Thursday, November 15, 2012

नेताहरुले दिएको ह्याप्पी ह्याप्पी दिपावलीको सुभकामना !

देश र जनतालाई बिगत २३ बर्ष देखि अध्यारोमा राख्ने कांग्रेस तथा एमाले होस वा जंगल बाट हाल सत्तामा बसेर मंगल मनाइ रहेका एमाओबादी तथा एमाओबादीमा टिक्न नसकेर अर्कै ड्यास माओबादी पार्टी खोल्ने बैद्य समुह हरु सबैले नेपाली जनता हरुलाई दिपावलीको शुभकामना दिएछन ! जसको शब्द कोषमा 'दिपावली' भन्ने शब्द नै छैन र दिपावली भनेको के हो नै थाहा छैन भने त्यस्ता हरुले दिएको दिपावलीको के अर्थ हुन्छ ? झन नया नेपाल बनाउन आकाको 'दिपावली' त नेपाली जनताहरुले राम्रै संग देखि भोगी सकेको हो नि ! २०५२ साल देखि एकलौटीरुपमा मात्र उनीहरुले मनाएको दिपावली आज सम्म पनि त्यसति गरि एकलौटीरुपमानै मनाइ रहेका छन ! फरक येत्ति मात्र हो अहिले त्यसमा साथ दिनलाई दक्षिणका छुटभैय्ये पार्टीहरु लाइ पनि सामेल गराएका छन ! २०४६ साल देखि आज सम्म अर्थात २३ बर्षमा नेपालका नेताहरुले “बडा दशैको सुभकामना” र “दिपावलीको सुभकामना” भन्दा अरु के दियो त नेपाली जनताहरुलाई ?

No comments: