पुर्ब लडाकुलाई खुसि नपारौ भोली ज्यानको के ठेगान दिउ घनघोर बिरोध ! फेरी आफ्नाले नै घनघोर बिरोध गरे पछी कुर्चि पनि चिलिम च्याट हुने भए ! आदि आदि इत्यादि तर्कना गर्दै आखिर सोचे ज्यान रहे पो खान पाइन्छ घिउ ! ज्यु नै नभयेसी के को घ्यु भन्दै आफ्ना निजि सेनालाई दिए पुरस्कार २ लाखका दरले ! नेपालको ऐन कानुनमा पदमा नभएका व्यक्तिलाई सरकारी ढुकुटी बाट सुको दिन पाइन्न भन्ने थाहा हुँदाहुँदै पनि नया जंग बहादुर बन्दै प्रति व्यक्ति २ लाख अर्थात ३००० हजार निजि सेनालाई पुरस्कार बापत ६० करोड स्वाहा ! खोप्लांगे भैया जति नै चम्के पनि देशलाई माया गर्ने "नेपाल डिमोक्रेटिक लयर्स एसोसिएसनका अधिवक्तात्रय विश्वास आचार्य, विमला बर्तौला र राधा सिग्देल" हरुले ठोके क्यार सर्बोच्चमा उजुर अर्थात रिट ! पैला पनि यस्तै रिट पर्दा सर्बोच्चले टाउकोमा घन बजारेको थाहा हुँदा हुँदै पनि किन यस्तो अराजक काम गर्छन यीनि ? फेरी माओबादी पार्टी त संसारकै धनीमा दोस्रो नम्बरमा पुगी सकेको छ भन्न थालि सकेको अबस्थामा जाबो त्यो ६० करोडको लागि यसरि मरिहत्ते गरेर लाग्दा अब फेरी टाउकोमा हथौडा न. ६ पर्दा त्यतिखेर के हालत होला दाज्यु खोप्लांगे ? सम्माननीय सर्बोच्च अदालतले पहिला नै पान चोटि ठोकेको कति चाडै बिर्सेको हाउ ?
0 Comments:
Post a Comment