबै कुरा बुझेर नै लाजिम्पाटे बादशाहले बेला बेला १ नं बादशाह लाइ झड्का दिने गरेका छन ! कत्तिको खोपीको देउता झैँ जाग्नु पर्छ महामहिम भनेर फुर्क्याउना साथ २ बचन के बोलेकाथे ठुला बादशाह बोल्यो कि पोल्यो भनेर जाने हुन्छ ! निहु खोज्नलाई १ बोरा अध्यादेस नामको ‘मिसाइल’ ठिक्क पारेर राखेका छन पड्काउनलाई ! सबै लाइ थाहा छ मिसाइल पड्काउन लाइ कानुनले बन्देज लगाको छ भनेर तर पनि तर्साउन त हो नि भनेर ठिक्क तयारि अबस्थामा छ मिसाइल ! त्यहि भएर चमचम चम्किने मात्र हुन १ नं बादशाह! गर्न सक्ने केहि हैन र केहि गर्नलाई त चाहियो नि पावर ! दरबारमा बस्न पाए बुढो रुखमा केहि प्राण सिन्चित हुन्थ्यो कि र बुढो रुखमा प्राण भर्न पाए त्यो सितल मुनि बसेर दिउसो म्यारिज खेल्दै अनि बेलुका ऐला संग छोइला खान पाइन्छ कि भनेर घाम घोर्ले श्याल चैँ रयाल चुहाएर बसेको छ ! जति रयाल चुहायेपानी क्यार्नु ! तर आस चैँ गर्नु भर चैँ नपर्नु भनेका छनरे ठुला बादशाहले ! भन्नै परो नि बराहरलाइ, नत्र सधै सित्तल दरवारा आएर हुइया हुइया गर छोड्ने हैनन ! किनभने कुर्चि एउटा हो दुइटा बस्न मिल्दैन क्यार ! एउटा लाइ नभई नहुने अर्कोले ज्यान गए नछोड्ने ! धन्य हो नया लोकतान्त्रिक अझ धर्म निरपेक्ष गणतन्त्र नयाँ नेपालको नेताहरु ! २३ बर्ष सम्म आँप जति गरि जनतालाई चुस्दा पनि पुगेनहै ? फरक यत्तिहो तिमीहरुले जनता निचरछौ र तिमीहरुलाई तिम्रा ख्वामितले!
0 Comments:
Post a Comment