Sunday, November 11, 2012

गरिबको घरमा सित्तैमा हैन पैसा तिरेर भात खाउ प्रधानमन्त्री !

महिनाको एक दिन सर्बसाधारणका घरमा बास बस्ने पूर्व निर्धारित कार्यक्रम अनुसार यो पाली चैँ जनताको छोरा प्रधानमन्त्री डा. बाबुराम भट्टराई कपिलवस्तुको चनई गाविसका वेपत्ता परिवारको घरमा वास वस्न हिडेछन ! प्रधान मन्त्रि एकजना मात्र भए त केहि फरक नपर्ला तर उनका पछी दौडिने लावालस्कर समेत लाइ जोडेर हेर्ने हो भने कम्तिमा पनि ५० जना पुग्ला ! उनकै कृपाले बढेको महंगी लाइ जोडेर हिसाब गर्ने हो भने रुखा सुखा खुवाउदा पनि प्रति ब्यक्ति एक जनाको भागमा सय रूप्पेले जोड्दा पाच हजार त पक्कै पुग्ला ! जनताको अगाडी देखाउन लाइ त्यसरी गरिबको घरमा गएर खादा लाग्ने त्यो पाँच थान हात्ती कसले बेहोर्छ ? साच्चिकै जनताको छोरा हो भने अब देखि नाटक देखाउन जादा सम्पूर्ण कलाकारहरुले हसुरेको त्यो भातको पैसो कम्तिमा पनि पाच थान हात्ती जाने बेलामा ‘ल बस्नु होस है' भनेर फोस्रा आश्वासनको साथमा घर मुलीको हाता सर्लक्क दिएर हिड्नु हुनेछ भन्ने हाम्लाई लाइराछ ! यसपाली पनि पैलाको जस्तै गरि सित्तैमा हसुर्नु भो भनेत कांग्रेस र एमाले ले कालो झन्डा मात्र देखाए जनताले चुनाउमा देखाई देला नि नतिजा ! कि कसो हो ?

No comments: