मलाइ केहि मित्रहरुले तपाइले खाली गणतन्त्रे नेताहरुको मात्रै घनघोर बिरोध
गरेर लेख्नु हुन्छ ! तर रा.प्र.पा. अर्थात उहाँहरुको भाषामा 'मण्डले' हरुको पार्टीको बारेमा किन
केहि पनि लेख्नु हुन्न भनेर (?) गर्नु हुन्छ ! मैले के भनेर र जवाफ दिउ त उहा हरुलाई ? 'मण्डलेको पार्टीले नदीनाला किन बेचेन भनेर लेखुम् कि ? हिजो पन्चेत्कालमा ‘बिप्पा’ र सुपुर्दगी सन्धि किन
नगरेको ? भनेर लेखम कि ? निजीकरण भन्दै बाँसबारी छाला जुत्ता बाट सुरु भएको देशको
सबै ठुला उधोग कलकारखानाहरु किन बेचेर हाम गरेनौ भनेर लेखमकि ? हिजो तिमेरुको
पालमा INGO र NGO को नाकमा किन नत्थी लाको र धर्म प्रचार गर्न किन नदिएको ? अनि
इसाईलाइ मन्त्री किन नबनाको भनेर लेखमकी ? हिजो कांग्रेस तथा कम्युनिस्टहरुले भारत
लाइ गुहारेर महिनौ दिन सम्म पनि सिमा थुन्दा तिमीहरुले जाहाज बाट किन पेट्रोलियम
पदार्थ ल्याएर जनतालाई बाडेको भनेर लेखम कि ? अरु पनि थुप्रै छ सोध्ने प्रश्न !
मोटामोटी लेखे ल अब भन्नुस तपाइहरुले न्वारान गरेर राखी दिएको नाम ‘मण्डले’ को पार्टी रा.प्र.पा.को
के भनेर बिरोध गरु ? यो यो गर्यो भनेर बताई दिनुस त ! तर हिजोको खाट्टी पन्च बनेर
छिन्तांग देखि घिन्तांग गर्नेहरु त आज प्युर रिपब्लिकन अर्थात गणतन्त्रबादी भाको
छन ! तिनीहरुको बारेमा चैँ के छ ख्याल हजुरहरुको ? मैले त बेला बेलामा घुमाएर दिने
गरेकै हो क्यार !
Home »
» के भनेर लेखु त साथीहरु ?
के भनेर लेखु त साथीहरु ?
Written By खांट्टी कुरा on Thursday, November 01, 2012 | November 01, 2012
Subscribe to:
Post Comments (Atom)
0 Comments:
Post a Comment