जन्मेदेखिनै नेपाली कांग्रेसले "राष्ट्रियता, प्रजातन्त्र तन्त्र र समाजवाद" भन्ने तिन नारा अंगाल्दै आएको कुरा जग जाहेरै छ ! हाल आएर नेपाली कांग्रेस भित्रका केहि नेताहरु राष्ट्रियता, लोकतन्त्र र समाजवाद खतरामा छ भन्दै कुर्लन थालेछन ! 'प्रजातन्त्र' नभनेर लोकतन्त्र भन्ने हो भने लोक, प्रजा, जन, नागरिक यी सबै एकै शब्द हो कि होइन ? नाम र सब्द फेर्दैमा सबै थोक फेरिने भएको भए २०४६ सालमा ल्याएको प्रजातन्त्रले देश र जनतालाई के दियो ? लोकतन्त्र त पंचायतले प्रयोग गर्ने शब्द हो ! 'प्रजा हैन नागरिक बनौ' भनेर २०४६ सालमा कांग्रेसी तथा बामपन्थीहरु कुर्लन्थे ! पंचायत फाले त्यतिले नपुगेर प्रजातन्त्र ल्याए त्यो पनि फालेर गणतन्त्र ल्याए ! अहिले फेरी "लोकतन्त्र" भन्नुको अर्थ 'पंचायत' नै ठिक भन्न खोजेको हो कि क्या हो ? समाजवादी र बामपन्थी सबैको जन्म र न्वारान त उतै हिन्दुस्थान्मै भाको र उतै बाट राणा देखि पंचायत फ्याक्न सम्मको लागि आन्दोलन गरेको जगजाहेरै छ ! अहिले नेपालमा 'पंचायत' नभए पनि हिन्दुस्थानमा 'पंचायत प्रणाली' मज्जाले चलेको छ ! गाउ बिकास समिति नभनेर ग्राम पंचायत भन्छन भने शब्दै शब्दको भुलभुलैया जालमा नेपाली जनताहरुलाई कतिन्जेल सम्म पार्छन यी कांग्रेस तथा बामपन्थी हरुले ?
Home »
» राष्ट्रियता, लोकतन्त्र र समाजवाद खतरामा छ रे !
राष्ट्रियता, लोकतन्त्र र समाजवाद खतरामा छ रे !
Written By खांट्टी कुरा on Tuesday, November 20, 2012 | November 20, 2012
Subscribe to:
Post Comments (Atom)
0 Comments:
Post a Comment